फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । आइतवार राति भएको खेलमा पीएसजी मोनाकोसँग २-० गोल अन्तरले पराजित भएको हो ।

मोनाकोले पीएसजीलाई उसैको मैदानमा पराजित भएको हो । मोनाकोलाई जित दिलाउन सोफियाने डिओप र गुइलेर्मो मारिपानले एक एक गोल गरे ।

खेलको छैटौं मिनेटमा सोफियानेले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५१ औं मिनेटमा गुइलेर्मोले गोल गर्दै मोनाकोलाई २-० को जित दिलाए ।

जितसँगै मोनाको लिगको चौंथो स्थानमा उक्लिएको छ । मोनाकोले २६ खेलमा ५२ अंक जोडेको छ ।

पीएसजी भने तेस्रो स्थानमा झरेको छ । पीएसजीले ५४ अंक जोडेको छ ।

शीर्ष स्थानको लिलको ५८ र दोस्रो स्थानको लियोनको ५५ अंक रहेको छ ।

  • एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here