जोखिम भत्ता माग गर्दै स्वास्थ्यकर्मी मन्त्रालयमा
कात्तिक २५ काठमाडौं । कोभिड–१९ महामारीमा फ्रन्टलाइनमा खटिएका आफूहरूले समयमै जोखिम भत्ता नपाएको गुनासो लिएर स्वास्थ्यकर्मीहरू स्वास्थ्य मन्त्रालय पुगेका छन् ।
नेपाल स्वास्थ्यकर्मी संघले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने सबै स्वास्थ्यकर्मीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन सरकारसँग माग गरेको हो । २ चैतमा सरकारले नै फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णय गरेको थियो ।
संघले सोमबार स्वास्थ्यसचिव लक्ष्मण अर्याललाई १३ बुँदे ज्ञापनपत्र बुझाएको छ । देशभरका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो बढेपछि मन्त्रालय पुग्नुपरेको संघका अध्यक्ष रामजी घिमिरेले बताए ।
‘कोरोना संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश, २०७७’ र ‘कोभिड केस इन्भेस्टिगेसन तथा कन्ट्याक्ट ट्रेसिङ टिम परिचालन तथा व्यवस्थापन निर्देशिका, २०७७’ अनुसार सबै स्वास्थ्यकर्मीले ज...









