बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

काठमाडौं विश्वविद्यालयले अनलाइन कक्षाको बाहेक अन्य शीर्षकमा पनि शुल्क तिर्न सूचना जारी गरेपछि विद्यार्थीहरु आन्दोलित

काठमाडौं विश्वविद्यालयले अनलाइन कक्षाको बाहेक अन्य शीर्षकमा पनि शुल्क तिर्न सूचना जारी गरेपछि विद्यार्थीहरु आन्दोलित

शिक्षा, समाचार
 काठमाडौं विश्वविद्यालयले अनलाइन कक्षाको बाहेक अन्य शीर्षकमा पनि शुल्क तिर्न सूचना जारी गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । अनलाइनबाट पठनपाठन गरेर साविक कक्षा सञ्चालनको जस्तै गरी अतिरिक्त शुल्क उठाउन खोजेको भन्दै विश्वविद्यालयका स्कुल अफ इञ्जिनियरिङ, स्कुल अफ साइन्स, स्कुल अफ ल र स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीले काभ्रेस्थित विश्वविद्यालयको प्रशासन भवन परिसरमा रिले अनशन थालेका हुन् । आन्दोलित विद्यार्थी शैलेश मिश्रले आफूहरुसँग भएको सहमतिको पनि पालना नभएकाले अनशान गर्न बाध्य भएको बताए । विश्वविद्यालयका स्कल अफ इञ्जिनियरिङका डीन डा. डम्बरबहादुर नेपालीले भने विद्यार्थीले उठाएका माग विश्वविद्यलाय प्रशासन बोर्डमा पुर्याइसकिएकाले चाँडै निर्णय हुने जनाए । ...
अब नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु हुने

अब नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु हुने

समाचार
कात्तिक २४ काठमाडौं । सरकारले अब नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी गरेको छ । सरकारले कोरोना भाइरसका कारण चैत यता बन्द शैक्षिक संस्थाहरु खुलाउने विषयमा छलफलसमेत थालेको छ ।राजधानी दैनिकमा खवर छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सिफारित गर्ने निर्णय गरेको हो । सीसीएमसी बैठकले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेकोछ । ...
यस वर्षको भाइटीकाको उत्तम साइत मङ्सिर १ गते बिहान ११ः३७ बजे

यस वर्षको भाइटीकाको उत्तम साइत मङ्सिर १ गते बिहान ११ः३७ बजे

समाचार, समाज
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ । कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको ...
पत्रकार ऋषि धमलामा कोरोना भाइरस संक्रमण

पत्रकार ऋषि धमलामा कोरोना भाइरस संक्रमण

समाचार, समाज
 पत्रकार ऋषि धमलामा कोरोना भाइरस संक्रमण देखिएको छ । आइतबार धमलाले सामाजिक सञ्जालले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनमा कन्ट्रयाक ट्रेसिङका आधारमा परीक्षणमा कोभिड रिपोर्ट पोजेटिभ आएको बताएका छन् । धमलाले फेसबुकमा भनेका छन्, ‘कन्ट्याक्ट ट्रेसिङको आधारमा आज गराएको ९कोभिड–१९० स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला ।’ ...
कार्तिक २४ गते सोमवारको राशिफल

कार्तिक २४ गते सोमवारको राशिफल

राशिफल, समाचार
 वि.सं. २०७७ साल कार्तिक २४ गते । सोमवार । इ.स.२०२० नोभेम्बर ०९ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । नेपाल संवत् ११४० । कार्तिक कृष्णपक्ष । तिथी–नवमी,२४ बजेर १८ मिनेट उप्रान्त दशमी । नक्षत्र–मघा,२८ बजेर ४ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–ब्रम्ह,२२ बजेर ४१ मिनेट उप्रान्त ऐन्द्र । करण–तैतिल,१३ बजेर ० मिनेट उप्रान्त गर,२४ बजेर १८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २१ मिनेटमा, सूर्यास्त १७ बजेर १२ मिनेटमा । दिनमान २७ घडी ०८ पला । विश्व स्वतन्त्रता दिवस । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारमा प्रशस्त फाईदा हुनाले थप लगानि गर्ने वातावरण बन्नेछ । स्थाई सम्पति तथा मन परेको सामान उपहारको रुपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायिको साथले उपलब्धिमुलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहर...
शारदा युनीभर्सिटिको स्कूल अफ डेन्टल साईन्सको डिपार्टमेन्ट अफ पव्लिक हेल्थ डेन्ष्ट्रिको आयोजनामा अनलाईन डेन्टल कार्यक्रम सम्पन्न

शारदा युनीभर्सिटिको स्कूल अफ डेन्टल साईन्सको डिपार्टमेन्ट अफ पव्लिक हेल्थ डेन्ष्ट्रिको आयोजनामा अनलाईन डेन्टल कार्यक्रम सम्पन्न

समाचार, स्वास्थ्य
भारतको नोयडा स्थित शारदा युनीभर्सिटि स्कूलको स्कूल अफ डेन्टल साईन्सको डिपार्टमेन्ट अफ पव्लिक हेल्थ डेन्ष्ट्रिको आयोजनामा अनलाईन डेन्टल कार्यक्रम सम्पन्न भएको छ । “प्रयास” नाम राखिएको उक्त कार्यक्रमलाई नेपालको रेन्बो किड्स ईन्टरनेशनल प्रिस्कूलले सहकार्य गरेको थियो । अन्तराष्ट्रियस्तरका शिक्षक तथा डेन्टिष्ट विद्यार्थीहरुका लागी विशेष जानकारी र उपयोगीताका लागी आयोजना गरिएको उक्त भर्चुअल कार्यक्रममा नेपाल तथा भारतका विशिष्ठ व्यक्तित्वहरुको सहभागीता रहेको थियो । शारदा युनिभर्सिटि अफ कलेजका अध्यक्ष डा. एम सिद्धार्थको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा कलेजकै बिशिष्ठ शिक्षक डा. स्वाती शर्मा तथा डा.साहिल ठकर विशेष वक्ताका रुपमा रहेका थिए । स्कूलका शिक्षक शिक्षिकालाई समेत उपयोगी रहेको कार्यक्रममा दन्त स्वास्थ्य सम्बन्धि विभिन्न जानकारी अतिथी वक्तका रुपमा रहेका डा.कैलाश असवा तथा प्र...
गोरखा समाज अन्तराष्ट्रीय समन्वय परिषदको सचिवको जिम्मेवारी खनाल र गुरुङलाई

