खानाको पारखीहरुको लागि उत्कृष्ट गन्तब्य बन्दै सिलौटी रिसोट
काठमाडौँ,११ बैशाख । जुनसुकै ब्यवसायमा प्रतिस्पर्धा हुने गर्छ । त्यसमाथि नि होटल, रेष्टुरेण्ट ब्यवसायमा त प्रतिस्पर्धा नहुने कुरै भएन । यसै क्रममा आफ्ना ग्राहकहरुलाई भिन्न स्वाद पस्कने हेतुले ललितपुर, नकिपोट स्थित अत्याधुनिक फेमिली रेस्टुरेण्ट ‘सिलौटी रिसोट’ झण्डै आधा दशक देखि सञ्चालनमा आईरहेको छ । अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सु,सम्पन्न भएको ‘सिलौटी रिसोट’मा स्वदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रिसोट सञ्चालनमा ल्याईएको सञ्चालक कविन श्रेष्ठ ‘न्याछ्यौ’ बताउँछन् । युवा ब्यबसायीहरु मिलेर केहि गरु भन्ने उदेश्यको साथ खोलिएको ‘सिलौटी रिसोट’ मा सेकुवा, परिकारहरु जसलाई फरक खालको ओभनबाट हाईजेनिक तबरले तयार पारिएको र नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ भने अन्तराष्ट्रिय स्तरको विभिन्न ड्रिंक्सको साथमा कक्टेलको मि...









