बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

काठमाडौं उपत्यकामा थप १ हजार ५१२ कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप १ हजार ५१२ कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५१२ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शनिबार अपरान्ह दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप १ हजार ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा ६२५ महिला र ८८७ पुरुष रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १४१ जनामा संक्रमण पुष्टि भएको हो। ...
महानगरीय ट्राफिक प्रहरी महाशाखाको ट्राफिक सचेतना अभिवृद्धिको लागि सांगीतिक डमी अभियान शुभारम्भ

महानगरीय ट्राफिक प्रहरी महाशाखाको ट्राफिक सचेतना अभिवृद्धिको लागि सांगीतिक डमी अभियान शुभारम्भ

समाचार, समाज
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि सांगीतिक डमी अभियान शुभारम्भ गरेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले आज शनिवार एक कार्यक्रमका वीच उक्त अभियानको शुभारम्भ गरेका हुन् । सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाई सडक सभ्यता अभिबृद्धि गर्न र सडक दुर्घटना न्यूनिकरण गर्नका लागि गत भाद्र १६ गतेदेखि यस महाशाखाले काठमाण्डौं महानगरपालिकाको सहयोगमा काठमाडौ उपत्यकाको विभिन्न सडक छेउमा ४५ वटा ट्राफिक डमी राखिसकेको छ । सो अभियानलाई अझ थप प्रभावकारी बनाउन तथा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने आजदेखि सांगीतिक डमी अभियान महाशाखाले शुभारम्भ गरेको छ । ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले गीत सङ्गीत भनेको हरजनको हरपरिस्थितिको साहारा, अत्यन्तै प्रीय साथी भएकोले गीत सङ्गीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चाल...
पछिल्लो २४ घण्टामा थप २ हजार ७५३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप २ हजार ७५३ जनामा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा थप २ हजार ७५३ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १० हजार ४२३ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितकाे संख्या ३५ हजार ४३५ रहेकाे छ । पछिल्लो २४ घण्टामा २२ सय ६ सय जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८७ पुगेको छ। ...
फेशन कोरियोग्राफिमा जम्दै मोडल तथा कोरियोग्राफर केडि

फेशन कोरियोग्राफिमा जम्दै मोडल तथा कोरियोग्राफर केडि

अन्र्तवार्ता, मनोरन्जन, समाचार
मोडलिङ तथा फेशन क्षेत्रलाई एउटा नकारात्मक सोच ले हेरिरहेका मानिसहरुको लागि एउटा उदाहरण बन्न सफल वक्क्ती हुन के डि भट्टराई। एउटा छोरा मान्छे यो क्षेत्रमा लाग्दा पैसा को नास अनि छोरी मान्छे यो क्षेत्रमा प्रवेश गर्दा इज्जत को नास हुन्छ भन्ने नेपाली मानिसहरुको सोच छ। यहि सोचलाई गलत साबित गर्दै अनि यस्ता विभिन्न बाधा अर्चनलाई लत्याउदै कोरियोग्रफिमा ब्यस्त बन्दै गएका छन् कोरियोग्राफर के.डि भट्टराई l सन् २०१६ साल देखि मोडलिङ क्षेत्रमा  प्रवेश गरेर निरन्तर यस क्षेत्रमा संघर्ष गर्दै आएका उनि नेपाल स्टार मोडलको टप ५ सम्म पुगेर बेष्ट स्माइलको टाईटल समेत जित्न सफल भएका थिए l येसरी आफ्नो जिवनको सुरुवात आफुले रुचाएको काम लाई निरन्तरता दिदै अगाडि बढेका उनि यस बर्ष भएको विभिन्न मोडल एण्ड फेसन अवार्ड मा बेस्ट कोरियोगाफरमा मनोनयन सम्म भएका थिए । इण्डियाको मुम्बईमा रहेको ड्रिम्स इन्स्च्युट अफ फ्लिम ...
मनिचेञ्जर विनियमावली २०७७,नियम उल्लघंन गरे ५ लाखसम्म जरिवाना

मनिचेञ्जर विनियमावली २०७७,नियम उल्लघंन गरे ५ लाखसम्म जरिवाना

आर्थिक, समाचार
 नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँसम्म जरिवान हुने गरी मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ ल्याएको छ । भारतीय रुपैयाँ र परिवत्र्य विदेशी मुद्राको खरिद बिक्री कारोबार गर्ने मनिचेञ्जरहरूले राष्ट्र बैंकले तोकेको नियम उल्लघंन गरेमा यसको प्रकृति हेरी उक्त रकमसम्मको जरिवाना गर्ने व्यवस्था गरेको हो ।  नियमावलीमा मनिचेञ्जरको व्यवसायीक प्रमाणपत्र निलम्बन तथा रद्द समेत गर्न सकिने व्यवस्था उल्लेख गरिएको छ । राष्ट्र बैंकले आफूले गरेको निर्देशन पालना नगर्ने व्यवसायीलाई नगद धरौटी जफतदेखि अन्य सम्पूर्ण धरौटी समेत जफत गर्न सक्ने छ । नियमावलीले मनिचेञ्जर सञ्चालक, पदाधिकारी तथा कर्मचारीलाई समेत कारवाहीको छुट्टै व्यवस्था गरेको छ । उनीहरूलाई सचेत गराउँदै नियम उल्लघंन गर्ने कर्मचारी तथा पदाधिकारीलाई २० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म नगद जरिवाना समेत गर्न सक्ने व्यवस्था विन...
आज फेरि बढ्यो सुनको मूल्य

आज फेरि बढ्यो सुनको मूल्य

आर्थिक, समाचार
 नेपाली बजारमा सुनको मूल्यमा आज फेरि बढेको छ । बिहिबार सुनको मूल्य तोलामा ९६ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ७ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२५५ रहेको महासंघले जनाएको छ ।     ...
लण्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका १०४ जना पक्राउ

लण्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका १०४ जना पक्राउ

अन्तराष्ट्रिय, समाचार
 बेलायतको राजधानी लण्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका १०४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको महामारी फैलिँदै गएपछि सरकारले दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरेकाले त्यस विरुद्ध बिहीवार हजारौँले प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएकाहरुलाई तत्काल भिडभाडबाट भाग्न र घरघर जान प्रहरी अधिकारीहरुले निर्देशन दिएका थिए । निर्देशन दिँदा पनि अवज्ञा गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरी कमाण्डर जोन कोन्नर्सले कोरोना भाइरस विरुद्ध लागु गरिएका प्रतिबन्धात्मक व्यवस्थाहरुको उल्लंघन गरेकाहरुलाई पक्राउ गरिएको स्पष्ट पारे । हाम्रो मुख्य जिम्मेवारी लण्डनलाई सुरक्षित राख्नु हो, त्यसका लागि हामीले भिडभाड गर्न नदिने नियम लागू गरेका छ...
जापान सरकारले कीर्तिपुर आँखा अस्पताललाई मेडिकल सामग्री सहायता

जापान सरकारले कीर्तिपुर आँखा अस्पताललाई मेडिकल सामग्री सहायता

समाचार
जापान सरकारले कीर्तिपुर आँखा अस्पताललाई मेडिकल सामग्री दिने भएको छ। जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी परियोजनाअन्तर्गत आँखा अस्पताललाई मेडिकल सामग्री उपलब्ध गराउने सहायता सम्झौतामा हस्ताक्षर भएको छ। नेपालस्थित जापानी दूतावासका अनुसार जापान सरकारले एक लाख ५४ हजार एक सय अमेरिकी डलर बराबरको मेडिकल सामग्री उपलब्ध गराउने छ। मधुमेहका कारण आउने आँखा सम्बन्धी समस्याको उपचारका लागि आवश्यक मेडिकल सामग्री खरिद गरिने छ। नेपाल नेत्र ज्योती संघले सन् २०१७  देखि कीर्तिपुर आँखा अस्पताल सन्चालन गरिरहेको छ। ...
कोरोनाको महामारीबाट झापामा ज्यान गुमाउनेको सङ्ख्या ५८

कोरोनाको महामारीबाट झापामा ज्यान गुमाउनेको सङ्ख्या ५८

समाचार, स्वास्थ्य
कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ। जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ। कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना सङ्क्रमित छन्। तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइइँले बताए। उनका अनुसार सबैभन्दा बढी ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या दमक नगरपालिकामा रहेको छ। दमकमा ५५८ कोडिभ–१९ का सङ्क्रमित छन् भने २० जनाले ज्यान गुमाइसकेका छन्। पन्ध्र स्थानीय तह रहेको जिल्लामा भद्रपुर नगरपालिकामा २९२, मेचीनगरमा २७८, विर्तामोडमा ३८७, कनकाईमा १४१, अर्जुनधारामा ८४, गौरादहमा १०३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १४८, कमलमा १०५, गौरीगञ्जमा ४८, बाह्रदशीमा ४४ र झापा गाउँपालिकामा २९ रहेका...
कोरोना  संक्रमण पुष्टि भएका हाँस्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर,आईसियूमा उपचार

कोरोना संक्रमण पुष्टि भएका हाँस्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर,आईसियूमा उपचार

समाचार, समाज
कोरोना भाइरस संक्रमण पुष्टि भएका चर्चित हाँस्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर बनेको छ । कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका गजुरेलको अवस्था गम्भीर भएपछि अस्ति बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो।हालको उनको आईसियूमा उपचार भइरहेको छ। हास्यव्यग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेलका निकट मित्र टंकराज आचार्यका अनुसार संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका उनको अस्ति बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो।आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए। उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो। ...