एएफसी कप २०२१ प्ले अफमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले आज श्रीलंका पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा
एएफसी कप २०२१ प्ले अफमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले आज श्रीलंका पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा आर्मी जित निकाल्दै प्ले अफको दोस्रो चरणमा पुग्ने योजनामा रहेको छ । पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ ।
उक्त खेल अप्रिल १४ मा हुनेछ ।भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ । यस प्ले अफको विजेताले समूह चरणको समूह डी स्थान बनाउने छन् ।
समूह डी मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् ।
यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ । एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खे...









