प्रजातन्त्रका सेनानी तथा काङ्ग्रेस चितवनका पूर्वउपभापति अधिकारीको मृत्यु
काठमाडौं, पुस- ११ ।
चितवन, पुस- ११ ।
प्रजातन्त्रका सेनानी नेपाली काङ्ग्रेस चितवनका पूर्वउपभापति रघुनाथ अधिकारीको ७५ वर्षको उमेरमा निधन भएको छ ।
वीर अस्पताल काठमाडौंमा उपचारका सिलसिलामा आज बिहान उनको निधन भएको हो । हृदयाघात भएपछि उनी अस्पताल भर्ना भएका थिए ।
काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार आज उनको पवित्र तिर्थस्थल देवघाटमा अन्त्यष्टी गरिएको छ ।
यसअघि उनको पार्थीव शरिरमा काठमाडौँमा नेपाली काँग्रेसका उपभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर श्रदाञ्जली अर्पण गरेका थिए ।
अधिकारी विसं २०३६ को आन्दोलन, २०४२ को सत्याग्रह, २०४६ को जनमतसङ्ग्रहका बेला पटकपटक गिरफ्तारीमा परेका थिए ।
रघुनाथका बुबा उदयनाथ अधिकारी लमजुङमा ‘हलो क्रान्ति’मा सहभागी भएपछि तत्कालीन पञ्चायतले सर्वस्वहरण गरेपछि चितवन बसाँइ सरेका थिए ।
उदयनाथ काङ्ग्रेस चि...









