बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

पाँचौ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते कोच सेमिनार सम्पन्न

पाँचौ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते कोच सेमिनार सम्पन्न

खेलकुद, समाचार
काठमाडौँ — कार्तिक २४, नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघको बार्षिक कार्यक्रम अनुसार ककनि अन्तराष्ट्रिय ट्रेनिङ सेण्टर, नुवाकोटमा २ दुई दिने “पाँचौ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते कोच सेमिनार–२०२०” सम्पन्न भएको छ। राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेश कुमार सिलवालको प्रमुख आतिथ्यमा पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुदघाटन गरिएको कार्यक्रममा उहाँले मन्तव्यको क्रममा अहिले विश्वब्यापी रुपमा फैलिरहेको कोभिड–१९ ले समग्र खेलकुद क्षेत्रलाई नै प्रभावित गरिरहेको छ र पनि यो समय संग उच्च मनोबलका साथ लडने र सजगताका साथ दैनिक खेलकुद गतिविधिलाई संचालन गर्नुपर्नेमा जोड दिनुभयो । विश्व क्योकुशिन काई कराँतेका उपाध्यक्ष तथा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष सिहान अशोक कुमार श्रेष्ठको सभापतित्वमा संचालन गरिएको उक्त सेमिनारमा स्वागत मन्तब्य संघका महासचिव तथा प्रशिक्षक प्रविण ...
बुढानिलकण्ठ-डाँडागाउँ सडक कालोपत्रे हुँदा स्थानीय खुसि

बुढानिलकण्ठ-डाँडागाउँ सडक कालोपत्रे हुँदा स्थानीय खुसि

समाचार, समाज
कात्तिक २४ काठमाडौं । बुढानिलकण्ठ-डाँडागाउँ सडक कालोपत्रे हुँदा स्थानीय खुसि भएका छन। सुगम नगरपालिकामा पनि दुर्गम झैँ विभिन्न समस्या भोग्दै आएका डाँडागाउँका स्थानीयहरुले सो सडक कालोपत्रे भए संगै समय र श्रमको बचत हुने भन्दै खुसि ब्यक्त गरेका हुन् । बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव बन्न सक्ने प्रचुर सम्भावना बोकेको डाँडागाउँमा स्थानीयहरुले पेन्देल होम स्टे स्थापना गर्दै सामुहिक पर्यटन प्रवर्धनको प्रयास शुरु गरेको एक स्थानीय शिक्षकले बताए। संघीय सरकार मार्फत उक्त सडक ओभर ल्यापिंग गर्दै कालोपत्रेका लागि पहल गर्ने काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उपप्रधानमन्त्री ईश्वर पोखरेललाई धन्यवाद दिदै उनले सोहि स्थानमा सामुहिक कृषिको कार्यक्रम शुरु गर्न लागेको जानकारी दिएका छन। काठमाडौं उपत्यका सहित सुर्योदय र सुर्यास्तको अवलोकन गर्ने सकिने सो स्थान बाट करिव १...
बुढानिलकण्ठमा हरिहरको अलौकिक छाया दर्शन

बुढानिलकण्ठमा हरिहरको अलौकिक छाया दर्शन

समाचार
कात्तिक २४ काठमाडौं । काठमाडौं उपत्यकाकाको निकै महत्वपूर्ण र पावन धार्मिक स्थल बुढानिलकण्ठ मन्दिरमा हरिहरको अलौकिक छाया दर्शन हुने गरेको छ।आधुनिक बिज्ञानलाई नै चुनौती दिने सो छाया दर्शनले उक्त मन्दिरको शक्ति र महात्मेयलाई देखाउने सो मन्दिरका मठाधिस स्वामी निगमानंदले बताएका छन।नियमित र अन्य भन्दा फरक स्वरूप र भागको छाया बुढानिलकण्ठको मुर्ति विराजमान पोखरीमा देखीने भन्दै उनले यसका वारेमा धेरै विद्वान र विसेषज्ञहरु संग परामर्श गर्दा सो मन्दिरमा हुने छाया दर्शन निकै अलौकिक र विशेष रहेको जानकारी प्राप्त गरेको बताएका छन। हाल सम्म कुनैपनि राजाहरुले दर्शन नगरेको सो मन्दिरमा राजा प्रताप मल्लले दर्शन गर्ने प्रयास गरेतापनि सफल हुन् सकेका थिएनन।बुढानिलकण्ठ मन्दिर आउंदै गरेका उनलाई विच बाटोमै रोकेपछि बाटो रोक्ने सो नागलाई अव उप्रान्त कुनै पनि भगवानको दर्शन गर्न नपाएस भन्दै अन्धो हुने श्राप दिएर फर्...
गोकर्ण प्राथमिक अस्पताल प्रमुख डा. सृजना पाण्डेय द्वारा लायन्स आइसोलेसन केन्द्रको निरिक्षण

गोकर्ण प्राथमिक अस्पताल प्रमुख डा. सृजना पाण्डेय द्वारा लायन्स आइसोलेसन केन्द्रको निरिक्षण

समाचार
कात्तिक २४ काठमाडौं । गोकर्णेश्वर नगरपालिका ४ राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वनमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले संचालन गरेकोला यन्स आइसोलेसन केन्द्रको गोकर्ण प्राथमिक अस्पतालकी प्रमुख डा. सृजना पाण्डेयले निरीक्षण गर्नुको साथै अहिले सम्मको अवस्थाको बारेमा जानकारी लिएकी  छिन ।उनलाई आइसोलेसन सेन्टर कमिटिको प्रशासन उपसमिति संयोजक माइ एल सी आइ  चिफ लायन रमेश लामाले लायन्स आइसोलेसनको बारेमा र त्यहाको अवस्थाको बारेमा जानकारी गराएका थिए । उनले काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै संक्रमितको उपचारमा सहयोग पुगोस भनेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले गोकर्णेश्वर नगरपालिका संगको समन्वयमा उक्त भवनलाई आइसोलेसन केन्द्रको रुपमा संचालन गरेको  जानकारी गराए । काठमाडौंमा कैयौँ परिवारको आर्थिक अवस्था कमजोर छ, जो बहालम...
तीनकुने पुल नयाँ प्रक्रियाबाट निर्माण गरिँदै

तीनकुने पुल नयाँ प्रक्रियाबाट निर्माण गरिँदै

समाचार
कात्तिक २४ काठमाडौं । लामो समयदेखि निर्माण अवरुद्ध तीनकुनेस्थित वाग्मती पुल नयाँ प्रक्रियाबाट बनाइने भएको भएको छ । निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता तोडेसँगै नयाँ प्रक्रियाबाट बनाउन लागिएको हो । अब १५÷२० दिनमा ठेक्का सम्झौता हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । समयानुसार बजार भाउ बढ्दा पहिलेभन्दा बजेट बढ्नेछ । पुल ‘डिजाइन एण्ड बिल्ड’ का आधारमा बनाउन शुरु भएको थियो । आयोजनाका प्रमुख गुरु अधिकारीले भने, “पहिलेजस्तै बन्छ, लम्बाई, चौडाइ केही पनि परिवर्तन हुँदैन ।” सरकारले कम्पनीले निर्माणका लागि लिएको दुई किसिमका बैङ्कको जमानत फिर्ता लिइसकेको छ । कार्यसम्पादन जमानतमार्फत राखिने पाँच प्रतिशत रकम सरकारको खातामा ल्याइएको हो । मोबीलाइजेशन कम्पनीलाई उपलब्ध गराएकामा त्यो फिर्ता भएको छ । कम्पनीले बीचमा काम छाडेकाले बाँकी काम कति छ त्यो कामको...
पछिल्लो २४ घण्टामा थप २५ सय ७१ जनामा कोरोना संक्रमण, १७ सय ९८ जना निको

पछिल्लो २४ घण्टामा थप २५ सय ७१ जनामा कोरोना संक्रमण, १७ सय ९८ जना निको

समाचार
कात्तिक २४ काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ लाख ९७ हजार २४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १७ सय ९८ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ५९ हजार ७२४ जना निको भएका छन् । आज देशभर ३६ हजार १७४ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ११२६ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १७७ जनाको पिसिआर परीक्षण भएको छ । ...
उपत्यकामा थपिए १४२८ कोरोना संक्रमित

उपत्यकामा थपिए १४२८ कोरोना संक्रमित

समाचार
कात्तिक २४ काठमाडौं । उपत्यकामा थप १४२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै हालसम्म काठमाडौंमा ७३ हजार २०३, ललितपुरमा १० हजार ३५४ र भक्तपुरमा ६ हजार ५९८ संक्रमित भएका छन्। गत २४ घण्टामा २ हजार ५ सय ७१ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ जना पुगेको छ। कुल संक्रमितमध्ये ३६ हजार १ सय ७४ सक्रिय संक्रमित छन्। नेपालमा हालसम्म १५ लाख ५१ हजार २ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ। हाल ९ सय ६७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...
राष्ट्रपति विद्यादेवी भण्डारी  र प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका राष्ट्रपति जो बाइडन र उपराष्ट्रपतिमा  कमला ह्यारिसलाई बधाई ज्ञापन

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका राष्ट्रपति जो बाइडन र उपराष्ट्रपतिमा कमला ह्यारिसलाई बधाई ज्ञापन

राजनीति, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा चयन भएका डेमोक्रेटिक पार्टीका नेता जो बाइडन र उपराष्ट्रपतिमा चयन भएकी कमला ह्यारिसलाई बधाई ज्ञापन गरेकी छन्। आइतबार बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले बाइडन र ह्यारिसको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् । यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ट्वीट गरी निर्वाचनमा प्रभावशाली र ऐतिहासिक विजय प्राप्त गरेकामा बाइडन र ह्यारिसलाई बधाई ज्ञापन गरेका छन् । नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ गर्न नयाँ अमेरिकी नेतृत्वसँग निकटमा रही काम गर्ने चाहना पनि प्रधानमन्त्रीले ओलीले व्यक्त गरेका छन् । ...
काठमाडौं उपत्यकामा थप १४२८ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं उपत्यकामा थप १४२८ जनामा कोरोना भाइरसको संक्रमण

समाचार, स्वास्थ्य
काठमाडौं उपत्यकामा थप १४२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३० महिला र ७९८ पुरुष गरि १४२८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।   योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ९७ हजार २४ रहेको छ । संक्रमित मध्ये एक लाख ५९ हजार ७२४ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ । पछिल्लो २४ घण्टामा १७९८ जना कोरोनामुक्त भएका छन् भने १८ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ११२६ पुगेको छ । ...
सरकारी लगानीको चारसय वर्षको इतिहास बोकेको एकमात्र आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना पछिल्लो समय ओरालो लाग्दै

सरकारी लगानीको चारसय वर्षको इतिहास बोकेको एकमात्र आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना पछिल्लो समय ओरालो लाग्दै

समाचार, समाज
काठमाडौँ-करिब चारसय वर्षको इतिहास बोकेको सरकारी लगानीको एकमात्र आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना पछिल्लो समय ओरालो लाग्दै गएको छ । आन्तरिक व्यवस्थापकीय कमजोरी, राजनीतिकरण, समयमै कच्चा पदार्थ र प्याकेजिङ सामग्री आपूर्ति गर्न नसक्नु, आर्थिक तथा नीतिगत समस्यालगायतका कारण पछिल्लो समय वैद्यखाना निरन्तर ओरालो लाग्दै गएको हो । सरकारले २०५१ सालमा वैद्यखाना विकास समितिमार्फत सञ्चालनमा ल्याएको भए पनि वैद्यखाना झन खस्किँदै गएको छ । समितिले वैद्यखानाको विविधीकरण र विस्तार गर्दै १० वर्षमा २५ करोड रुपैयाँ बराबरको उत्पादन गर्ने लक्ष्य लिएको थियो । व्यवस्थापन पक्षले लक्ष्यअनुसारको योजना बनाउन नसक्दा उक्त लक्ष्य कागजमा मात्रै सीमित हुन पुगेको छ । विगतमा सिंहदबार वैद्यखानाले स्वदेशी जडीबुटी प्रयोग गरेर १८५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गर्दै आए पनि विगत दुई-तीन वर्षदेखि २५-३० प्रकारका औ...