नेपाली लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल)को सिजन २०२१ का लागि भएको अक्सनमा बिक्रि हुन असफल भएका छन्।

बिहीबार चेन्नईमा भइरहेको मिनि अक्सनमा सन्दीपलाई भित्र्याउन कुनै पनि टिमले चासो नदेखाएका हुन्।

चेन्नाईमा जारी अक्सनको पहिलो चरणमा सन्दीपलाई कुनैपनि क्लबले भाउ लगाएनन्।

यो सिजनमा सन्दीपको न्यूनतम पारिश्रमिक ४० लाख भारु राखिएको थियो।

सन्दीप पहिलो पटक सन् २०१८ को सिजनका लागि दिल्ली क्यापिटल्समा आबद्ध भएका थिए। त्यतिबेला उनी २० लाख भारुमा आबद्ध भएका थिए।

सन्दीपले दिल्लीबाट तीन सिजन खेल्दै ९ खेलमा १३ विकेट लिएका थिए।

आइपिएलका लागि अहिलेसम्मको लिलामीमा राजस्थान रोयल्सले क्रिस मोरिसलाई भारु १६.२५ करोड (२६ करोड नेपाली रुपैयाँ) तिरेर किनेको छ।

उनी आईपीएलको इतिहासमै अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडी हुन्।

उनीपछि ग्लेन म्याक्सवेललाई भारु १४.२५ करोड भारतीय रुपैयाँ (२२.८ करोड नेपाली रुपैयाँ) दिएर रोयल च्यालेन्जर्स बेङ्गलुरूले किनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here