गोरखा समाज अन्तराष्ट्रीय समन्वय परिषदको सचिवको जिम्मेवारी खनाल र गुरुङलाई

आर्थिक, समाचार
काठमाडौं, विराट बाबु खनाल र सकुन्तला गुरुङ ग्लोबल गोरखा समाज, अन्तराष्ट्रीय समन्वय परिषदको सचिव चुनिएका छन् । खनाल र गुरुङको नियुक्तीसँगै परिषदको दोस्रो महाधिवेशन सकिएको ३ हप्ता भित्र पदाधिकारी चयन कार्यले पुर्णता पाएको छ । विश्वभर छरिएर रहेका गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाज, अन्तराष्ट्रीय समन्वय परिषद महाधिवेशन अक्टोबर १७ तारिखका दिन जुम प्रविधिको माध्यमबाट भएको थियो । नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएकोे उक्त महाधिवेशनले युवा व्यवसायी विनय अधिकारीको नेतृत्वमा कार्य समिती चयन गरेको थियो । को हुन खनाल विराट बाबु खनाल गोरखा समाज जापानका सचिव हुन । गोरखा समाज जापानमा रहेर आफुलाई समाज सेवामा खरो उतार्न सफल खनाल अब्बल सामाजिक व्यक्तित्वका रुपमा परिचित छन् । सिंगो नेपाली समुदाय र गोर्खालीको पक्षमा विभिन्न माध्यमबाट आवाज बुलन्द गर्ने, दिन दुखिह...
युरोपमा पर्यटन तथा गलैँचा र हस्तकला प्रवर्द्धन गर्न आग्रह

युरोपमा पर्यटन तथा गलैँचा र हस्तकला प्रवर्द्धन गर्न आग्रह

समाचार
कात्तिक २३ काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारी र बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीबीच आज लगानी विस्तार तथा आर्थिक कूटनीतिको प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ । यहाँ आयोजित छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरलगायत वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक कूटनीतिका माध्यमबाट वैदेशिक लगानी प्रवर्द्धन गर्नु पर्ने बताए। अध्यक्ष मोरले वैदेशिक लगानी भित्र्याउनका लागि प्रक्रियागत झण्झट र कानूनी अवरोधलाई सहज बनाउनका लागि परिसंघले पहल गरिरहेको जानकारी दिँदै सरकारबाट समेत सकारात्मक सहयोगको अपेक्षा गरिएको बताए। उनले नेपाल र बेल्जियमबीच सुसम्बन्ध रहँदै आएको बताउँदै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाई नेपाली ऊनी गलैँचा र हस्तकलाका वस्तुको निर्यात व्यपारलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । बेल्जियम र युरोपेली सङ्घमा आबद्ध राष्...
भुक्तानी नपाउँदा सम्पदाको काम रोकियो, उपभोक्ता समिति ऋणमा डुब्दै

भुक्तानी नपाउँदा सम्पदाको काम रोकियो, उपभोक्ता समिति ऋणमा डुब्दै

समाचार
कात्तिक २३ भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्रका मठमन्दिर तथा सम्पदाको जीर्णोद्धार एवं पुनःनिर्माण धमाधम भइरहे पनि नगरपालिकाबाट भुक्तानी नपाउँदा अधिकांश उपभोक्ता समिति ऋणमा डुबेका छन् । विसं २०७२ को महाभूकम्पले जीर्ण बनेका र लोपोन्मुख अवस्थामा पुगेका सम्पदाहरुको तीन वर्षदेखि भइरहेको पुनःनिर्माण एवं जीर्णोद्धारको पेश्की तथा बाँकी भुक्तानी रकम नगरपालिकाले नदिँदा उपभोक्ता समितिहरु ऋणमा डुब्न थालेका हुन् । नगरपालिकाले उपभोक्ता समितिमार्फत विसं २०७४ बाट निर्माण शुरु गरेको वडा नं ४ स्थित शङ्खधर चोकको फोहर फाल्ने डाँडालाई सफा गरी दुबो रोप्ने, ढुङ्गेधारा, सिँढीसमेतको संरचना निर्माण गरी नमूनाका रुपमा शङ्खधर उद्यान (पार्क) बनाउँदा नगरपालिकाको रु दुई करोड ५० लाख खर्च भइसकेको छ । काठमाडौँ महानगरपालिकाको रु एक करोडको सहयोगसमेत रहेको यो उद्यानका लागि चौथो नगरसभाले चालू आवमा रु एक करोड खर्...
पछिल्लो २४ घण्टामा  थप २ हजार ८ सय १२ जना कोरोना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १२ जना कोरोना संक्रमण मुक्त

समाचार
कात्तिक २३ काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ । यो कुल संक्रमितको ८१.१ प्रतिशत हो । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार १०८ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ । त्यस्तै आज पीसीआर नेपालमा १२ हजार ३११ रहेको छ भने अहिलेसम्म नेपालमा १५ लाख ४० हजार ७७ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा संस्थागत आइसोलेसनमा रहनेको संख्या ६ हजार २२२ रहेको छ भन...