बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले टोटनह्यामलाई १–० गोल अन्तरले पराजित

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गए राति भएको खेलमा चेल्सीले टोटनह्यामलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीलाई जिताउन खेलको २४ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । जितपछि चेल्सी अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ ।

पराजित टोटनह्याम आठौं स्थानमा धकेलिएको छ । चेल्सीले २२ खेलबाट ३६ अंक जोडेको छ भने टोटनह्यामको २१ खेलमा ३३ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *