बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

उपत्यकामा पछिल्लो २४ घन्टामा १५ सय ३३ संक्रमित थपिए

उपत्यकामा पछिल्लो २४ घन्टामा १५ सय ३३ संक्रमित थपिए

समाचार
कात्तिक २३ काठमाडौं । उपत्यकामा आज थप १५३३ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १०९४ , भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना नयाँ संक्रमित थपिएका हुन्। त्यस्तै नेपालमा आज थप २ हजार ८१७ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १ लाख ९४ हजार १८० पुगेको छ। पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पीसीआर परीक्षण भएको छ। ...
हेटौंडा औद्योगिक क्षेत्रको ७५ प्रतिशतभन्दा बढी उद्योग गुणस्तर तथा नापतौलको कारबाहीमा

हेटौंडा औद्योगिक क्षेत्रको ७५ प्रतिशतभन्दा बढी उद्योग गुणस्तर तथा नापतौलको कारबाहीमा

आर्थिक, समाचार
 हेटौंडास्थित औद्योगिक क्षेत्रमा रहेको ७५ प्रतिशतभन्दा बढी उद्योगले गुणस्तर तथा नापतौल विभागअन्र्तगतको निकायबाट नापतौल यन्त्र र काँटाको जाँच अनुमतिपत्र नलिएर सञ्चालन गरेको जनाएको छ । सो औद्योगिक क्षेत्रमा करीब १११ उद्योग रहेको तर, २५ वटा उद्योगले मात्र उत्पादन गरेको सामानको बिक्री वितरणका लागि नापतौल अनुमतिपत्र लिएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ । कार्यालय प्रमुख शशिभुषण यादवका अनुसार उद्योगहरूले नापतौल यन्त्रको जाँच गराएर कारोबारका लागि अनुमतिपत्र लिनुपर्छ । उनले कानूनी दायरामा नआउने उद्योगलाई नापतौल ऐन २०२५ अनुसार कारबाही गरिने बताए । पटकपटक जानकारी गराउँदा समेत अटेर गरेकाले अनुगमन गरी कारबाहीस्वरुप जरिवाना तथा मुद्दा दायर गर्ने उनको भनाइ छ । उपभोक्ता हितका लागि पनि नापतौल यन्त्रको कानूनी रुपमा जाँच आवश्यक रहेको छ । तौलमा ठगिने समस्या रहेको छ ...
(नेप्से) परिसूचक आज  दोहोरो अंकले  बढ्यो

(नेप्से) परिसूचक आज दोहोरो अंकले बढ्यो

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकले बढेको छ । आज नेप्से १२.४९ अंकले बढेर १ हजार ६ सय ४८ दशमलव ५८ विन्दुमा कायम भएको छ ।  नेप्सेका अनुसार आज ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ को कारोबार भएको छ ।  आज कारोबार भएका समूहमध्ये बैंकिङ क्षेत्र बाहेक अन्य सबैमा हरियाली छाएको छ ।  आइतबार ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हिमालयन डिष्टिलरी कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, यूनिभर्सल पावर कम्पनी लिमिटेड र सानिमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । ...
स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले रियल बेटिसमाथि ५–२ को जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले रियल बेटिसमाथि ५–२ को जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसमाथि ५–२ को जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा १–१ को बराबरी भए पनि दोस्रो हाफमा बार्सिलोनाले चार गोल थपेको हो । उसका लागि २२ औँ मिनेटमा उसमान डेम्बेलेले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा सानाब्रियाले रियल बेटिसका लागि बराबरी गोल फर्काए । ४९ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरि बार्सिलोनालाई पुनः अग्रता दिलाए । ६० औँ मिनेटमा म्यान्डी सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि रियल बेटिस १० खेलाडीमा सीमित भयो । थप खेलाडीका रुपमा मैदान छिरेका लियोनल मेस्सीले ६१ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे । उनले ८२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । त्यसअघि मोरोनले ७३ औँ मिनेटमा रियल बेटिसका लागि दोस्रो गोल गरेका थिए । ९० औँ मिनेटमा गोन्जालेजले गोल गरेपछि बा...
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र म्यानचेस्टर युनाइटेडको जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र म्यानचेस्टर युनाइटेडको जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएका खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले जित दर्ता गरेका छन् । घरेलु मैदानमा भएको खेलमा चेल्सीले शेफिल्ड युनाइटेडलाई ४–१ ले पराजित गरेको हो । उसले पहिलो हाफमा एक गोल खाएर दुई गोल गर्न सफल भयो भने दोस्रो हाफमा उसले थप दुई गोल गरेको हो । यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ३–१ ले पराजित गरेको छ । उसका लागि ब्रुनो फेर्नान्डेसले दुई तथा एडिन्सन काभानीले एक गोल गरे । एभर्टनका लागि बेर्नार्डले गोल गरे । जितपछि तेस्रो स्थानमा पुगेको चेल्सीको सात खेलबाट १५ तथा १४ औँ स्थानमा पुगेको म्यानचेस्टर युनाइटेडको सात खेलबाट १० अंक भएको छ । अरु खेलमा क्रिष्टल प्यालेसले लीड्सलाई ४–१ तथा वेष्ट ह्यामले फुलह्यामलाई १–० ले पराजित गरेका छन्। ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसन,एक सहसचिव, चार उपचिव, अधिकृतलगायत विभिन्न कर्मचारीहरु पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसन,एक सहसचिव, चार उपचिव, अधिकृतलगायत विभिन्न कर्मचारीहरु पक्राउ

