आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

ग्रेस इभेन्ट्सले “ट्यालेन्ट हन्ट २०२०” आयोजना गर्ने

ग्रेस इभेन्ट्सले “ट्यालेन्ट हन्ट २०२०” आयोजना गर्ने

मनोरन्जन, समाचार
नेपालमा पछिल्लो पटक विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर चर्चा कमाउन सफल ग्रेस इभेन्ट्सले “ट्यालेन्ट हन्ट २०२०” आयोजना गर्ने भएको छ । कोभिड-१९ को विश्वव्यापी महामारीले गर्दा लकडाउनका कारण घरमै रहेर सेलिब्रिटी बन्न सक्ने उद्देश्य लिएर “ट्यालेन्ट हन्ट २०२०” को आयोजना गर्न लागिएको ग्रेस ईभेन्टसका प्रमुख सुरज थापाले जानकारी दिएका छन । प्रतियोगितामा अभिनय, नृत्य,गायन, बिटबक्स लगायत आफुमा भएका जुनसुकै कला प्रतिभा प्रस्तुत गर्न सकिनेछ ।ईच्छुक सहभागीहरुले आफ्नो आफुमा रहेको कलाको भिडियो बनाएर आगामी जेठ ३१,शनिवार सम्ममा ग्रेस ईभेन्ट्सको ईमेल तथा पेजमा पठाउन सकिने जानकारी संस्थाका सचिव पवन कोईरालाले बताए ।साईपाल एकेडेमीको सहकार्यमा आयोजीत यस प्रतियागीताले घरमै बसेर पनि अनलाईनको माध्यमबाट आफु भित्र लुकेको प्रतिभा प्रस्फुटन गराई क्षमता अभिवृद्धि गर्न सकिने...
गायक बिनय कार्कीको ‘नाका’ सार्वजनिक (भिडियोसहित)

गायक बिनय कार्कीको ‘नाका’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
गायक तथा निर्देशक गौरब गिरि सङ्ग भ्वाइस अफ नेपाल -२ बाट चर्चा कमाउन सफल गायक बिनय कार्की को फिचरिङ्गमा ‘नाका’ गीत सार्वजनिक भयको छ । न बाहिर निस्किन सक्छौ न केही गर्न सक्छौ । यहि बिषय लाई लियर गीत ‘नाका’ तयार गरियको छ । उक्त गीतमा सङ्गीत सम्योजन गायक एरेन्जर बिनय कार्किकै रहेको छ । लकडाउन पालना गरेर उत्कृष्ट तवरले भिडियोको तयारी गरिएको छ । भिडियोको निर्देशन भने गायक गौरब गिरिले गरेका छन । उक्त गीतको भिडियोमा अशोक केसि , चक्र बम , शिशिर नाथ, सुबाश तिमल्सिना , कृष्ण धनुक, राजु लामा , सन्दिप शाह , आर।के। परियार को अभिनय रहेको छ भने अर्जुन पोखरेल को भिडियो सम्पादन रहेको छ । अडियो भिडियो निर्माण आरोही ईन्टरटेनमेन्ट बाट गरिएको छ । https://www.youtube.com/watch?v=B46EyhVLwco&feature=share&fbclid=IwAR1TAqS1k_sLWJCDHpByWFvPPLJ_o4NBYfR47PBpTfDbFEwBHR8V_vgWJsM ...
गायक विनय कार्कीको स्वरमा रहेको गीत ‘तिम्रो मेरो मेरो माया’ सार्वजनिक (भिडियोसहित)

