आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

चलचित्र ‘म त तिम्रै हुँ’ निर्देशक श्रीराम महतको अर्को फिल्म बन्ने, टिका प्रशाईको आवाजमा गीत रेकर्ड संगै निर्माण घोषणा

चलचित्र ‘म त तिम्रै हुँ’ निर्देशक श्रीराम महतको अर्को फिल्म बन्ने, टिका प्रशाईको आवाजमा गीत रेकर्ड संगै निर्माण घोषणा

मनोरन्जन, समाचार
निर्देशक श्रीराम महतको दोश्रो अन टाईटल प्रोजेक्टको लागि गीतको रेकर्डिङ्ग सम्पन्न भएको छ । उनले आईतबारको गीत रेकर्डिङ्ग संगै सिनेमाको निर्माण घोषणा समेत गरेका छन् । चर्चित नायक आकाश श्रेष्ठलाई नेपाली चलचित्रमा डेब्यु गराएर चर्चा कमाएका निर्देशक महतको पहिलो चलचित्र ‘म त तिम्रै हुँ’ नेपाली बक्स अफिसमा सफल मानिएको चलचित्र हो । एउटा चलचित्र निर्देशन पश्चात बिज्ञापन तथा डकुमेन्ट्रीमा ब्यस्त निर्देशक महतले बाकी रहेको समय यसै चलचित्रको तयारीमा व्यस्त रहेको बताए । म अब आफ्नै कथा मार्फत नयाँ सिनेमा लिएर आउंदै छु उनले भने । आइतबार राजधानीको नक्साल स्थीत एकेवस्टिक रेकर्डिङ्ग स्टुडियोमा महतको दोश्रो प्रोजेक्टको आईटम गीत रेकर्ड सम्पन्न भयो । नेपाली सांगीतिक आकाशमा चम्किएकि अहिलेका चर्चित गायिका टिका प्रशाईको आवाजमा रहने यस गीतलाई सिनेमा कै निर्माता तथा बरिष्ट गीतकार हिरा काजी थापाले लेखेका हुन, ...
रेश्मा बम्जनको स्वर रहेको ‘टुङ्नाको मिठो धुन हुन्छ’ गीत सार्वजनिक

रेश्मा बम्जनको स्वर रहेको ‘टुङ्नाको मिठो धुन हुन्छ’ गीत सार्वजनिक

मनोरन्जन, समाचार
गायिका रेश्मा बम्जनको स्वरमा रहेको ‘टुङ्नाको मिठो धुन हुन्छ’ बोलको गीत सार्वजनिक भएको छ । तामाङ समुदायको मैच्याङ र च्याङ्बासँग सम्बन्धित उक्त सेलो गीत बिहीबार कला घर सिन्धुलीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो । गीतको भिडियोमा निरुता लामा, रिता थिङ, पदम भाई र जीवन थापामगरको अभिनय रहेको छ। गीतमा शब्द संगीतमा विश्व दोङ र संगीत संयोजनमा देवेश राईले साथ दिएका छन् । त्यस्तै दिपेश प्रधानको मिक्सिङ रहेको उक्त सेलो गीतमा गायिका बम्जनलाई योगेश लामाले गायनमा साथ दिएका छन् । यसअघि गायिका बम्जनले यो कान्छीको‘, के सारो हेरेको‘, डम्फु र सेलो‘।, सोल्टिनी मैच्याङ‘।, तामाङकी चेली‘, गोरी गोरी मैच्याङ‘, अम्मैले होइ‘लगायतका गीतहरुमा आफ्नो सुमधुर आवाज दिईसकेकी छिन् । गीतलाई नेपाली बाबू सुमनले निर्देशन गरेका हुन् भने शिशिर सिद्धले छायांकन गरेका छन् । https://youtu.be/7RocToeDwIo ...
कवि पुस्तक प्रसादको ‘खस्रो यथार्थ’

कवि पुस्तक प्रसादको ‘खस्रो यथार्थ’

