काठमाडौं -सान ईन्टरनेशनल कलेजको कक्षा ११ को २२ औं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ११ का करिब ५०० विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष डा.सुवास घिमिरेको अध्यक्षता तथा चर्चित नायक निखिल उफ्रेतीको विशेष आतिथ्यतामा भव्य रुपमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष डा.घिमिरेले सान कलेजले विद्यार्थीहरुको विशिष्ट क्षमताहरुको पहिचान गरी सोही अनुसार विद्यार्थीहरुको वृत्ति विकासको वातावरण तयार गरेको जानकारी दिनु भयो ।

कार्यक्रममका संस्थाका कार्यकारी निर्देशक गोपाल भण्डारीले आफ्ना पुर्व विद्यार्थीहरु कामनपाका उपमेयर सुनीता डंगोल,क्रिकेटर रोहित कुमार पौडेल, पाटन हस्पिटलका मेडिकल अन्कोलोजी डिपार्टमेन्ट प्रमुख डा.अरुण शाही लगायत थुप्रै सफल देशका गहनाहरु तयार गर्न संस्था व्यवस्थित कार्ययोजना सहित अगाडी बढेको बताउनु भयो ।
कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरुले आकर्षक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here