बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

शिक्षा

एसईईमा गोरखा जिल्लाकै उत्कृष्ट बनिन् श्रेष्ठ

एसईईमा गोरखा जिल्लाकै उत्कृष्ट बनिन् श्रेष्ठ

शिक्षा, समाचार
गोरखा । गोरखाको विकट गाउँ आरूघाटमा अवस्थित नेप्लिज एडभान्स सेकेण्डरी वोडिङ स्कुलकी छात्रा आयुष्मा श्रेष्ठ एसईई परीक्षामा जिल्ला उत्कृष्ट भएकी छिन्। ४ जीपीए ल्याएकी श्रेष्ठ जिल्लाकै सर्वोत्कृष्ट अंक ल्याउने छात्रा बनेकी हुन्। उनको ब्याचमा १४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको थियो। सो नतिजामा श्रेष्ठले ४ जीपीए ल्याएर उत्कृष्ट भएको प्रधानाध्यापक भोजराज भट्टले जानकारी दिए। आयुष्माले अबका दिनमा विज्ञान संकायमा अध्ययन गरी न्यूरो सर्जन बन्ने लक्ष्य रहेको बताएकी छिन्। आयुस्मा काठमाडौंमा सेन्ट जेभिएरमा छात्रावृत्ति पाएम् अध्ययन गर्न चाहन्छिन्। उनी सानैदेखि विद्यालय उत्कृष्ट हुँदै छात्रवृत्तिमै अध्ययन गर्दै आइरहेकी छिन्। उनले यो सम्पूर्ण सफलताको श्रेय आफ्नो परिवार र दिदीलाई दिएकी छिन्। उनकी दिदी हाल गण्डकी मेडीकल...
युनिग्लोव कलेजमा १२ औं व्यापार मेला सम्पन्न

युनिग्लोव कलेजमा १२ औं व्यापार मेला सम्पन्न

शिक्षा, समाचार
काठमाडौँको नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेज परीसरमा यही गत सोमबारदेखि शुक्रबारसम्म सञ्चालन भएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । यस महोत्सवमा २५ भन्दा धेरै स्टल राखिएको छ र ती स्टलहरूमा खानेकुरा सहित बजारमा उत्पादन भएका सामानहरु राखिएको छ । कार्यक्रमका लागि कलेजले विद्यार्थीहरुलाई आर्थिक ऋण उपलब्ध गराउँछ र सो ऋणबाट नै विद्यार्थीहरुले आफ्नो व्यापार सुरु गर्दछन् । कार्यक्रमबाट विद्यार्थीहरुले आफ्नो उद्यमी क्षमता विकास गर्नुको साथसाथै उनीहरुलाई व्यापारको वास्तविक महत्व सिकाउने मुख्य लक्ष्य लिएको छ । यसैगरि उक्त कार्यक्रमबाट विद्यार्थीहरुले व्यवसायका लागि चाहिने बिजनेश प्रपोजल कसरी बनाउने, ऋण कसरी लिने देखि ब्यालेन्स सिट, मार्केटिङ, म्यानेजमेन्ट नेटवर्कीङको बारेमा विस्तिृत रूपमा बुझ्ने अवसर पाउनेछन् । ...
सालुको सेतीदेवी विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

सालुको सेतीदेवी विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

शिक्षा, समाचार
रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वार्ड नं. ४ स्थित सेतीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत करिव २०० भन्दा बढि विद्यार्थीहरुलाई स्कूल व्याग तथा खेलकुद सामाग्री वितरण गरिएको छ । सोही वडाका स्थायी वासीन्दा तथा विद्यालयका पूर्व विद्यार्थी समेत रहेका युवा समाजसेवी गोपाल खड्काको पहलमा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उक्त सामाग्रीहरु वितरण गरिएको हो । मन्थली वडा नं.४ का वडा अध्यक्ष राजन घिमिरेको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक गगन वहादुर श्रेष्ठको विशेष आतिथ्यतामा आयोजित एक कार्यक्रमका वीच स्कूल व्याग,कापी लगायत खेलकुदका सामाग्रीहरु वितरण गरिएको थियो । खड्काकै सभापतित्वमा संचालित कार्यक्रमलाई संचारकर्मी सोनीतराज ढुंगेलले संचालन गरेका थिए भने लोकप्रिय हाँस्य कलाकार गोपाल ढकाल छन्देले विभिन्न मनोरन्जनात्मक प्रस्तुती दिएका थिए । विद्यालय व्यबस्थापन समितिका सदस्य प्र...
कार्की नेतृत्वले बुझायो शिक्षामन्त्री राईलाई ३७ बुँदे ज्ञापनपत्र 

