अष्ट्रेलिया विरुद्धको दोस्रो टी ट्वान्टी खेलमा न्युजिल्याण्डको जित
न्युजिल्याण्डले अष्ट्रेलिया विरुद्धको दोस्रो टी ट्वान्टी खेल पनि जितेको छ ।
पहिलो टी ट्वान्टीमा ५३ रनको जित हात पारेको न्युजिल्याण्डले दोस्रो टी ट्वान्टीमा चार रनको जित हात पारेको छ । दोस्रो टी ट्वान्टीमा जितसँगै न्युजिल्याण्डले पाँच खेलको टी ट्वान्टीमा २–० को अग्रता लिएको छ ।
न्युजिल्याण्डले प्रस्तुत गरेको २२० रनको लक्ष्य पछ्याउँदै अष्ट्रेलियाले जित नजिक पुगेपनि लक्ष्य प्राप्त गर्न सकेन । पाहुना टोलि पुरै २० ओभर खेलेर आठ विकेटको क्षतिमा २१५ रन तयार गर्यो ।
अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ७८ रनको योगदान दिए । उनले मात्र ३७ बलमा सात चौका र पाँच छक्का प्रहार गरे। डेनियल साम्सले १५ बलमा दुई चौका र चार छक्काको सहयोगमा ४१ रनको योगदान गरेर पेभेलियन फर्किनुअघि अष्ट्रेलियाले एक ओभरमा जितका लागि १५ रन आवश्यक थियो । तर अन्तिम ओभरमै मार्कस स्टोइनिस समेत पेभेलियन फर्किदा ...









