आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

पारसले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलेरे मात्रै सन्यास लिने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खडकाले आफ्नो सन्यास बारे बोलेका छन । सोमवार चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भ्रमणका क्रममा उनले धुर्मुस–सुन्तली फाउन्डेसनले तयार पोरका भिडियोमा सन्यास बारे बोलेका छन । आफ्नो जिवनको ३२ औं वसन्त पार गरिसकेका पारसले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलेरे मात्रै सन्यास लिने बताएका छन ।

पारसले भ्रमणका क्रममा आफु एकदमै उत्साहित भएको र मैदान निर्माणको काम आफुले सोचको भन्दा छिटो भएको बताएका छन । उनले आफु क्रिकेट खेलाडी रहेको नाताले पनि आफु एकदमै उत्साहित भएको र मैदान निर्माणमा सहयोग गरेको सम्पूर्णलाई बधाई दिएका छन । पारस खड्का र क्रिकेट एसोसियसन नेपाल (क्यान)का सदस्य छुम्बी लामाले उक्त मैदानको भ्रमण गरेका थिए । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले स्थापना गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले जनस्तरबाट सहयोग संकलन गरी यसको निर्माण गरिरहेको छ। भरतपुर महानगरपालिका–१६ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कुल लागत खर्च ३ अर्बको छ । अन्तर्राष्ट्रियस्तरको २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशालाका अतिरिक्त दुइटा अत्याधुनिक क्रिकेट अभ्यास मैदान, फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडीपोखरी, ब्याडमिन्टन र टेनिस कोर्ट पनि बनाइने लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *