आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

नयाँ सिनेमामा एक योद्धाको भूमिकामा देखिदै सुनिल शेट्टी

नयाँ सिनेमामा एक योद्धाको भूमिकामा देखिदै सुनिल शेट्टी

मनोरन्जन, समाचार
माघ-७, काठमाडौँ बलिउड अभिनेता सुनिल शेट्टी मल्यालम सुपरस्टार मोहन लालले निर्माण गरेको नयाँ सिनेमामा देखिने भएका छन्। सुनिल शेट्टी र मोहन लालले सँगै काम गर्न लागेको यो पहिलो अवसर हो। मोहनलालको नयाँ सिनेमा 'मराकर: अराविकदालइन्ते सिम्हम'मा सुनिल एक योद्धाको भूमिकामा देखिनेछन्। सिनेमाको सुटिङ भने गत साताबाट हैदरावादको रामाजी स्टुडियोमा सुरू भइसकेको छ। सुनिलले आफ्नो ट्वीटरबाट सिनेमामा हुने आफ्नो पात्रको स्वरूप सार्वजनिक गरेका छन्। सो तस्वीरमा उनलाई लामो कपाल दार्ही जुँगामा देख्न पाईन्छ। सिनेमा १६ औँ शदाब्दीको कथावस्तुमा आधारीत रहेको छ । महँगो बजेटमा तयार भइरहेको उक्त सिनेमा मलयालम, हिन्दी, तमिल तथा तेलेगु भाषामा रिलिज हुनेछ।...
यस वर्षको अन्तर्राष्ट्रिय छायाँछवी अनर पत्रकारिता सम्मान–२०१८ बाट संचारकर्मी राज लुईटेल सम्मानित

यस वर्षको अन्तर्राष्ट्रिय छायाँछवी अनर पत्रकारिता सम्मान–२०१८ बाट संचारकर्मी राज लुईटेल सम्मानित

मनोरन्जन, समाचार
संचारकर्मी राज लुईटेल यस वर्षको अन्तर्राष्ट्रिय छायाँछवी अनर अवार्ड–२०१८ बाट सम्मानित भएका छन । थाइल्याण्डको पटाया सहरको पाँचतारे होटलमा जनवरी १२ देखि १६ सम्म भव्य तरिकाले सम्पन्न अन्तर्राष्ट्रिय छायाँछवी अनर अवार्ड–२०१८ मा लुइँटेल अन्तर्राष्ट्रिय छायाँछवी अनर पत्रकारिता सम्मानबाट सम्मानित भएका छन । विगत लामो समयदेखि नेपाली चलचित्र, अभिनय, गीत, संगीत, साहित्य तथा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका श्रष्टा, सर्जक तथा विशिष्ट व्यक्तिलाई यो अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको थियो । लामो समयदेखी संचार एवं सामाजिक क्षेत्रमा रहेर पत्रकारीता क्षेत्रमा उल्लेख्य योगदान पुर्याए वापत राज लुईटेललाई अन्तर्राष्ट्रिय छायाँछवी अनर पत्रकारिता सम्मान प्रदान गरिएको हो । विगत लामो समयदेखी सञ्चार क्षेत्रमा रही आधा दर्जन भन्दा बढी विभिन्न लोकप्रिय संचारमाध्यमहरु संचालन गरि ...
अन्तर्राष्ट्रिय छायाँछवी अनर अवार्ड,२०१८ थाईल्याण्डको पटायामा सम्पन्न

अन्तर्राष्ट्रिय छायाँछवी अनर अवार्ड,२०१८ थाईल्याण्डको पटायामा सम्पन्न

मनोरन्जन, समाचार
माघ-७, काठमाडौं । जनवरी १२ देखि १६, २०१९ मा अन्तर्राष्ट्रिय छायाँछवी अनर अवार्ड–२०१८ को पहिलो संस्करण थाइल्याण्डको पटाया सहरको पाँचतारे होटलमा भव्य तरिकाले सम्पन्न भएको छ । विगत लामो समयदेखि नेपाली चलचित्र कलाकार गीत संगीत तथा साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका स्रष्टा, सर्जक तथा विशिष्ट व्यक्तिलाई यो अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको थियो । यस अवार्डमा वरिष्ठ कलाकार वसुन्धरा भुसाल, गायिका देविका वन्दना, कलाकार निर्मल शर्मा, चलचित्र वितरक गोपाल कायस्थ, चलचित्र पत्रकार शान्तिप्रिय, गीता अधिकारी, राज लुईँटेल, नायक विनोद श्रेष्ठ, नवनायक सन्जित भण्डारी, नायिका खुस्वु खड्का, निर्मात्री रजनी के।सी। लगायतको उपस्थिति थियो भने विशिष्ठ अभिनेत्रीको सम्मान वसुन्धरा भुसाल, विशिष्ठ गायिका सम्मान देविका वन्दना, सामाजिक कला सम्मान कलाकार निर्मल शर्मा र निर्मात्री रजनी के।स...
कलाकार तथा निर्देशक महादेव त्रिपाठीको चलचित्र जादुगर २ अर्थात जोकरको गित  `तिम्रो जिरो फिगरले ´ सार्वजनिक (भिडियो सहित)

कलाकार तथा निर्देशक महादेव त्रिपाठीको चलचित्र जादुगर २ अर्थात जोकरको गित `तिम्रो जिरो फिगरले ´ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
माघ—६, काठमाडौं । कमेडी जनराको कथामा तयार भै प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जोकर’ को गीत रिलिज भएको छ । याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा कलाकार तथा निर्देशक महादेव त्रिपाठीको जादुगर २ अर्थात जोकरको गीत `तिम्रो जिरो फिगरले ´सार्वजनिक भएको हो भने यस गीतमा चलचित्रका कलाकार तथा निर्देशक महादेव त्रिपाठी र सिम्पल खरेल फिचरमा रहेका छन । डान्स टाईपमा रहेको यस गीतमा मधुर बस्नेतको छायांकन अनि शिव बिकको कोरियोग्राफी रहेको छ भने गायक धुर्ब बिस्कोको शब्द तथा संगीत रहेको यस गीतमा गायक धुर्ब बिस्को र गायिका सुमन गुरुङको आवाज सुन्न सकिन्छ । विशेष पन्तको लेखन रहेको यस चलचित्रमा मोडल सिम्पल खरेलले डेब्यु गरेकी हुन् । यसमा सुरेन्द्र केसी, शिव शंकर रिजाल, अन्जु थापा, बाल कलाकार रिहानराज गिरि, नवराज श्रेष्ठ, मेरी बांसैकि अप्सरा, राजेन्द्र गिरि, विनोद राई, बिशेष पन्त, र नव नायिका सिम...
नेपालको पहिलो समावेशी म्युजिक अवार्ड, २०१९ को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक

नेपालको पहिलो समावेशी म्युजिक अवार्ड, २०१९ को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक

मनोरन्जन, समाचार
माघ—४, काठमाडौं । काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल प्रा.लि.ले आयोजना गरेको नेशनल पावरन्यूज म्यूजिक अवार्ड २०१९ को उत्कृष्ट ५ को आज एक विज्ञप्ती प्रकाशित गरि मनोनय सार्वजानिक गरेको हो । नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले गत वर्ष बाट यस किसिमको अवार्ड कार्यक्रमको आयोजना हुदै आएको कार्यक्रमका संयोजक कमला जोशीले बताएकि छिन् । विज्ञप्तीमा भनिएको छ “नेपाल विविध भाषाको धनी मुलुक भएको र नेपालमा वोलिने सवै भाषा राष्ट्रिय भाषा भएकाले कार्यक्रमले तत् तत् भाषाका सर्जकहरुलाई प्रोत्साहन गर्ने कुरामा आफु ढुक्क रहेका छौं ।” नेशनल पावरन्यूज म्यूजिक अवार्ड–२०१९ को नेपाली मुलभाषा अन्तगर्त (स्वदेशगान, गजल, चलचित्र, आधुनि...
मिस एण्ड मिसेस व्युटिफुल नेपाल, २०१९ को ट्यालेन्ट शो सम्पन्न

मिस एण्ड मिसेस व्युटिफुल नेपाल, २०१९ को ट्यालेन्ट शो सम्पन्न

मनोरन्जन, समाचार
माघ—४, काठमाडौं । राजधानीमा ‘मिस एन्ड मिसेस व्युटिफुल, २०१९ ’ को ट्यालेन्ट शो सम्पन्न भएको छ । दक्ष ईन्टरनेसनल प्रा.ली.को आयोजना संचालित मिस एन्ड मिसेस व्युटिफुलको ट्यालेन्ट राउण्डमा अडिसन मार्फत छनौट भएका मिस तथा मिसेजहरुले करिव एक महिना लामो प्रशिक्षण पश्चात आ- आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगीहरुले गीत गायन, नृत्य, अभिनय तथा वक्तव्य मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेको आयोजक संस्थाकी मेनेजिङ डाईरेक्टर दीपा थपलियाले जनाउनुभयो । मिस व्युटिफुलतर्फ वेस्ट ट्यालेन्टको उपाधी सम्पदा अम्गाईले जितिन भने वेस्ट डान्स तर्फ मनिशा श्रेष्ठ, कविता मगर तथा वेदना न्यौपाने विजयी हुँदा वेस्ट एक्टिङको उपाधी गिता शर्माले हात पारिन । त्यसैगरी मिसेज व्युटिफुलतर्फ वेस्ट डान्सको उपाधी ओविका छेत्री र पुजा तामाङले हात पार्दा वेस्ट सिङ्गिङको उपाधी स्मृती पोख्रेलले जितिन । गायक सपन श्र...
मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल–२०१९ को ताज ओजस्वी र पुस्करलाई

मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल–२०१९ को ताज ओजस्वी र पुस्करलाई

मनोरन्जन, समाचार
काठमाडौँ, माघ— ३ प्लानेट मल्टिमिडिया इन्टरनेशनलले काठमाडौं आयोजना गरेको ‘मिस एण्ड मिस टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल–२०१९’ को उपाधि ओजस्वी श्रेष्ठ तथा पुस्कर अधिकारीले जितेका छन् । राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अंकिता थापा तथा कोमल कुव“रले फस्ट रनर्स अप तथा रोजिता श्रेष्ठ तथा पृथ्वी मल्लले सेकेण्ड रनर्स अपको उपाधि जितेका छन् । प्रदेश नम्बर ३ स्तरिय उक्त प्रतियोगितामा १८ जना प्रतियोगिले सहभागिता जनाएका थिए । प्रतियोगितामा सोनम शेर्पाले पब्लिक च्वाइस एवार्ड जित्न सफल भए । प्रतियोगिताका विजेताहरु पस्मिना रोयल नेपालले विभिन्न उपहारहरु प्रदान गरेको थियो । प्रतियोगिताको निर्णायकमा नेपाल पर्यटन बोर्डका सुमन शर्मा, फेसन डिजाइनर समीर सिंह क्षेत्री, मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७ का विजेता वर्षा शर्मा तथा प्याराडक्स सिटीका सिईओ सगोल घले गुरुङ रहेका थिए । प्रतियोगिताका ...
कोरियोग्राफी तथा मोडलिङ क्षेत्रमा भविष्य खोज्दै – मोडल/कोरियोग्राफर उज्ज्वल के.सी

कोरियोग्राफी तथा मोडलिङ क्षेत्रमा भविष्य खोज्दै – मोडल/कोरियोग्राफर उज्ज्वल के.सी

