बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

नेपाल वायुसेवा निगमले हवाइ उडानमा प्रतिस्पर्धा गर्न चार्टर्ड उडानको भाडादर घटाउने

नेपाल वायुसेवा निगमले हवाइ उडानमा प्रतिस्पर्धा गर्न चार्टर्ड उडानको भाडादर घटाउने

आर्थिक, समाचार
नेपाल वायुसेवा निगमले चार्टर्ड उडानको भाडादर घटाउने तयारी गरेको छ। हवाइ उडानमा प्रतिस्पर्धा गर्न चार्टर्ड उडानको भाडादर घटाउन लागेको कम्पनीले बताएको छ। निगमले चार्टर्ड उडानको भाडादरसम्बन्धी अध्ययन कार्यदल निर्माण गरेको थियो। कार्यदलको सुझावअनुसार निगमले भाडादर घटाउन लागेको हो। निगमले अन्तर्राष्ट्रिय उडानमा दुईवटा वाइडबडी (ठूलो आकारका) र दुईवटा न्यारोबडी (सानो आकारका) विमान रहेका छन् भने आन्तरिक उडानमा दुईवटा ट्विनअटर विमान रहेका छन्। समय–समयमा पुनरवलोकन गर्दै आएको निगमले उडान घण्टाको आधारमा भाडादर तय गर्दै आएको छ। यसअनुसार एयरबस ३३० वाइडबडी प्रतिघण्टा उडानको १८ हजार १०० अमेरिकी डलर लिँदै आएको छ। अब त्यसलाई घटाएर १५ हजार ५०० डलरमा झार्ने प्रतिवेदन पेश भएको छ। त्यसैगरी एयरबस ३२० न्यारोबडीको ९ हजार डलर लिँदै आएकोमा अब ७ हजार डलर मात्रै लिन उपयुक्त हुने कार्यदलको निष्कर्ष रहेको छ।...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले म्याद गुज्रेका दैनिक उपभोग्य वस्तु बिक्री गर्ने कम्पनी सञ्चालकलाई जरिवाना र कामदारलाई कैदको सजाय

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले म्याद गुज्रेका दैनिक उपभोग्य वस्तु बिक्री गर्ने कम्पनी सञ्चालकलाई जरिवाना र कामदारलाई कैदको सजाय

आर्थिक, समाचार
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले म्याद गुज्रेका दैनिक उपभोग्य वस्तु बिक्री गर्ने कम्पनी सञ्चालकलाई जरिवाना र कामदारलाई कैदको सजाय सुनाएको छ । स्नीकर्स चकलेट, हर्लिक्स, बर्नभिटा, केकको परिकारलगायतका दर्जनौँ म्याद गुज्रेका उपभोग्य वस्तुमा नयाँ लेबल लगाएर बिक्री गर्ने आयान डिस्टिब्युर्टसका म्यानेजर रोनक बोहरा र कामदार शंकर बयलकोटीलाई विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीको इजालासले आइतबार एक वर्ष कैद र जनही तीन लाख रुपैयाँ जरिवाना सुनाएको छ । तर आयानकी मुख्य सञ्चालक पुष्पादेवी अग्रवाल, कामदार मुन्ना ठाकुर, पुष्पकुमार ठाकुर, श्यामप्रसाद सिंह, रामबहादुर बयलकोटी र बिक्रमप्रसाद गुप्तालाई जनही ३ लाख १२ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ ले यस्ता मुद्धामा सुरु कारबाही गर्ने अधिकार विभागका महानिर्देशकलाई नै दिएको छ । तर कम्पनी सञ्चालकलाई जरि...
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘विश्वभरी अमर बनेका छन्’ सार्वजनिक(भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘विश्वभरी अमर बनेका छन्’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने व्यक्तित्वहरूको सम्मान स्वरूप तयार पारिएको  कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘विश्वभरी अमर बनेका छन्…’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । https://youtu.be/m9TSWHdoRsA सार्वजनिक गीतमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने धेरै व्यक्तित्वहरूको नाम लिइएको छ । डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘धरोहर’मा रहेको यो गीतले पनि कीर्तिमानी कायम गर्न सफल भएको थियो । फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा ...
माईकल चन्दको निर्देशनमा प्रताप र अस्मिताको स्वरमा ‘आउ माया’ को भिडियो सार्वजनिक (भिडियो)

माईकल चन्दको निर्देशनमा प्रताप र अस्मिताको स्वरमा ‘आउ माया’ को भिडियो सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको गीत ‘आउ माया साथैमा’ सार्वजनिक भएको छ । गंगा दुलालको शब्द तथा राजेन्द्र बजगाईंको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=MP2sXFAog4Q&feature=emb_logo माइकल चन्दले निर्देशन गरेको डान्सिङ शैलीमा तयार गीतको भिडियोमा काट्रुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । भिडियोमा माइकल सेट-अप एण्ड डान्स एकेडेमीको करियोग्राफी रहेको छ । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादन तथा कलर शिलन लम्सालले गरेका छन् । ...
पार्टी कमजोर हुनु भनेको प्रजातन्त्र कमजोर हुनु हो:डा.डिआर उपाध्याय

पार्टी कमजोर हुनु भनेको प्रजातन्त्र कमजोर हुनु हो:डा.डिआर उपाध्याय

राजनीति, समाचार
वामपन्थी पार्टीको भविष्य के होला ? लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न नेपालका वामपन्थीको प्रमुख भूमिका रहँदै आएको छ । नेपाली जनताले प्रमुख दुई पार्टी नेपाली कांग्रेस र वामपन्थी शक्तिलाई पालैपालो सत्ताको बागडोर सुम्पिँदै आएका छन् । दुई वामपन्थी पार्टीबीच तालमेल भएर गत आमनिर्वाचनमा सफलता प्राप्त गरे । त्यस पछि दुई पाटी बीच पाटी एकीकरण भयो । तर अहिले आएर पाटी एकीकरण प्रक्रिया भावनात्मक रुपमा नभएको देखिएको छ । दुवै पक्षमा इमानदारीता देखिएको छैन । जनतालाई झुक्याउने र भोट बटुलेर सरकारमा जाने बाहेक अरु केहि काम हुन सकेन । पछिल्लो समयमा नेपालका हरेक निर्वाचनमा वामपन्थीको नै बहुमत आउने गरेको छ । तर वामपन्थी मिल्न सक्दैन । नेपालका वामपन्थी धेरै चिरामा बिभाजित छन । वामपन्थीहरु हामी सर्वहाराको नेतृत्व गछौ भनेर कहिल्यै थाक्दैनन् । सर्वहाराका नेताहरू सत्ता, शक्ति र सम्पत्तिमा लिप्त हुन पुगेका छन । य...
तिहारमा निर्धक्क विद्युत् खपत गर्न प्राधिकरणको आग्रह

तिहारमा निर्धक्क विद्युत् खपत गर्न प्राधिकरणको आग्रह

समाचार
कात्तिक २४ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यही हप्तादेखि सुरु हुने तिहारमा यो वर्ष विद्युत् खपत घट्ने प्रक्षेपण गरेको छ । विगत वर्षहरूमा तिहारको लक्ष्मीपूजाका दिन १३ सय मेगावाटसम्म विद्युत् खपत हुने गरेको थियो । तर, यो वर्ष अधिकतम १ हजार २५ मेगावाटसम्म विद्युत् माग हुने प्रारम्भिक प्रक्षेपण भएको प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिए । ‘प्राधिकरण भने अधिकतम १४ सय मेगावाट विद्युत् माग भए पनि उपलब्ध गराउन सक्ने अवस्थामा छ,’ उनले भने । तिहारमा कुनै किसिमको खपत बढ्ने सम्भावना नभएर नै कार्ययोजना वा विशेष तयारी खासै छैन । यो वर्षको तिहारको लक्ष्मी पूजा शनिबार (२९ कात्तिकमा) पर्छ । लक्ष्मीप ूजाको दिन सबैभन्दा धेरै विद्युत् खपत हुने विश्वास गरिन्छ । प्राधिकरणले पर्याप्त बिजुली आपूर्ति गर्ने भएकाले २४सै घन्टा निर्धक्क भएर विद्युत् प्रयोग गर्न आग्रहस...
समुदायमा कोरोेना फैलिएपछि बढ्यो मृत्युदर

समुदायमा कोरोेना फैलिएपछि बढ्यो मृत्युदर

समाचार
कात्तिक २४ काठमाडौं ।समुदायमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा संक्रमितहरुको मृत्युदर बढ्दै गएको छ । गत २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ । बिहीबारयता तीन दिनभित्रमा देशभरीमा ७४ जनाको मृत्यु भएको छ । असोज तेस्रो सातासम्म कुल संक्रमित मध्येमा ०.५ प्रतिशत मृत्यु दर रहेकोमा कात्तिकको तेस्रो सातादेखि यता शुन्य दशमलव १ प्रतिशत बढेर ०.६ प्रतिशत पुुगेको छ । असोजदेखि यता नेपालमा दैनिक १४ देदि ३० जनाको दरले मृत्यु भइरहेको तथ्याकंले औंल्याएका छन् । कात्तिक २२ मा १७, २१ मा १८ जना, २० गते १८ जना र १९ गते एकैदिन ३० जनाको मृत्यु भएको छ । त्यसैगरी, कात्तिक १७ गते २४ जना, १६ गते २३ जना, १५ र १४ मा १७ जनाको दरले मृत्यु भएको छ ।यो समाचार आजको नागरिक दैनिकमा छ । ...
जनकपुर–जयनगर नियमित रेल सञ्चालनको तयारी

जनकपुर–जयनगर नियमित रेल सञ्चालनको तयारी

समाचार
कात्तिक २४ काठमाडौं । जनकपुर–जयनगर रेलमार्गमा नियमित रेल सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानून निर्माण, आवश्यक पूर्वाधारलगायतको तयारी भइरहेको हो ।कोभिड–१९ सङ्क्रमणका कारण तत्काल रेल सञ्चालन गर्न नसकिने भए पनि स्थिति सहज हुनासाथ जनशक्ति व्यवस्थापन गरी सञ्चालनका लागि तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । सरकारले सङ्क्रमण नियन्त्रणका लागि सीमामा आवतजावत रोकेकाले अन्तरदेशीय हाल रेल सञ्चान गर्न नसकिने कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो । तत्कालका लागि देशभित्रै मात्र पनि रेल सञ्चालन गर्न सकिने तर त्यसका लागि जनशक्तिको आवयश्कता परेको उहाँको भनाइ छ । आउँदो पुसको रामनवमी पर्वका अवसर त्यस क्षेत्रमा रेल सञ्चालन गर्ने गरी छलफल उहाँले जानकारी दिनुभयो ।रेल सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले करारमा कर्मचारी...
भारतको शारदा युनीभर्सिटिको आयोजनामा ‘अनलाईन डेन्टल’ कार्यक्रम सम्पन्न

भारतको शारदा युनीभर्सिटिको आयोजनामा ‘अनलाईन डेन्टल’ कार्यक्रम सम्पन्न

समाचार
कात्तिक २४ काठमाडौं । भारतको नोयडा स्थित शारदा युनीभर्सिटि स्कूलको स्कूल अफ डेन्टल साईन्सको डिपार्टमेन्ट अफ पव्लिक हेल्थ डेन्ष्ट्रिको आयोजनामा अनलाईन डेन्टल कार्यक्रम सम्पन्न भएको छ । “प्रयास” नाम राखिएको उक्त कार्यक्रमलाई नेपालको रेन्बो किड्स ईन्टरनेशनल प्रिस्कूलले सहकार्य गरेको थियो । अन्तराष्ट्रियस्तरका शिक्षक तथा डेन्टिष्ट विद्यार्थीहरुका लागी विशेष जानकारी र उपयोगीताका लागी आयोजना गरिएको उक्त भर्चुअल कार्यक्रममा नेपाल तथा भारतका विशिष्ठ व्यक्तित्वहरुको सहभागीता रहेको थियो । शारदा युनिभर्सिटि अफ कलेजका अध्यक्ष डा. एम सिद्धार्थको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा कलेजकै बिशिष्ठ शिक्षक डा. स्वाती शर्मा तथा डा.साहिल ठकर विशेष वक्ताका रुपमा रहेका थिए । स्कूलका शिक्षक शिक्षिकालाई समेत उपयोगी रहेको कार्यक्रममा दन्त स्वास्थ्य सम्बन्धि विभिन्न जानकारी अतिथी वक्तका रुपमा रहेका...
निजी निवास पुनर्निर्माणको समयसीमा तोकियो

निजी निवास पुनर्निर्माणको समयसीमा तोकियो

समाचार
कात्तिक २४ काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि आगामी वैशाखसम्मको समय सीमा तोकेको छ । विनाशकारी भूकम्प र परकम्पबाट क्षतिग्रस्त निजी आवासको पुनर्निर्माणको अवस्था भने निराशाजनक देखिएको अवस्थामा सो निर्णय गरिएको हो । अनुदान लिन समयसीमा नाघिसक्दा विशेषतः दोस्रो र तेस्रो किस्ता नलिनेको संख्या अत्यधिक भएको अवस्थामा प्राधिकरणले सो निर्णय गरेको जनाएको छ । प्राधिकरण कार्यकारी समितिको हालै बसेको बैठकले हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गरी २०७७ पुस १५ सम्ममा पहिलो किस्ता लिई सक्नुपर्ने निर्णय भएको सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । भूकम्पका कारण क्षति पुगेर बस्न नमिल्ने भएका संरचना पुनर्निर्माण गर्न सरकारले ३ लाख रुपियाँ सहयोग गर्दै आएको छ । सो रकमलाई ५० हजार, डेढ लाख र एक लाख रुपियाँको ...