जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचन भएका छन् ।
७७ वर्षका बाइडेन अमेरिकाको राष्ट्रपतिमध्येकै सबैभन्दा वृद्ध राष्ट्रपति हुन् । यो भन्दा अगाडि राष्ट्रपति डोनाल्ड ट्रम्प ७१ वर्षमा राष्ट्रपति बनेका थिए ।
त्यो रेकर्ड बाइडेनले तोडेका हुन् । उनले २७३ भोट ल्याउँदै बहुमत पाएका छन् ।
डेमोक्रेट पार्टीका उम्मेद्वार जो बाइडेन संयुक्त राज्य अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित भएका छन्।
मंगलवार सम्पन्न भएको मत गणनाको नतिजा पछि अमेरिकामा ४६औँ राष्ट्रपतिका रुपमा जो बाइडेन निर्वाचित भएका हुन् ।
अब उनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन् । उनी डेमाक्रेटिक पार्टीका सदस्य हुन्। यो भन्दा पहिला उनी बराक ओभामाको कार्यकालमा उपराष्ट्रपति बनेका थिए ।