मनोरन्जन, समाचार
काठमाडौं, पुस-३० । सानै उमेर देखि अभिनय तथा नृत्यमा रुचि राख्ने मोडल तथा कोरीयोग्राफर उज्ज्वल के.सी. भविष्यमा एक कुशल/चर्चित मोडल तथा कोरीयोग्राफर बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गरेका छन भने अहिले त्यसै अनुरुप मेहनत गर्दै म्युजिक भिडियो मोडलिङ तथा इभेन्ट कोरियोग्राफीमा व्यस्त छन । नेपालमा मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भाबना बोकेको क्षेत्र हो, जुन एउटा उत्कृष्ट कलाकारले राम्रो अवसर पाउने माध्यम हो, अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाईरहेको हुन्छन भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाईरहेका छन् । त्यसैक्रममा उज्जवलले १८ बर्षको कलिलो उमेरमा नै मोडलिङ पेशालाई अंगाल्दै त्यही पेशालाई व्यवसाय बनाउदै अघिबढि रहेका छन । मोडल सङ्ग्स नेपालले आयोजना गरेको सौन्दर्य प्रतियोगिता नेक्स्ट सुपर टप...
पेज थ्री को आयोजनामा फेस अफ मारवाडी किड्स, २०१९ को ग्राण्ड फिनाले सम्पन्न

पेज थ्री को आयोजनामा फेस अफ मारवाडी किड्स, २०१९ को ग्राण्ड फिनाले सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं, पुस- २९ । पेज थ्री को आयोजनामा फेस अफ मारिवाडी मिस, मिसेस एन्ड मिस्टरको अपार सफलता पश्चात राजधानीको बालुवाटारस्थित अलाइस रेसिप्सनमा फेस अफ मारवाडी किड्स, २०१९ सौन्दर्य प्रतियोगिताको फाईनल सम्पन्न भएको छ । आयोजक संस्थाकी प्रमुख रेखा मोदी मित्रुकाको अनुसार मारवाडी समुदायका बाल बालिका्हरुलाई नर्सरी, एलकेजी र युकेजीका ६ वर्षसम्मका बच्चाहरुको एउटा ग्रुप, ६ वर्षदेखि माथिका कक्षा १, २ र ३का बच्चाहरुको एउटा ग्रुप, कक्षा ४, ५ अनि ६ का बच्चाहरुको एउटा ग्रुप र ७, ८ र ९ कक्षाको एउटा गरी चार ग्रुप बनाएर विगत एक महिनादेखि प्रशिक्षण प्रदान गरि प्रतिस्पर्धा गराईएको थियो । रोजिन शाक्यले सन्चालन गरेको उक्त कार्यक्रममा सोनिया केडिया काउन्सिलर, दिक्पाल कार्की ईभेन्ट डिरेक्टर तथा पुनम बर्माको कोरियोग्राफी रहेको थियो । प्रतियोगितामा ग्रुप ‘ए’ को तर्फबाट विजेता युवराज अग्रवालले मिनि मिस...
प्याजेन्ट नेपालको आयोजनामा पूर्वान्चल फेशन शो माघ ११ गत्ते विराटनगरमा सम्पन्न हुने,तयारी तीव्र रुपमा हुँदै

प्याजेन्ट नेपालको आयोजनामा पूर्वान्चल फेशन शो माघ ११ गत्ते विराटनगरमा सम्पन्न हुने,तयारी तीव्र रुपमा हुँदै

मनोरन्जन, समाचार
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले हालै बुटवलमा भव्य रुपमा सम्पन्न गरेको प्याजेन्ट नेपाल बुटवल फेशन शो पश्चात पूर्वान्चलको बिराटनगरमा माघ ११ गत्ते पूर्वान्चल फेशन शो सम्पन्न हुने भएको छ । धरान, ईटहरी, बिराटनगर, दमक, बिर्तामोड लगायत पूर्वान्चलका बिभिन्न स्थानहरुबाट अडिसन मार्फत छनौट भएका ५० जना युवा तथा युवती मोडलहरुलाई बिराटनगरस्थित सारङ्गी फू्ड कोर्ट होटलमा गायक सिताराम पोखरेल, कलाकार जीवन ओडारी, सन्चाकर्मी चन्दा खड्का, कोरियोग्रफर ईश्वर बास्तोला, व्युटिसियन जानुका घिमिरे न्यौपाने लगायत विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्याक्तित्वहरु बाट सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा...