धादिङ्ग । मंगोलदय श्रृजनशिल समाजले एक कार्यक्रम वीच सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । समाजसेवाका लागि सक्रिय मंगोलदय श्रृजनशिल समाजका महासचिव सन्तोष सिग्देलका अनुसार धादिङ्गको थाक्रे १ मा रहेको पन्चकन्या आधारभूत विद्यालय तथा सोही स्थानमा रहेको सेतीदेवी आधारभूत विद्यालयमा अध्यनरत करिव २०० जना विद्यार्थीहरुलाई साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले उपलव्ध गराएको स्कूल व्याग तथा मंगोलदय श्रृजनशील समाजले थप गरि पोशाक लगायत खेलकुद तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको हो । अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा थाक्रे गाउपालिकाका वडा नं.१ का वडा अध्यक्ष श्याम सुन्दर थापा, कार्यक्रम संयोजक सरिता कार्की,समाजका अध्यक्ष दिवाकार थापा तथा महासचिव सन्तोष सिग्देलले कार्यक्रममा खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेका थिए ।
कक्षा १ देखि ८ सम्म अध्यनरत विद्यार्थीहरुका लागि उपयोगी शैक्षिक सामाग्री वितरण गरिएको थियो भने करिव १५ जना असहाय विद्यार्थीहरुलाई विद्यालय पोशाक समेत वितरण गरिएको समाजका अध्यक्ष एवं समाजसेवी  थापाले जानकारी दिए ।
स्थापनाकालदेखि नै समाजसेवाको माध्यमबाट विविध कार्यहरु गर्दै आईरहेको मंगोलदय श्रृजनशील समाजले यस अघि पनि देशका विभिन्न स्थानमा सामाजिक कार्यहरु गर्दै आईरहेको छ । जुझारु युवाहरुको सक्रियतामा स्थापित समाजले आगामी दिनमा यस्तै विविध कार्यक्रमहरु आयोजना गर्दै जाने संस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here