समाचार, समाज
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन गरेको छ। आयोगले आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि कात्तिकसम्म गरेको विभिन्न अपरेसनमा एक सहसचिव, चार उपचिव, अधिकृतलगायत विभिन्न कर्मचारीहरु पक्राउ परेका छन्। काम लिएर विभिन्न कार्यालय पुगेका सेवाग्राहीको कृत्रिम समस्या बनाई दुःख दिने र सहजीकरण गरिदिने भन्दै घुस÷रिसवत माग गरी भ्रष्टाचार गर्ने कर्मचारीहरुलाई आयोगले पक्राउ गर्ने गरेको छ। यसै क्रममा आयोगले घुस/रिसवत माग गर्ने सरकारी सेवामा कार्यरत निजामती कर्मचारी, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वनरक्षक लगायत विभिन्न कार्यालयका कर्मचारी गरी ४८ जनालाई पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले चार, बर्दिबासले तीन, हेटौँडाले दुई, पोखराले दुई, बुटवलले आठ, सुर्खेतले एक, कञ्चनपुरले दुई, टङ्गालल...
विश्वभरमा ५ करोड २ लाख ४१ हजार ८ सय ७९ जना कोरोनाबाट संक्रमित

विश्वभरमा ५ करोड २ लाख ४१ हजार ८ सय ७९ जना कोरोनाबाट संक्रमित

अन्तराष्ट्रिय, समाचार
विश्वभरमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५ करोड नाघेको छ। हालसम्मको तथ्यांक अनुसार ५ करोड २ लाख ४१ हजार ८ सय ७९ जना कोरोना संक्रमणको चपेटामा परेका छन्। तथ्यांक अनुसार गत २४ घण्टामा मात्र ५ लाख ९२ हजार ५ सयबढी संक्रमितहरु थपिएका थिए। कोरोनाबाट हालसम्म नै सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ। अमेरिकामा मात्र कोरोना संक्रमित हुनेको सख्या १ करोड नाघेको छ। अमेरिकामा हालसम्म १ करोड १ लाख ७७ हजार ९ सय ३४ जनामा कोरोना पुष्टि भएको छ। यस्तै अमेरिकामा गत २४ घण्टामा मात्र १ लाख १९ हजार ३ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। २ लाख ४३ हजार बढीले कोरोनाका कारण ज्यान गुमाएको अमेरिकामा गत २४ घण्टामा मात्र १ हजार बढीको मृत्यु भएको छ। तथ्यांक अनुसार पछिल्लो समय कुनैबेला कोरानो मुक्त भएको फ्रान्समा दैनिक कोरोनाका संक्रमितहरु थपिने दर बढेको छ। फ्रान्समा गत २४ घण्टामा मात्र ८६ हजार ८ सय ५२ कोरोनाका ...
जो बाइडेन संयुक्त राज्य अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित

जो बाइडेन संयुक्त राज्य अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित

अन्तराष्ट्रिय, समाचार
जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचन भएका छन् । ७७ वर्षका बाइडेन अमेरिकाको राष्ट्रपतिमध्येकै सबैभन्दा वृद्ध राष्ट्रपति हुन् । यो भन्दा अगाडि राष्ट्रपति डोनाल्ड ट्रम्प ७१ वर्षमा राष्ट्रपति बनेका थिए । त्यो रेकर्ड बाइडेनले तोडेका हुन् । उनले २७३ भोट ल्याउँदै बहुमत पाएका छन् । डेमोक्रेट पार्टीका उम्मेद्वार जो बाइडेन संयुक्त राज्य अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित भएका छन्। मंगलवार सम्पन्न भएको मत गणनाको नतिजा पछि अमेरिकामा ४६औँ राष्ट्रपतिका रुपमा जो बाइडेन निर्वाचित भएका हुन् । अब उनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन् । उनी डेमाक्रेटिक पार्टीका सदस्य हुन्। यो भन्दा पहिला उनी बराक ओभामाको कार्यकालमा उपराष्ट्रपति बनेका थिए । ...
कार्तिक २३ गते आइतवारको राशिफल

कार्तिक २३ गते आइतवारको राशिफल

राशिफल, समाचार
मेष – आयस्रोत बढ्ला । उच्चाधिकारीको साथ मिल्नेछ । मिठो भोजन मिल्नेछ । धनको आगमन हुनेछ । यात्रामा सफलता मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । खर्च र भ्रमण बढ्नेछ । हासविलासमा पनि रुची बढ्नेछ । सुख-सुविधाको वस्तु र विलासको बस्तु बढ्लान् । विजय मिल्नेछ । आरोग्यता बढ्ला । साझेदारीको काम बन्ला । जीवनसाथीको सहयोग मिल्नेछ । बृष – अन्नधन वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुँंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । धनसित सम्बन्धित वार्तामा सफलता मिल्नेछ । सुखशान्ति महत्व ऐश्वर्य बढ्नेछ । मिथुन – प्रगतिशील रहनुहुनेछ । आर्थिक र पारिवारिक क्षेत्रमा सफलता पाउनुहुनेछ । उन्नति पदोन्नति हुनेछ ।...
५६ प्रतिशत महिलाले बाइडेनलाई भोट हाले

५६ प्रतिशत महिलाले बाइडेनलाई भोट हाले

अन्तराष्ट्रिय, समाचार
अमेरिकी राष्ट्रपतिको चुनाव परिणाम लगभग छर्लङ्ग भईसकेको छ । अब मात्र औपचारिक घोषणा बाँकी रहेको छ । डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेद्वार बनेका जो बाइडेन राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा धेरै इलेक्टोरल भोटले अगाडि छन् । बाइडेनले २५३ भोट र ट्रम्पले २१४ इलेक्टोरल भोट हालसम्म पाएका छन् । अमेरिकामा कूल ५३८ इलेक्टोरल भोट छन् । जसमा २७० भोट ल्याए बहुमत पुग्नेछ । यसैबीच अमेरिकी चुनावमा सबै रेकर्ड तोडिएको छ । अमेरिकी मतदाताले धेरै संख्यामा भो.ट दिएका छन् । अमेरिकामा ६६.९ प्रतिशत मतदाताले मताधिकारको प्रयोग गरेका छन् । अझ रोचक कुरा त यो चुनावमा बाइडेनलाई महिलाले धेरै मन पराएका छन् । अहिलेसम्मको परिणामका अनुसार ५६ प्रतिशत महिलाले बाइडेनलाई भोट हालेका छन् । त्यस्तै ट्रम्पलाई मात्र ४३ प्रतिशतले भोट हालेका छन् । पुरुष मतदातामा ८ प्रतिशत भोट बाइडेन र ४९ प्रतिशत भोट ट्रम्पको पक्षमा छ । ...