मनोरन्जन, समाचार
म जन्मिदासिङ्गै संसारमा जन्मिएकोथिएँकसले बाँड्योसिमानासँगै मलाईमान्छे थिएँ जन्मिदाकसले लेखिदियो मेरो अनुमतिबिनामेरै नामको पछाडि जात यही हो तेरो धर्म भनेरकसले कोरेर दियोमेरो ईश्वरको फोटो कसले दियोममाथि मनलाग्दी गर्नेअधिकार ?चराहरुले लगाएका छैनन्चर्का नाराहरूजङ्गलमा कहीँ भेटिदैनन्मृगहरुको शालिकसंसारभरि अमिलै छकागतीकाे स्वादपानीभन्दा अर्कोप्यासको धर्म देखेको छैनदेखिएको छैन हावाको जातघामले छुट्टाएको छैनसिमानाजूनले बोकेका छैनन्आ-आफ्नै देशको झन्डासाना बाबू नानीहरूकाेशान्ति खल्बलिने गरीकिन कराइ रहन्छौजिन्दाबाद, मुर्दाबादकति भक्भकाउँछौखोक्रो राष्ट्रवादकाे आलापयाहाँदुईखुट्टा बिचकोछोप्नै पर्ने कुराछोप्न पाएको छैनहोम लगाइदिन सक्छुमेरै देशको झन्डाको कट्टु । – पुस्तकप्रसाद ...
मोडल संजयराजको ‘म तिमीलाई नै चाहन्छु‘ सार्वजनिक (भिडियोसहित)

मोडल संजयराजको ‘म तिमीलाई नै चाहन्छु‘ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
अन्जान श्रेष्ठको शब्द, सङ्गीत, र स्वर रहेको गीत ‘म तिमीलाई नै चाहन्छु…’ सार्वजनिक भएको छ । टप वान मिडिया प्रा. लि.को निर्माणमा बनेको गीत ‘म तिमीलाई नै चाहन्छु…’को भिडियो सार्वजनिक भएको हो । मोडल बडिबिल्डर तथा फेसन कोरियोग्राफर ‘सञ्जय राजबिक्रमको निर्देशनमा बनेको गीतको भिडियोमा सञ्जय राजबिक्रम र मोडेल एलिजा ठकुरीको अभिनय रहेको छ । आरध्य लक्ष्मी खड्गीको कोरियोग्राफी, सोहन मानन्धरको छायाँकन र सम्पादन रहेको गीतको भिडियो काठमाडौंका विभिन्न रमणीय स्थानमा छायाँकन गरिएको छ । https://www.youtube.com/watch?time_continue=1&v=oMxVJfbmAuc&feature=emb_logo ...
दक्ष इन्टरनेशनल द्वारा मिस एण्ड मिसेस व्यूटिफूल नेपाल २०२० का विजेताको सहकार्यमा श्रमीकलाई सहयोग

दक्ष इन्टरनेशनल द्वारा मिस एण्ड मिसेस व्यूटिफूल नेपाल २०२० का विजेताको सहकार्यमा श्रमीकलाई सहयोग

मनोरन्जन, समाचार, समाज
दक्ष ईन्टरनेशनलले मिस एण्ड मिसेज व्यूटिफुल नेपाल २०२० का विजेताहरुको सहकार्यमा लकडाउनका कारण विचल्लीमा परेका केही परिवारलाई राहत वितरण गरेर सहयोग गरेको छ । दैनीक श्रम गरि जिविकोपार्जन गर्दै आएका तर लकडाउनका कारण आफ्नो आय आर्जन गुमाएर आर्थिक स्थिती कमजोर भएका परिवारलाई दक्ष ईन्टरनेशनलको कार्यालय नयां बानेश्वरमा उक्त राहत वितरण गरिएको दक्ष ईन्टरनेशनलका प्रमुख तथा मेक अप आर्टिष्ट टेक राज पाण्डेले जानकारी दिए । राज मेक स्टुडियोका प्रमुख समेत रहेका पाण्डेले २०२० मा आयोजना गरिएको मिस एण्ड मिसेज व्यूटिफुलका विजेता मिसेस व्यूटिफुल उर्मिला पन्त भण्डारी, मिसेस व्यूटिफूल नेपालकी सेकेण्ड रनर अप सुनिला केसी कार्की मिस व्यूटिफुल नेपालकी विजेता रुपा अधिकारी ले उक्त राहत वितरण संकलनमा विशेष सहयोग गरेको बताए ।उपाधी विजेता पश्चात समाज सेवामा सक्रिय रहने सहभागीहरुको उद्देश्य अनुसार उक्त राहत वितरण गर...
६ बर्षीय आरोही कार्कीको पहिलो गीत ‘नमस्ते गर्छु म’ सार्वजनिक (भिडियो सहित)

६ बर्षीय आरोही कार्कीको पहिलो गीत ‘नमस्ते गर्छु म’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
गायक बिनय कार्कीको ६ बर्षीय छोरी आरोही कार्कीले सबै बाबाहरु प्रति समर्पित गर्दै पहिलो पल्ट गायन मा पाइला चाल्दै नया गीत 'नमस्ते गर्छु म' को म्युजिक भिडोयो सार्बजनिक गरेका छन् ।लकडाउन को बेलामा घर मा बसी बसी बाबा छोरी मिलेर नया गीत को साथमा सांगीतिक क्षेत्रमा आरोहिको पाइला चलेको छ । पहिलो पल्ट गायन मा प्रयाश गरे पनि ६ बर्षिय आरोही ले निकै राम्रो संग आवाज दियर अभिनय गर्नु भयको छ । उक्त गीतमा गायक बिनय कै शब्द संगीत संगीत संयोजन रहेको छ । गायक बिनय कार्की संगीतकार संगीत संयोजक पनि हुन् । https://www.youtube.com/watch?v=O7eL6Lpm-p0&feature=share&fbclid=IwAR236nx5mDIMGEsxcMvm0LePefiMzDKyJQqfLRBdY-AHib5g8_qr_zull8g ...
निर्मल शर्माको निर्देशनमा ‘एउटा सपना’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

निर्मल शर्माको निर्देशनमा ‘एउटा सपना’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
चर्चित निर्माता तथा निर्देशक तथा कलाकार निर्मल शर्मा(गैँडा) द्वारा निर्देशन गरिएको "एउटा सपना"बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लकडाउनको समय भएका कारण कुनै सार्वजनिक कार्यक्रम गरी भिडियो रिलिज तथा अन्य कार्य गर्न नमिल्ने भएका कारण डिजिटल रिलिज गरिएको कुरा निर्देशक तथा कलाकार शर्माले बताउनु भयो । भिडियोमा वरिष्ठ कलाकार कमलकान्तको दमदार अभिनय हेर्न पाईन्छ । भिडियोमा उनले आफ्नो मायालुसंग बिताएका बिगतका पलहरुलाई सम्झिदै कसरी जिवन बिताईरहेका छन भन्ने देखाउन खोजिएको छ । अभिनयमा उनलाई अभिनेत्री रजनी के सि र कलाकार अशिम पौडेलले साथ दिएका छन । भिडियोलाई वरिष्ठ सिनेम्याटोग्राफर राजु के सि ले निकै नै आकर्षक तरिकाले छांयाकन गरेका छन भने सम्पादनको कार्य गौतम राज खडकाले गरेका हुन । भिडियो ओएसआर डिजिटको युटुब च्यानलबाट रिलिज गरिएको छ । निकै नै भावुक शैलीमा प्रस्तत उक्त गीतमा गायक...
‘शिरमा फूल’ लिएर आए मिना, सन्तोष र प्रकाश (भिडियोसहित)

‘शिरमा फूल’ लिएर आए मिना, सन्तोष र प्रकाश (भिडियोसहित)