गायक विनय कार्कीको स्वरमा रहेको गीत ‘तिम्रो मेरो मेरो माया’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
गायक विनय कार्कीको स्वरमा रहेको गीत ‘तिम्रो मेरो मेरो माया’ सार्वजनिक भएको छ । सविन लामाको शब्द, विनयकै कम्पोज तथा एरेञ्ज, अशोक महर्जनको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गौरभ गिरीको निर्देशन रहेको गीतको भिडियोमा उमेश सोनाम, अस्मि श्रेष्ठ, सन्दिप शाहलाई फिचरिङ गरिएको छ । दीपक गिरीको छायाँकन रहेको गीतको भिडियोलाई आरोही इन्टरटेनमेन्टले सम्पादन गरेको हो । विनयले भ्याइस अफ नेपालमा आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत सबैको मन जित्न सफल भएका थिए । गीतको भिडियोलाई एमएमएस इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको छ । https://youtu.be/CbjNpJv-NPA ...
पुस्तकप्रसादको दुरी

पुस्तकप्रसादको दुरी

मनोरन्जन
दूरी एउटै नहुन सक्छहामी जन्मिएको मितिनहुन सक्छ एउटै अवस्थापला, घडी र समयआमाले घाँस काटिरहँदाजन्मिएको थिएँ मतिमी अस्पतालमाजन्मिएकी हुन सक्छ्यौतर एउटै थियोहामी जन्मिएको आकास । आँधी तुफान आइरहन्छभत्काइ रहन्छपक्कै म जन्मिँदाहुरी चलेको हुनुपर्छझरी परेको हुनुपर्छमुस्कुराइ रहन्छ्यौरमाइरहन्छ्यौतिमी जन्मिदा बहार हुनुपर्छफूल फुलेको हुनुपर्छतर एउटै थियोहामीले फेरेको पहिलो सास । जहाँ तिम्रा आँखा थिएजहाँ तिम्रो मुटु छछातीको देब्रेतिरत्यही छ मेरो पनि मुटुपानी बग्दैन मेरो नसामा पनिभोक तिमीलाई पनि लाग्छतिमी जुत्ता लगाएरलुगा लगाएर हुर्कियौम काँडा टेकेरसबथोक देखाएर हुर्किएँतर एउटै थियोतिम्रो र मेरो निद्रा साथी !के छ तिम्रो जातमा त्यस्तोजसले तिमीलाई मसँगप्रेम गर्ने अनुमति दिएन ।     –पुस्तकप्रसाद ...
‘नाङ्गो छाती लिएर सिमानामा उभिन तयार छु’ – कवि पुस्तक प्रसाद

‘नाङ्गो छाती लिएर सिमानामा उभिन तयार छु’ – कवि पुस्तक प्रसाद

मनोरन्जन, समाचार
सरकारले लिपुलेक, लिम्पियाधुरार कलापानी समेटेर नयाँ नेपालको नक्सा सार्वजनिक गरिसकेको छ । नयाँ नक्सा सार्वजनिक भएपछि भारत र भारतीय मिडियाहरुले नेपाललाई बिभिन्न आरोपहरु लगाइरहेका छन् । यो समयमा नेपालका कलाकर्मीहरुले भारतको विरोधसँगै सरकारलाई समर्थन गर्दै मातृभूमि र देशसँग सम्बन्धित विभिन्न रचना सृजनाहरु गरिरहेका छन् । यसै सन्दर्भमा विदेशमा रहेर नेपाली कला संस्कृतिको जगेर्नाका लागी सक्रिय लोकप्रिय गायक दिनेश गौतमले आफ्ना कविता मार्फत देशभक्तीको भाव व्यक्त गरेका छन । पछिल्लो पटक उनका थुप्रै कविताहरु सामाजिक संजालमा चर्चा कमाईरहेको छ । कवि पुस्तक प्रसाद ’पैसा कसले बनायो’? भन्ने गीतबाट चर्चामा आएका गायक दिनेशलाई साहित्यको दुनियाँमा पुस्तक प्रसाद उपनामले चिनिन्छ । उनको म ईश्वर भएको भए, इमान बेचिदिन्छ मान्छे, हो यस्तै रहेछ माया, फर्केर आएन मायालु जस्ता थुप्रै गीतहरु चर्चित छन् । उनको मातृभू...
भारतीय अभिनेता मनमीत ग्रेवालले आत्महत्या गरे, लकडाउनमा डिप्रेसनको शिकार

भारतीय अभिनेता मनमीत ग्रेवालले आत्महत्या गरे, लकडाउनमा डिप्रेसनको शिकार

अन्तराष्ट्रिय, मनोरन्जन, समाचार
सब टिभीको शो ‘आदत से मजबुर’ मा देखिएका अभिनेता मनमीत ग्रेवालले शुक्रबार आत्महत्या गरेका छन् । ३२ वर्षका मनमीतले शुक्रबार राती पासो लगाएर आत्महत्या गरेका हुन् । उनी आफ्नी श्रीमतीसँगै मुम्बईमा बस्दै आएका थिए । भारतीय मिडियामा प्रकाशित जानकारीका अनुसार मनमीत लकडाउनका कारण निकै चिन्तित थिए । लकडाउनका कारण उनको कमाई रोकिएको थियो र यसैले उनी डिप्रेशनको शिकार भएका थिए । स्रोतका अनुसार मनमीतले पहिले देखि नै आर्थिक समस्या झेलिरहेका थिए । यस्तोमा लकडाउनको क्रममा उनको समस्या झनै बढ्यो । उनी आफ्नो भाडा तिर्नसमेत असमर्थ भएका थिए । एबीपी न्यूजसँग उनका नजिकका साथी मनजीत सिंह राजपुतले लकडाउनले मनमीतको जीवनमा निकै समस्या ल्याएको बताए । मनजीतले भने, ‘मनमीत पछिल्लो थुप्रै समस्यादेखि आर्थिक समस्यासँग जुधिरहेका थिए । उनले व्यक्तिगत र व्यावसायिक कामका लागि लाखौं रुपैयाँ उधारो लिइसकेका थिए । लकडाउनका क...
कलाकार हुनलाइ सबै भन्दा मुख्य कुरो त मेहनत चाहिन्छ :-गायिका तथा मोडल रजनी खड्का

कलाकार हुनलाइ सबै भन्दा मुख्य कुरो त मेहनत चाहिन्छ :-गायिका तथा मोडल रजनी खड्का

अन्र्तवार्ता, मनोरन्जन, समाचार
१,के गर्दै हुनुहुन्छ ?सन्चै हुनुहुन्छ नि ? हजुर आराम नै छु ,कोरोनाको त्रास अनि सक्रमण रोक्न सरकारले गरेको लक् डाउन पालना गर्दै घरमा नै छु । २,कति भयो यो क्षेत्रमा लाग्नु भएको ,कति वटा म्युजिक भिडियो आयो बजारमा ? यो क्षेत्रमा लागेको ७ बर्ष जति भयो हालसम्म आधा दर्जन म्युजिक भिडियो बजारमा आएको छ । ३,यतिको बर्ष हुदा पनि किन चर्चा कमाउन सक्नु भएन नि ?म मेहनत गरिराको छु। मानब कहिले पनि पूर्ण हुदैन म अझै सिक्ने क्रममा छु । चर्चा भनेको त्यस्तै हो सन्तुस्ट छु ,समय हजुरलाई पनि थाहा छ चर्चा कमाउन कि बाटो मोड्न पर्छ कि ठुलो मान्छेको साथ् चाहिन्छ कि पैसा खर्च गर्न त्यो सबैको चिजको कमि मसंग भएर होला ।तर पनि मेहनत गर्दैछु र गर्छु पनि एक दिन म अबस्य लक्ष्यमा पुग्छु । ४,यति राम्री हुनुहुन्छ ,चलचित्रमा अभिनय गर्ने रहर जागेन ? रहर भएर मात्र हुदैन । ईच्छा छ तर पनि पहिला यो क्षेत्रमा सफल भ...
कोरोना महामारी विरुद्ध फ्रन्टलाईनमा खटिने प्रति  समर्पित गीत मेरो पनि घर छ बरै (भिडियो सहित)

कोरोना महामारी विरुद्ध फ्रन्टलाईनमा खटिने प्रति समर्पित गीत मेरो पनि घर छ बरै (भिडियो सहित)

मनोरन्जन, समाचार
अहिले विश्वमा कोरोनाको कहर बढेसँगै त्यसका लागि अहोरात्र खट्टिरहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा पत्रकारहरुमा पनि जिम्मेवारी थप हुँदै गएको छ । यसरी आफ्नो ज्यान जोखिममा राख्दै राष्ट्र र जनताका लागि रातदिन, भोक-निन्द्रा नभनिकन उँहाहरुले गरेको सेवाप्रती समर्पित गर्दै र सबैलाई सम्मान प्रकट गर्दै हालै एक म्युजिक भिडियो तयार पारीएको छ । भिडियोलाई आज मे एक अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारी रिलिज गरिएको छ । भिडियोमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा पत्रकारहरुसंगै चर्चित संचारकर्मी रवि लामिछाने, चर्चित नायक धिरेन शाक्य, वरिष्ठ कलाकार सुनिल थापा, बिरेन्द्र हमाल, वरिष्ठ द्वन्द निर्देशक राजेन्द्र खड्गी, कलाकार कमलकान्त मैनाली, निर्देशक तथा छांयाकार राजु के सि, बिष्णु सापकोटा(हर्के हवल्दार), निर्मल शर्मा(गैडा), चिन्तामणी कंडेल, रेशम प्याकुरेल, गणेश गौतम, घनश्याम गौतम, नन्दा बस्याल, ना...
सवैको मन जितेका लोकप्रिय गायक यमन भन्दैछन  ‘सधैं सधैं मैले हारें ‘(भिडियो सहित)

सवैको मन जितेका लोकप्रिय गायक यमन भन्दैछन ‘सधैं सधैं मैले हारें ‘(भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं – गायक यमन श्रेष्ठको ‘सधैं सधैं हारे मैले’ बोलको गीत सार्वजनीक भएको छ । गीतको लिरिकल भिडियो सहित सार्वजनीक भिडियोलाई कलाकार \ निर्देशक समेत रहेका यमन स्वयंले भिडियोको निर्देशन तथा सम्पादन गरेका छन । समाजसेवी उत्तम संजेलको शव्द रहेको गीतको कम्पोज तथा एरेन्ज किरण कंडेलले गरेका हुन । प्रज्ञा साउण्ड स्टुडियोमा रेकडिङ्ग गरिएको गीतको भिडियोलाई भने उत्कर्ष कंडेलले छायांकन गरेका हुन । गीतको भिडियो यमन श्रेष्ठको आफ्नै युटूयब च्यानल यमन श्रेष्ठबाट सार्वजनीक गरेका छन । गायक यमनले यस अघि घरमै बसेर सार्वजनीक गरिएको लकडाउन सम्बन्धि सचेतना गीत लकडाउन लकडाउन…. समेत लोकप्रिय भएको थियो । भिडियो : https://www.youtube.com/watch?v=IXI-tD4-rkk&feature=youtu.be&fbclid=IwAR11-9OD8FSESe7gWb0WrtYw1dY1oscU_PSI40Iqqiye6oi-r9Y-jl4YuUI ...
रमेश कडरियाको ‘महामारी’ सार्वजनिक (भिडियो सहित)

रमेश कडरियाको ‘महामारी’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं - गायक तथा संगीत रमेश कडरियाको लकडाउन समयको परिस्थितीलाई मध्यनजर गर्दै नयाँ गीत महामारी सार्वजनिक भएको छ । उक्त गीत कडरिया इन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वनिक गरिएको हो ।गीतकार तथा लेखक ओमनाथ कडरियाको शब्दमा रहेको सो गीतको एरेन्ज र रेकडिङ विपिन आचार्यले गरेका हुन् । गीतमा प्रकृति बिनासको कारण बिबिध प्रकारको महामारी निम्तिएको बारेमा उल्लेख गरिएको छ । भिडियो : https://www.youtube.com/watch?v=bX8Rij8DwqM&fbclid=IwAR2t8z7erBZXqpLjEhBEKlPnlp6woFGhENHS9lTaa1wRHVBxmUdPLmrZCQ0 ...