आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

निर्मल शर्माको निर्माण तथा गजित विष्टको निर्देशनमा ‘अचानक’आजबाट दर्शक समक्ष

काठमाण्डौँ, लोकप्रिय कलाकार निर्मल शर्माको निर्माण तथा अभिनेता गजित विष्टको निर्देशनमा नयाँ टिभी सिरिज ‘अचानक’ आजबाट दर्शक समक्ष प्रसारण हुने भएको छ । जिवन्त अभिनय गर्ने नायकको रुपमा परिचत अभिनेता तथा सफल कोरियोग्राफरको रुपमा चर्चा कमाएका गजितले ‘अचानक’ टिभी सिरिजबाट निर्देशनमा डेब्यु गरेका हुन् ।

उक्त टिभी सिरिज रमाइलो एचडी टिभीबाट आज बिहिवार साँझ ८ बजे देखि प्रशारण हुंदैछ । सिरिजको कथा र परिकल्पना गजित स्वयंको रहेको छ भने कार्यकारी निर्माता कलाकार निर्मल शर्मा गैडा रहेका छन् ।

निर्मल शर्मा, रजनी केसी, गजित विष्ट, कृष्ण सिवाकोटी, प्रकाश बस्नेत, अंशिका बस्नेत, मेलिना ओलीलगायतका लोकप्रिय कलाकारहरुको अभिनय रहेको ‘अचानक’ क्राइम थ्रिलर सिरिज रहेको निर्देशक गजितले बताए ।

यो सिरिजको ४ एपिसोडको छायांकन पूरा भइसकेको छ । रमाइलो एचडीसँग १२ एपिसोडका लागि सम्झौता भएको जानकारी कार्यकारी निर्माता तथा कलाकार निर्मल शर्मालले दिए ।

सिरिजमा रहेको गीतमा चन्द्रमणी भट्टराईको शब्द, डेनी निरौलाको संगीत रहेको छ ।

वरिष्ठ छायांकार राजु केसीको छायांकन तथा सुनिल थापाको सम्पादन रहेको यो सिरिज दर्शकलाई मनपर्ने निर्देशक विष्टको विश्वास छ । १२ एपिसोड प्रशारण भएपछि दर्शकको प्रतिक्रिया अनुसार अगाडि बढ्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *