आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

‘कोभिड–१९ फोटो प्रतियोगीता’ हुदै विजेताले २५ हजार पाउने

‘कोभिड–१९ फोटो प्रतियोगीता’ हुदै विजेताले २५ हजार पाउने

आर्थिक, मनोरन्जन, समाचार
काठमाडौं– विश्व फोटो दिवस अगस्ट १९ लाइ मध्ये नजर गरेर फोटो पसल प्रालिले ‘कोभिड–१९ फोटो प्रतियोगीता’ गर्ने भएको छ । आम नेपाली नागरिकले यस प्रतियोगिमा सहभागि भै पुरस्कार र प्रमाण प्रत्रप्राप्त गर्न सक्ने उक्त संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।कोरोना भाइरस (कोभिड– १९) ले नेपालको सामाजिक आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई फोटोका माध्यमबाट के कस्तो सूचना, जनचेनता दिदै आइरहेको छ भन्ने कुराको संहग्र गर्ने उद्देश्यले वर्तमानमा यसले पारेको असर र प्रभावलाई इतिहासमा भावि पुस्तालाई दस्तावेजका रुपमा प्रस्तुुत गरी कोभिड १९ फोटो प्रतियोगिता फोटो पसल प्रालिले गर्न लागेको प्रतियोगिता संयोजक हरी पाण्डेले जानकारी दिए । यसका साथै अगस्ट १९ का दिन विश्व फोटो दिवसको अवसर पारेर फोटोग्राफी सम्बन्धी व्यवसाय एवं यस सम्वन्धि रुची राख्ने नेपाली नागरिकहरुलाई सम्मान गर्नु पनि रहेको संस्थाका प्रबन्ध नि...
गायिका सीता रसाईली बिश्वकर्माको तीज गीत ‘वर्ष दिन बितेको’ सार्वजनिक(भिडियो सहित)

गायिका सीता रसाईली बिश्वकर्माको तीज गीत ‘वर्ष दिन बितेको’ सार्वजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौँ । सामाजिक बिकृति र बिसंगतीलाई गीत मार्फत उजागर गरेको बिरलै भेटिन्छ । परम्परागत शैलिलाई पच्छ्याई रहेको तीज गीतले समाजको यथार्थ बोल्न नसकिरहेको अवस्थामा गायिका सीता रसाईली बिश्वकर्माले भने पृथक तीज गीत ‘वर्षदिन बितेको’ सार्वजनिक गरेकी छिन् । अष्ट्रेलियामा रहेकी गायिका विश्वकर्माको लोक शैलीमा आधारित उक्त गीतमा पोहोर सालको तीजमा स्वदेश फर्किन नपाएको र यसपालीको तीजमा पनि परदेशमै रहनु परेको वाध्यतालाई उत्कृष्ट ढंगले उजागर गरिएको छ । डा. मोम बिश्वकर्माको प्रस्तुति रहेको उक्त गीतमा बरिष्ठ संगीतकार तथा गायक बिबि अनुरागीको शब्द रचना तथा संगीत रहेको छ । गीतको भिडियोमा शंकर बिसीको निर्देशन र कोरियोग्राफी रहेको छ भने, अञ्जली अधिकारी, बन्दना नेपाल, उत्शा घिमिरे लगायतको नृत्य रहेको छ । भिडियोमा दुर्गा पौडेलको छायाँकन तथा नविन घर्तिमगरको सम्पादन रहेको छ । अस्ट्रेलियन नेपलिज जोर्नालिस्ट ...
‘ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२०’ को लागि आवेदन फारम खुल्ला

‘ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२०’ को लागि आवेदन फारम खुल्ला

मनोरन्जन, समाचार
काठमाडौं । सिजन मिडियाद्वारा आयाजित सौन्दर्य प्रतियोगिता एसईई प्रिन्सेज २०२० को लागि आवेदन खुल्ला भएको छ। आयोजकले बिहिबार विज्ञप्ति जारी गर्दै ‘ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२०’ को दसौं संकरणको लागि आवेदन फारम खुल्ला भएको जनाएके छ। कोरोना महामारीका कारण लगाइएको लकडाउन खुलेसँगै उक्त कार्यक्रमको आवेदन खुल्ला गरिएका विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ,‘ गत ४ महिना देखि विश्वमहामारिको रुपमा देखा परेको कोरोनाभाइरसका कारण नेपाल सरकारले गरेको लकडाउन खुलेसँगै हामीले विगत १० वर्ष देखि निरन्तर रुपमा गर्दै आएको एसएलसी प्रिन्सेज नामक सौन्दर्य प्रतियोगिता यस वर्षदेखि एसइई प्रिन्सेजको नाममा गर्ने तयारी पूर्ण भए पस्चात ‘ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२०’ नामक कार्यक्रमको आवेदन फारम फेरी खुल्ला गरीएको जानकारी गराउदछौ।’ उक्त कार्यक्रमको ब्राण्ड प्रायोजकमा हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र...
विक्रम बरालको स्वरमा रहेको गीत ‘भन्थे बाजेले’ सार्वजनिक(भिडियोसहित)

विक्रम बरालको स्वरमा रहेको गीत ‘भन्थे बाजेले’ सार्वजनिक(भिडियोसहित)

मनोरन्जन, समाचार
विक्रम बरालको स्वरमा रहेको गीत ‘भन्थे बाजेले…’ सार्वजनिक भएको छ । रेम्बो अधिकारीको शब्द, हरि लम्सालको सङ्गीत र रिकेश गुरुङ्को एरेञ्ज रहेको गीत ‘भन्थे बाजेले…’को भिडियो सार्वजनिक भएको हो । शान थापाको निर्देशन र राजिव समिरको सहनिर्देशन रहेको गीतको भिडियोमा देशभक्त खनाल, अलिशा राई, रम्बो अधिकारी र रिया पोख्रेल फिचर्ड छन् । अर्जुन तिवारीले छायाँकन गरेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतबाट एउटा राम्रो गीत र यसको भिडियो स्रोता/दर्शकमाझ प्रस्तु्त गरेका छौ, सबैको साथ सहयोग र माया पाउने अपेक्षा लिएका छौं,’ सङ्गीतकार हरि लम्सालले भने । गीतको भिडियो टुवेल्थ टोन्स मार्फत सार्वजनिक गरिएको छ । https://youtu.be/y-RItOAIoEM ...
निर्मल शर्माको निर्माण तथा गजित विष्टको निर्देशनमा  ‘अचानक’आजबाट दर्शक समक्ष

निर्मल शर्माको निर्माण तथा गजित विष्टको निर्देशनमा ‘अचानक’आजबाट दर्शक समक्ष

मनोरन्जन, समाचार
काठमाण्डौँ, लोकप्रिय कलाकार निर्मल शर्माको निर्माण तथा अभिनेता गजित विष्टको निर्देशनमा नयाँ टिभी सिरिज ‘अचानक’ आजबाट दर्शक समक्ष प्रसारण हुने भएको छ । जिवन्त अभिनय गर्ने नायकको रुपमा परिचत अभिनेता तथा सफल कोरियोग्राफरको रुपमा चर्चा कमाएका गजितले ‘अचानक’ टिभी सिरिजबाट निर्देशनमा डेब्यु गरेका हुन् । उक्त टिभी सिरिज रमाइलो एचडी टिभीबाट आज बिहिवार साँझ ८ बजे देखि प्रशारण हुंदैछ । सिरिजको कथा र परिकल्पना गजित स्वयंको रहेको छ भने कार्यकारी निर्माता कलाकार निर्मल शर्मा गैडा रहेका छन् । निर्मल शर्मा, रजनी केसी, गजित विष्ट, कृष्ण सिवाकोटी, प्रकाश बस्नेत, अंशिका बस्नेत, मेलिना ओलीलगायतका लोकप्रिय कलाकारहरुको अभिनय रहेको ‘अचानक’ क्राइम थ्रिलर सिरिज रहेको निर्देशक गजितले बताए । यो सिरिजको ४ एपिसोडको छायांकन पूरा भइसकेको छ । रमाइलो एचडीसँग १२ एपिसोडका लागि सम्झौता भएको जानकारी कार्यकारी निर्...
गीतकार तथा समाजसेवी यशु थापा रचित ‘बरिलै माईतिको आंगन’ गीत सार्वजनिक(भिडियो)

गीतकार तथा समाजसेवी यशु थापा रचित ‘बरिलै माईतिको आंगन’ गीत सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं, । हिन्दू नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा बजारमा तिजका गीतसंगीत पनि सार्वजनिक हुने क्रम बढिरहेको छ । यस्तै विषयबस्तुलाइ समेटेर गीतकार तथा समाजसेवी यशु थापाको शव्दमा “बरिलै माइतिको आंगन ” सार्वजनिक गरेकी छिन् । कतारमा भएको स्टार ईन्टरनेशनल अवार्ड, सगरमाथा अवार्ड लगायत थुप्रै विधामा सम्मानित भैसकेकि गीतकार यशुका यस अघिका केही गीतहरु चर्चामा रहेका छन । सार्वजनिक भएका तिज गित भन्दा फरक तथा मौलिक किसिमको रहेको गितमा आवाज भने गायिका अन्जु पन्त र गायक तिलक बसनेतको रहेको छ भने संगीत पनि तिलक बस्नेतकै रहेको छ । गीतलाई रमेश सेन्चुरीले संगीत संयोजन गरेका छन् । “बरिलै माइतीको आंगन” गितको भिडियोलाइ भने अर्जुन तिवारीले छायाँकन गरेका छन । शिव बिकले निर्देशन गरेका भिडियोमा गायक तथा मोडेल दुर्गेस थापा र सर्बाधिक नाचेर विश्व रेकर्ड राखन सफल दिदि र बहिनि रुबिशा श्रेष्ठ र एलिश...
सोनि खत्री भईन ‘लकडाउन फोटो प्रतियोगिता- २०२०’ की बिजेता

सोनि खत्री भईन ‘लकडाउन फोटो प्रतियोगिता- २०२०’ की बिजेता

मनोरन्जन, समाचार
लक डाउन फोटो प्रतियोगिता २०२० को रिजल्ट सार्बजनिक भएको छ ! उक्त प्रतियोगितामा बुढानिलकण्ठ निवासी सोनि खत्री बिजेता बनेकी छिन भने सरिता राई द्वितीय र खेमसानी मादेन लिम्बू तृतीय भएकी छिन ! उक्त प्रतियोगिता गत जेष्ठ महिना देखि लक डाउनलाइ लक्ष्यित गरि संचालन गरिएको यसै कार्यक्रमका निर्देशक समीर लामाले बताएका छन ! बिजेता बनेकी खत्री ले नगद २५ हजार सहित ट्रफी मेडल र गिफ्टह्याम्परका साथ प्रमाण पत्र पनि जितेकी छिन क्रमशः द्वितीय र त्रितिय हुने सरिता राई र खेमसानी मादेन लिम्बुले पनि १५ हजार र १० हजारका साथै ट्रफी र सम्मान पत्र पनि हात पारेकी छिन , उक्त प्रतियोगितामा ७५६ जनाले भाग लिएको कार्यक्रम संयोजक हेम बोम्जनले बताए ! लामाका अनुसार उत्साहजनक सहभागिता भएको र अझै ४/५ सय जनाको फोटो पोस्ट गर्न नसकेको जनाए भने प्रतियोगितामा सहभागिता जनाएका मध्येबाट पब्लिक च्याइस अवार्ड र फोटो जेनिक अवार्ड ५/५ जना...
गीतकार रमेशको शब्दमा पवनले गाए ‘मिल्टेरीको जुत्ता’ ( भिडियो सहित )

गीतकार रमेशको शब्दमा पवनले गाए ‘मिल्टेरीको जुत्ता’ ( भिडियो सहित )

मनोरन्जन, समाचार
गीतकार रमेश दहालको रचना र अस्ट्रेलियामा बसेर लामो समयदेखि नेपाली संगीतमा योगदान पुर्याइरहेका टिका दहालद्वारा संगीतवद्द नयाँ गीत सार्वजनिक भएको छ ।नेपाल आइडल सिजन २ फेम्ड गायक पवन गिरीको स्वर रहेको गीत ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक गरिएको छ । कोरना कहर बीच संगीतप्रेमीहरुलाई मनोरन्जन प्रदान गर्न गायक गिरीले रमाइलो डान्सिङ बिटको गीत सार्वजनिक गरेका हुन।नेपाल आइडलमा “चमत्कारी मान्छे” उपनाम पाएका गायक गिरीले यस गीत मार्फत आफुलाई भर्सटाइल गायकका रुपमा प्रमाणित गरेका छन्। लोक लयमा आधारित यस गीतमा स्वर पवन गिरीको रहेको छ । गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।म्युजिक भिडियोमा चर्चित युगल जोडी सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन्। उनीहरुलाई अन्य डान्स क्रुले साथ दिएका छन्। गम्भीर बिस्टले कोरियोग्राफी गरेको भिडियोलाई अर्जुन तिवारी र टिमले छायांकन गरेका हुन्। जीवन थापाले भिडियोलाई सम...
नेपाल चलचित्र कलाकार संघको सकृयतामा वृहत् रक्तदान कार्यक्रम

नेपाल चलचित्र कलाकार संघको सकृयतामा वृहत् रक्तदान कार्यक्रम

मनोरन्जन, समाचार
 साउन, काठमाडौं । शनिबार नेपाल चलचित्र कलाकार संघको सकृयतामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी बानेश्वर उपशाखा, नेपाल चलचित्र कलाकार संघ, गंगादेवी चुचोल टोलसुधार समिति संखमुल तथा नेपाल चलचित्र नृत्य संघको संयुक्त आयोजना रहेको उक्त कार्यक्रममा लगभग ८५ जनाको सहभागीता थियो । कार्यक्रममा नेपाल चलचित्र कलाकार संघको तर्फबाट अध्यक्ष रबीन्द्र खडका, उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, महासचिव चेतबहादुर सिंह, कोषाध्यक्ष सुनिल कटुवाल, रामेश्वर वुर्लाकोटी, गोपाल ढकाल छन्दे, भगवती खड्का लगायत कलाकारहरुको उत्साहजनक सहभागीता रहेको थियो । यो विषम परिस्थितीमा तपाईं हाम्रो एक पाउण्ड रगतले कसैको जीवन बाँच्न सक्छ भने मानव जीवन रक्षार्थ पनि हामीले पहल गर्ने पर्छ भन्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको, आयोजक मध्येको एक संस्था नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष ...
चलचित्रकर्मी करण श्रेष्ठसहितको अभियान ‘अनिवार्य रुपमा मास्कको प्रयोग गरौं’

चलचित्रकर्मी करण श्रेष्ठसहितको अभियान ‘अनिवार्य रुपमा मास्कको प्रयोग गरौं’

मनोरन्जन, समाचार
काठमाडौं, विश्व नै कोरोना भाइरस (कोभिड–१९)का कारण त्रसित छ । भाइरसको विश्वब्यापी महामारी फैलिँदै गरेपनि पछिल्लो समय भने मानिसहरु विस्तारै पुरानै दैनिकिमा फर्किँदैछन्, फर्किने बाटो खोजिरहेका छन् । नेपालमा पनि यो क्रम सुरु भइसकेको छ । व्यापार व्यवसायदेखि होटल रेष्टुराँहरु खुल्ने क्रम बढ्दै गर्दा सजकता नअपनाए समुदायस्तरमा थप जोखिम बढ्ने विज्ञहरुले चेतावनी दिइरहेका छन् । यो बीचमा राजधानीमा एक युवाहरुको टिमले अभियान नै चलाएर जोखिम न्युनिकरणको लागी कदम अघि बढाएको छ । चलचित्रकर्मी सामाजिक अभियन्ता करण श्रेष्ठसहितको टिमले कोरोनाबाट बच्न ‘अनिवार्य रुपमा मास्कको प्रयोग गरौं’ नारा लिएर अभियान सुरु गरेको हो । राजधानीको अनामनगरबाट सुरु गरिएको अभियान प्रत्येक दिन अन्य स्थानमा फैलाउँदै लैजाने करणले बताए । अहिले मास्कको उपयोगिता ‘वान टू वान’ बुझाउँदै छौं, नलगाइ हिँड्नेलाई मास्कनै वितरण गरिर...