चलचित्र ‘म त तिम्रै हुँ’ निर्देशक श्रीराम महतको अर्को फिल्म बन्ने, टिका प्रशाईको आवाजमा गीत रेकर्ड संगै निर्माण घोषणा
निर्देशक श्रीराम महतको दोश्रो अन टाईटल प्रोजेक्टको लागि गीतको रेकर्डिङ्ग सम्पन्न भएको छ । उनले आईतबारको गीत रेकर्डिङ्ग संगै सिनेमाको निर्माण घोषणा समेत गरेका छन् । चर्चित नायक आकाश श्रेष्ठलाई नेपाली चलचित्रमा डेब्यु गराएर चर्चा कमाएका निर्देशक महतको पहिलो चलचित्र ‘म त तिम्रै हुँ’ नेपाली बक्स अफिसमा सफल मानिएको चलचित्र हो ।
एउटा चलचित्र निर्देशन पश्चात बिज्ञापन तथा डकुमेन्ट्रीमा ब्यस्त निर्देशक महतले बाकी रहेको समय यसै चलचित्रको तयारीमा व्यस्त रहेको बताए । म अब आफ्नै कथा मार्फत नयाँ सिनेमा लिएर आउंदै छु उनले भने । आइतबार राजधानीको नक्साल स्थीत एकेवस्टिक रेकर्डिङ्ग स्टुडियोमा महतको दोश्रो प्रोजेक्टको आईटम गीत रेकर्ड सम्पन्न भयो । नेपाली सांगीतिक आकाशमा चम्किएकि अहिलेका चर्चित गायिका टिका प्रशाईको आवाजमा रहने यस गीतलाई सिनेमा कै निर्माता तथा बरिष्ट गीतकार हिरा काजी थापाले लेखेका हुन, ...









