आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

एएफसी यूथ-२३ च्याम्पियनसिप छनोट चरणको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘ए’ मा

एएफसी यूथ-२३ च्याम्पियनसिप छनोट चरणको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘ए’ मा

खेलकुद, समाचार
माघ-७, काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबल अन्तर्गत छनोट चरणको खेल तालिका सार्वजनिक भएको छ । कतारमा हुने यूथ–२३ च्याम्पियनसिप फुटबल छनोट चरणको पहिलो खेलमा नेपालले आफुभन्दा बलियो प्रतिद्वन्द्वी ओमानको सामना गर्नुपर्ने भएको छ । एसियन फुटबल महासंघ (एएफसी) ले हिजो सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले समूह ‘ए’ को पहिलो खेलमा मार्च २२ तारिखमा ओमानसँग खेल्ने भएको हो । त्यस्तै नेपालले २४ मार्चमा कतारसँग तथा २६ मार्चमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष टोलीले थाईल्याण्डमा हुने एएफसी यूथ–२३ च्याम्पियनसिप खेल्न पाउनेछन् । त्यसैगरी दोस्रो टोली मध्ये उत्कृष्ट चार टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन् । च्याम्पियनसिपका लागि कुल ४४ टोलीले ११ समूहमा विभाजित भएर छनोट खेल खेलिरहेका छन् जसमध्ये ११ समुहबाट छानिने १६ टोलीले फाइनल चरण खेल्नेछन् ।...
प्रिमियर लिग फुटबलमा आर्सनलद्वारा चेल्सी  पराजित

प्रिमियर लिग फुटबलमा आर्सनलद्वारा चेल्सी पराजित

खेलकुद, समाचार
माघ—६, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीविरुद्द आर्सनलले जित निकालेको छ । गएराति आर्सनलको आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई २–० ले पाराजित गर्यो । निकै प्रतिस्पर्धात्मक खेलमा आर्सनलको जितमा अलेक्जेण्डर लाकाजेट् र लरेन कोसेल्नीले एक–एक गोल गरे । जितसँगै आर्सनलले अंक तालिकाको तेस्रो स्थानको चेल्सीसँगको दुरी ३ अंकमा सिमित गरेको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत नै गएराति भएको अर्को खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ४–३ ले पाखा लगाउदा म्यान्चेस्टर युनाईटेडले ब्राईटनलाई २–१ ले पराजित गर्यो । यसैगरी साउथह्याम्पटनले एभर्टनलाई २–१ ले हराउदा बर्नमाउथले वेष्ट ह्याम युनाईटेडमाथि २–० को जित निकाल्दा न्यूकासल युनाइटेडले कार्डिफ सिटीलाई ३–० ले पराजित गर्यो भने वाट्फोर्डले बर्नलेसँग गोलरहित बराबरीमा चित्त बुझायो । गएरातिका खेलपछि इंग्लिस प्रिमियर लिग फुटबलको अंक ता...
ला लिगा फुटबमा रियल मड्रिड तेस्रो स्थानमा, सेभिया २–० ले पराजित

ला लिगा फुटबमा रियल मड्रिड तेस्रो स्थानमा, सेभिया २–० ले पराजित

खेलकुद, समाचार
माघ—६, काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सेभियालाई रियल मड्रिडले २–० ले पराजित गरेको को छ । गएराति रियालको घरेलु मैदानमा भएको खेलमा उसलाई विजयी गराउन कासेमिरो र लुका मोड्रीचले एक–एक गोल गरे । यो जितसँगै रियाल मड्रिड अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने सेभिया चौथो स्थानमा झरेको छ । ला लिगामा गएराति नै भएका अन्य खेलहरुमा एथ्लेटिको मड्रिडले हुएस्कालाई ३–० ले पराजित गर्दा भ्यालेन्सियाले सेल्टा भिगोमाथि २–१ को जित दर्ता गर्यो। गएरातिका खेलको समाप्ति पछि ला लिग फुटबलको अंक तालिकामा १९ खेलबाट ४३ अंक जोडेको बार्सिलोनाको अग्रता कायमै छ भने एक खेल बढी खेलेको एथ्लेटिको मड्रिडको ४१ अंक रहेको छ त्यस्तै रियाल मड्रिडको ३६ अंक रहेको छ । ला लिगा फुटवल अन्तर्गत बार्सिलोनाले आज राति लेगानेजसँग प्रतिस्पर्धा गर्दै छ ।...
नेपाल इण्डोनेसियालाई ९२ रनले पराजित गर्दै महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा

नेपाल इण्डोनेसियालाई ९२ रनले पराजित गर्दै महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा

खेलकुद, समाचार
माघ—४, काठमाडौं । इण्डोनेसियालाई सेमिफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कूल १२० रनको विजयी लक्ष्य पच्छ्याउने क्रममा मात्र २७ रन बनाउँदा इण्डोनेसिया अल आउट भएको थियो । ओपनर युलियाले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । उसका चार खेलाडीले खाता खोल्न सकेनन् । नेपालको लागि कप्तान रुबिना क्षेत्रीले तीन, कविता कुँवर, नेरी थापा, सीता रानामगर र सरिता मगरले एक÷एक विकेट लिएका थिए । प्रतियोगितामा नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । इण्डोनेसिया समूह ‘बी’को उपविजेता बनेको थियो । एघार रन बनाउँदा इण्डोनेसियाले पहिलो विकेट गुमाएको थियो भने दोस्रो विकेट १९ रन, त्यसपछि आठ रन जोड्ने क्रममा इण्डोनेसियाले आठ विकेटनै गुमाउन पुगेको थियो । ९२ रनको जित...
इटालीयन सुपर कप अन्तर्गत एसी मिलानलाई हराउँदै युभेन्टसले जित्यो उपाधि

इटालीयन सुपर कप अन्तर्गत एसी मिलानलाई हराउँदै युभेन्टसले जित्यो उपाधि

खेलकुद, समाचार
काठमाडौँ, माघ— ३ यो वर्षको इटालीयन सुपर कप फुटबलको उपाधि युभेन्टसले जितेको छ । साउदी अरबको जेदाहमा गएराती सम्पन्न खेलमा एसी मिलानलाई हराउँदै युभेन्टसले किर्तीमानी आठौं पटक सुपर कपको उपाधि आफ्नो बनाएको हो । युभेन्टसलाई उपाधि दिलाउन पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले निर्णायक गोल गरे । इटालीयन लिग सिरी ए मा शिर्ष स्थानमा रहेको युभेन्टसका लागि रोनाल्डोको यो व्याक्तिगत १६ औं गोल हो । इटालीयन सुपर कप फुटबलमा अघिल्लो सिजनको सिरी ए च्याम्पियन र ईटालीयन कप च्याम्पियनले प्रतिस्पर्धा गर्ने प्रावधान रहदै आएको छ ।...
महिला टी–२० महिला क्रिकेट प्रतियोगितामा समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

महिला टी–२० महिला क्रिकेट प्रतियोगितामा समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

खेलकुद, समाचार
काठमाडौँ, माघ— २ । थाइल्याण्डमा जारी महिला टी–२० महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले अल आउट हुनुपूर्व १५ ओभर ४ बलमा १९ रन मात्र बनाउन सक्यो । थाइल्याण्डले दिएको २० रनको सामान्य लक्ष्य नेपालले एक विकेट गुमाएर ३.३ ओभरमा पूरा गर्‍यो । थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका आरती विडारीले ३, इन्दु बर्मा र सरिता मगरले समान २-२ विकेट तथा रूविना क्षेत्री, सोनु खड्का र सीता रानामगरले एक/एक विकेट लिए । आयोजक थाइल्याण्डका लागि तान्चानोक फोप्लुकले सर्वाधिक चार रन बनाइन् । नेपालले अतिरिक्त सात रन दिएको थियो भने थाइल्याण्डका पाँच खेलाडी शून्यमा आउट भएका थिए । ...
च्यासललाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

च्यासललाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

खेलकुद, समाचार
कैलाली, पुस-३० । सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा च्यासल युथ क्लबलाई हराउँदै थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा सोमबार भएको क्वार्टरफाइनल खेलमा थ्रीस्टारले च्यासललाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो हाफ गोलरहित रहेको खेलमा थ्रीस्टारलाई जित दिलाउने क्रममा खेल सकिन तीन मिनेट समय बाँकी छँदा रुपेश केसीले गरेको एकमात्र गोल निर्णायक बन्यो । सुनील बलको क्रसमा रुपेशले हेडमार्फत् गोल गरेका थिए । थ्रीस्टारको जितमा निर्णायक गोल गरेक रुपेश नै ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । थ्रीस्टारले अब फाइनल प्रवेशका लागि बुधबार मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसंग प्रतिस्पर्धा गर्नेछ । मंगलबार हुने अन्तिम क्वार्टरफाइनलमा भने संकटा क्लबले क्यामरुनको दाफिनास एफसीसंग भिड्दै छ ।...
महिला टी–२० क्रिकेटमा नेपाल सेमिफाइनलमा प्रवेश, युएईमाथि ६ विकेटको जित

महिला टी–२० क्रिकेटमा नेपाल सेमिफाइनलमा प्रवेश, युएईमाथि ६ विकेटको जित

खेलकुद, समाचार
काठमाडौं, पुस-३० । नेपाल लगातार तेस्रो जितसहित थाइल्यान्डमा जारी महिला टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो खेलमा नेपालले युएईलाई ६ विकेटले पाराजित गर्यो । युएईले दिएको १०६ रनको सामान्य लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको लागि ओपनर सीता रानामगरले सर्वाधिक ३७ रन बनाएको इनिङ्समा काजल श्रेष्ठले २५ तथा इन्दु बर्माले १३ रनको योगदान दिइन् । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०५ रन जोडेको थियो । छाया मुघलले सर्वाधिक ३१ रन बनाएको युएईको इनिङ्समा तीन खेलाडी रनआउट भएका थिए । नेपालका लागि सोनु खड्का, सीता रानामगर र करुणा भण्डारीले समान एक/एक विकेट लिए । पहिलो खेलमा चीनलाई १० विकेटले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको नेपाल लगातार तेस्रो जितसहित अन्तिम चार...
म्यान्चेस्टर युनाईटेडद्वारा टोटनह्याम पराजित,  बर्नमाउथ विरुद्द एभर्टनको जीत

म्यान्चेस्टर युनाईटेडद्वारा टोटनह्याम पराजित, बर्नमाउथ विरुद्द एभर्टनको जीत

खेलकुद, समाचार
काठमाडौं, पुस-३० । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाईटेडसंग टोटनह्याम हट्सपर पराजित भएको छ । गएराति टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड १–० गोल अन्तरले विजयी भयो । युनाइटेडको प्रशिक्षकमा पूर्व खेलाडी ओले गुना सोल्सायर नियुक्त भएपछि युनाइटेडको यो लगातार छैटौं जित हो । टोटनह्यामविरुद्ध म्यान्चेस्टर युनाईटेडको जीतमा मार्कस रास्फोर्डले निर्णायक गोल गरे । जितसँगै म्यानचेष्टर युनाइटेड ४१ अंक बनाउँदै लिगको पाँचौं स्थानमा उक्लिएको छ भने ४८ अंक बनाएको टोटनह्याम लिग लिडर लिभरपुलभन्दा ९ अंकले पछि पर्दा उपाधि अभियानमा धक्का लागेको छ । प्रिमियर लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा एभर्टनले बर्नमाउथलाई २–० ले पराजित गर्यो । आज राती हुने प्रिमियर लिगको खेलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले वुल्भरह्याम्पटन वान्डरर्ससँग प्रतिस्पर्धा गर्दैछ...
मेस्सीले लिग फुटबलमा राखे चार सय गोलको कीर्तिमान

मेस्सीले लिग फुटबलमा राखे चार सय गोलको कीर्तिमान

खेलकुद, समाचार
काठमाडौं, पुस-३० । अर्जेन्टाइनी फुटवल खेलाडी लियोनल मेस्सीले स्पेनिस लिग फुटबलमा चार सय गोलको कीर्तिमान कायम गरेका छन् । गएराति भएको खेलमा आइबार विरुद्ध गोल गर्दै मेस्सीले आफ्नो खेल करियरमा अर्को कोसेढुंगा पार गरे । खेलमा आईबार ३–० ले पराजित भयो । मेस्सी स्पेनिस लिग ला–लिगामा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले ४ सय गोलको कीर्तिमान बनाउन कुल ४ सय ३५ खेल खेलेका छन् । युरोपको कुनै एउटै लिगमा ४ सय गोल गर्ने मेस्सी नै पहिलो खेलाडी बनेका छन् । अहिलेसम्म युरोपको शीर्ष पाँच लिगमा ४ सय गोल पूरा गर्ने जम्मा दुई खेलाडी रहेका छन् । पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले ४ सय ९ गोल गरिसकेका छन् । रोनाल्डोले इङ्ल्याण्ड, स्पेन र इटलीका लिगमा गरी कुल ५ सय ७ खेल खेलेका छन् । मेस्सीले भने एउटै लिगमा यो सफलता हात पारेका हुन् । ला लिगामा गएरातिको जितसँगै बार्सिलोनाले १९ खेलबाट ४३ अंक सहित ...