कार्की नेतृत्वले बुझायो शिक्षामन्त्री राईलाई ३७ बुँदे ज्ञापनपत्र 

शिक्षा, समाचार
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा पवन कार्की नेतृत्वको समानान्तर कमिटीले सरकारलाई ३७ बुँदे ज्ञापनपत्र बुझाएको छ। कार्की नेतृत्वको समानान्तर कमिटीले बुधबार शिक्षामन्त्री अशोककुमार राईलाई ३७ बुँदे ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा विश्वविद्यालय, क्याम्पस र विद्यालयहरुमा हुने नियुक्तिहरुमा दलगत रुपमा हुने गरेको राजनैतिक भागवण्डाको खारेजी गरी खुल्ला प्रतिस्प्रधाद्वारा दक्ष र सक्षम जनशक्तिको नियुक्ती गर्नुपर्ने माग गरेका छन्। शिक्षालाई काल्पनिक कोरा रटाइबाट अलग गरी विज्ञान र व्यवहारमा आधारित अनुसन्धानमुलक बनाउनुपर्न, संविधानमा ग्यारेण्टी गरिएको विद्यालय शिक्षा अनिवार्य र निशुल्क हुने व्यवस्थाको तत्काल कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखिएका छन्। ...
मंगोलदय श्रृजनशिल समाजद्वारा विद्यार्थीहरुलाई शैक्षिक एवं खेलकुद सामाग्री वितरण

मंगोलदय श्रृजनशिल समाजद्वारा विद्यार्थीहरुलाई शैक्षिक एवं खेलकुद सामाग्री वितरण

शिक्षा, समाचार
धादिङ्ग । मंगोलदय श्रृजनशिल समाजले एक कार्यक्रम वीच सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । समाजसेवाका लागि सक्रिय मंगोलदय श्रृजनशिल समाजका महासचिव सन्तोष सिग्देलका अनुसार धादिङ्गको थाक्रे १ मा रहेको पन्चकन्या आधारभूत विद्यालय तथा सोही स्थानमा रहेको सेतीदेवी आधारभूत विद्यालयमा अध्यनरत करिव २०० जना विद्यार्थीहरुलाई साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले उपलव्ध गराएको स्कूल व्याग तथा मंगोलदय श्रृजनशील समाजले थप गरि पोशाक लगायत खेलकुद तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको हो । अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा थाक्रे गाउपालिकाका वडा नं.१ का वडा अध्यक्ष श्याम सुन्दर थापा, कार्यक्रम संयोजक सरिता कार्की,समाजका अध्यक्ष दिवाकार थापा तथा महासचिव सन्तोष सिग्देलले कार्यक्रममा खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेका थिए ।कक्षा १ देखि ८ सम्म अध्यनरत...
साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका ५०० विद्यार्थीलाई निःशुल्क पोशाक वितरण

साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका ५०० विद्यार्थीलाई निःशुल्क पोशाक वितरण

शिक्षा, समाचार
साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका विद्यार्थीहरुलाई पोशाक वितरण  गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको विद्यालयमा आयोजित कार्यक्रममा ५०० विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष निम्तो नवाङ्ग शेर्पा र संस्थापक निमा शेर्पाको प्रायोजनमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको हाे । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिसिङले शिक्षाको उज्यालो सबैभन्दा महत्वपूर्ण रहेको बताउदै शिक्षाको उज्यालो छर्ने अभियानमा रहेको साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीलाई धन्यवाद समेत दिएका थिए। कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक निमा शेर्पाले उज्यालो नेपाल बनाउने कार्यकारी निर्देशकलाई धन्यवाद दिदै आफुले धेरै पैसा भएर वा अभिभावकहरुले नसकेर ...
सान कलेजको २२ औं अभिमुखिकरण कार्यक्रम सम्पन्न

सान कलेजको २२ औं अभिमुखिकरण कार्यक्रम सम्पन्न

शिक्षा, समाचार
काठमाडौं -सान ईन्टरनेशनल कलेजको कक्षा ११ को २२ औं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ११ का करिब ५०० विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष डा.सुवास घिमिरेको अध्यक्षता तथा चर्चित नायक निखिल उफ्रेतीको विशेष आतिथ्यतामा भव्य रुपमा सम्पन्न भएको थियो ।कार्यक्रममा बोल्दै अध्यक्ष डा.घिमिरेले सान कलेजले विद्यार्थीहरुको विशिष्ट क्षमताहरुको पहिचान गरी सोही अनुसार विद्यार्थीहरुको वृत्ति विकासको वातावरण तयार गरेको जानकारी दिनु भयो । कार्यक्रममका संस्थाका कार्यकारी निर्देशक गोपाल भण्डारीले आफ्ना पुर्व विद्यार्थीहरु कामनपाका उपमेयर सुनीता डंगोल,क्रिकेटर रोहित कुमार पौडेल, पाटन हस्पिटलका मेडिकल अन्कोलोजी डिपार्टमेन्ट प्रमुख डा.अरुण शाही लगायत थुप्रै सफल देशका गहनाहरु तयार गर्न संस्था व्यवस्थित कार्ययोजना सहित अगाडी बढेको बताउनु भयो ।कार्यक्रममा नव आगन्तुक...
स्व.धन बहादुर नगरकोटीको स्मिृतीमा श्रीदेवी आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण

स्व.धन बहादुर नगरकोटीको स्मिृतीमा श्रीदेवी आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण

शिक्षा, समाचार
काठमाडौ । शंखरापुर- ३ काठमाडौ, स्थित श्रीदेवी आधारभुत विद्यालय, भन्ज्याङ्गमा शैक्षिक सामाग्री एवं खाजा वितरण गरिएको छ । शंखरापुर ३ बोजिनी निवासी युवा समाजसेवीद्वय अनिल नगरकोटी र सुनील नगरकोटी दाजुभाईले आफ्ना दिवंगत पिता स्व. धन वहादुर नगरकोटीको स्मृतिमा स्थापित प्रतिष्ठानको तर्फबाट आर्थिक रुपमा विपन्न वालवालिकाका लागि स्कूल व्याग,कापी,कलम तथा खाजा वितरण गरेका छन । विद्यालय प्रांगणमा वृक्षारोपण गरि कार्यक्रम औपचारिक शुभारम्भ गरिएको थियो ।शैक्षिक सामाग्री वितरण कार्यक्रममा शंखरापुर नगरपालिका ३ का निवर्तमान वडा अध्यक्ष सन्त बहादुर वाईबा,विद्यालय व्यबस्थापन समितिका अध्यक्ष चम्पा माया वाइबा, विद्यालयका प्रधानाध्यापक बिना प्रधान,अभिनेता श्रीदेव भट्टराई,संचारकर्मी सोनीत राज ढुंगेल,फोटो पत्रकार युवराज नेपाल, शंखरापुर- ४ स्थित वैरमहादेव आधारभुत विद्यालयका प्रधानाध्यापक राघव झा, सोही विद्यालयका सह ...
‘सान एसईई फुट्सल’ प्रतियोगिता शुरु

‘सान एसईई फुट्सल’ प्रतियोगिता शुरु

शिक्षा, समाचार
काठमाडौं । विद्यार्थीमाझ लोकप्रिय रहेको सान ईन्टरनेशनल कलेजले यस वर्ष एसईई परिक्षा दिएर नतिजाको प्रतिक्षामा रहेका विद्यार्थीहरुलाई लक्षित गरी ‘सान एसईई फुट्सल प्रतियोगिता -२०७९’ को आयोजना गरेको छ । असार ८ गते कलेजका अध्यक्ष डा.सुवाष घिमिरेले उक्त कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । करिब १५ दिन लगातार चल्ने प्रतियोगीताका विजेताहरुले आकर्षक पुरस्कार समेत प्राप्त गर्नेछन । ‘शिक्षासंगै खेलकुद’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै कलजेका कार्यकारी प्रमुख गोपाल भण्डारीले भन्नु भयो, ‘सान कलेजबाट थुप्रै राष्ट्रिय खेलाडीहरु उत्पादन भई राष्ट्रको गौरवको रुपमा योगदान दिदै समाज र राष्ट्रको गरिमा कायम राख्न सफल भएका छन । खेलको माध्यमबाट अन्तराष्ट्रिय स्तरमा समेत देश र यस कलेजको पहिचान बनाउदै आएका छन ।’ नेपाली राष्ट्रिय क्रिकेट टिमका भाईस...
बाटिका मन्टेश्वरीमा डिजी मेडिकलबाट स्वास्थ्य परिक्षण

बाटिका मन्टेश्वरीमा डिजी मेडिकलबाट स्वास्थ्य परिक्षण

शिक्षा, समाचार
काठमाडौं- कपन स्थित खरिबोटमा रहेको बाटिका मन्टेश्वरीमा स्वास्थ्य परिक्षण सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं. १२ मा रहेको उक्त मन्टेश्वरीमा अध्ययनरत सा साना विद्यार्थीहरुका लागि स्वास्थ्य परिक्षण गरिएको हो । पुतलीसडकमा रहेको डिजी मेडिकल एण्ड हेल्थ केयरका मेडिकल डाईरेक्टर डा.निरन्जन श्रेष्ठ लगायत वरिष्ठ स्वास्थ्यकर्मीको टिमले करीब ४५ जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिनुका साथै ल्याबको सुविधा समेत प्रदान गरेको थियो ।२०७२ सालमा स्थापना भएको उक्त मन्टेश्वरीले प्रत्येक वर्ष वरिष्ठ चिकित्सकहरुबाट वालवालिकाहरुको स्वास्थ्य परिक्षण गर्नुका साथै आवश्यक औषधोपचारको समेत व्यबस्था गराउदै आएको छ । छोटो समयमा अभिभावक तथा वालवालिकाको रोजाईमा पर्न सफल बाटिका मन्टेश्वरीले सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान गर्दै आएको छ । पूर्ण पारिवारीक वातावारणमा संचालित उक्त मन्टेश्वरीले वालवालिकाको ...