मनोरन्जन, समाचार
मिना कार्कीको स्वर, प्रकाश केसीको शब्द र सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीत ‘शिरमा फूल’ सार्वजनिक भएको छ । पछिल्लो समय मानिस धेरै निराशा र वियोगमा बाँचिरहेको बेला एउटा संयोगान्त भावको गीत ‘शिरमा फूल…’को अडियो भिडियो सार्वजनिक गरिएको हो । देवेन्द्र नेवाःको एरेन्ज, किशोर थापाको मिक्सिङ तथा मास्टरिङमा रहेको गीतको भिडियोमा समीक्षा पोख्रेल र कैलाश कठायतको अभिनय रहेको छ । उत्सव दाहालको छायाँन, टेकेन्द्र शाहको सम्पादन र सन्तोष राजबहाकको निर्देशन रहेको छ गीतको भिडियोमा । एभरेष्ट ग्यालरीको युट्युव च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ । यो गीत आधुनिक गीति एल्बम ‘सदिक्षा’ मा रहेको छ । ‘सदिक्षा’ कोरोना सङ्क्रमणका कारण औपचारिक सार्वजनिक हुन सकेको छैन । सहज वातावरणमा सदिक्षा एल्बम एक औपचारिक कार्यक्रमबीच सार्वजनिक गरिने सङ्गीतकार सन्तोषले जनाकारी गराए । https://youtu.be/jxTUxpkxoAY ...
शिक्षक तथा विद्यार्थीको पिडा समेटिएको यमन श्रेष्ठ निर्देशित ‘स्कूल कहिले खुल्छ ?’ सार्वजनिक

शिक्षक तथा विद्यार्थीको पिडा समेटिएको यमन श्रेष्ठ निर्देशित ‘स्कूल कहिले खुल्छ ?’ सार्वजनिक

मनोरन्जन, समाचार
लकडाउनको समयमा समेत घरमै बसेर समय सान्दर्भिक गीत तथा भिडियो श्रृजना गरि आम दर्शकसामू उत्कृष्ट मनोरन्जन पस्किदै आएका निर्देशक तथा कलाकार यमन श्रेष्ठले पछिल्लो पटक ‘स्कूल कहिले खुल्छ ?’  सर्ट फिल्मको निर्माण तथा निर्देशन गरि सार्वजनिक गरेका छन ।लक डाउनको समयमा सबैभन्दा मारमा परेका विद्यार्थी तथा स्कूलको पिडा समेटिएको उक्त सर्ट मुभीको कथा समेत लेखेका यमनले मोबाईलबाटै छायांकन गरि मनोरन्जनात्मक ढंगले निर्माण निर्देशन गरेका हुन । लामो समयदेखी बन्द रहेको बिद्यालयलाई केही विद्यालयले अनलाईनको माध्यमबाट पढाउने प्रयास गरे पनि ग्रामीण भेगका विद्यालय तथा सामूदायिक बिद्यालयले कसरी बिद्यार्थीलाई पढाउन सकिन्छ भन्ने वहसलाई कलाकार यमनले व्यंग्यात्मक तवरले प्रस्तुत गरेका छन ।सामाजिक सन्जाल फेसबुक, ईन्स्ट्रागाम तथा युट्यूबबाट सार्वजनिक गरिएको उक्त सर्ट मुभीमा कलाकारहरु रिंकु बज्राचार्य श्रेष्ठ, सुन...
किर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ‘घर यस्तो होस्’ सार्वजनिक

किर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ‘घर यस्तो होस्’ सार्वजनिक

मनोरन्जन, समाचार
डा.डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’ सार्वजनिक भएको छ । डीआरको शब्द र स्वर र सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ । गीतकारका रुपमा विभिन्न थुप्रै विश्व रेकड् कायम गरेका डा. उपाध्याय गायनमा पनि यो गीत मार्फत देखिएका छन् । सवैको घर स्वर्ग जस्तो होस् जसका लागि आवश्यक कुराहरु के-के हुन भन्ने विषय डा. उपाध्यायले गीत मार्फत प्रस्तुत गरेका छन् । https://youtu.be/cu_vdFxSFhs ‘एउटा आदर्श घरको कल्पना गरेर घरका सदस्य सवैले आफ्नो जिम्मेबारी वहन गरुन हरेकको घरमा सुख शान्तिहोस् भन्ने हेतुले मैले यो गीत स्रोतारदर्शकमाझ ल्याएको हुँ’, कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले भने । डा. उपाध्यायको केही समय पहिला सार्वजनिक एल्बम ‘स्वर्गघर’मा समावेस रहेको गीत हो यो । घर यस्तो होस् जहाँशुख शान्तिल...