संघीय समाजवादी फोरममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी– कम्युनिष्ट केन्द्र) एकीकृत
माघ-७, काठमाडौं ।
संघीय समाजवादी फोरममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी– कम्युनिष्ट केन्द्र) एकीकृत भएको छ। सोमबार काठमाडौंमा आयोजित पार्टी एकीकृत घोषणा कार्यक्रममा फोरमका अध्यक्ष उपेन्द्र यादवले नेकपा कम्युनिष्ट केन्द्रका संयोजक केशव दाहाललाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरे। गतसाता मात्रै दुुई वटा छुट्टाछुट्टै कम्युनिष्ट पार्टी फोरममा प्रवेश गरेका थिए।
कार्यक्रममा उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका अध्यक्ष यादवले मुलुकमा संघीय समाजवादी फोरमको विकल्प नै नरहेको दाबी गरे। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले जनताको परिवर्तनको एजेन्डा छाडिसकेकोले फोरम नेपालप्रति आम जनताको विश्वास र अपेक्षा बढ्दै गएको उनको भनाई छ।
नेकपा कम्युनिष्ट केन्द्रका संयोजक दाहालले सर्वहारा जनताको अधिकार, संघीयता र पहिचानको मुद्दालाई फोरम नेपालले बलियो ढंगले उठाएकोले यसमा आबद्ध भएको ...









