आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

काभ्रेमा पनि देखियो सलह किरा

काभ्रेमा पनि देखियो सलह किरा

आर्थिक, समाचार
काभ्रे । काभ्रेको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा सलह किरा भेटिएको छ । गाउँपालिकामा आज दिउँसो सलह किरा देखिएको गाउँपालिकाका प्रवक्ता मान बहादुर गोलेले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका विभिन्न स्थानमा सलह किरा भेटिएको हो । सलह किराको समूहले गाउँपालिकामा क्षति पुर्याए, नपुर्याएको भने खुलिसकेको छैन । गाउँपालिकामा सलह किरा भित्रिएसँगै स्थानीय कृषक चिन्तित बनेका छन् । सलह किरा भित्रिएसँगै यकिन विवरण संकलन गर्न गाउँपालिका जुटेको छ । ...
फेयर एण्ड लभ्लीमाथि रंगभेदी भएको आरोप लागेसँगै,नाम बदल्ने घोषणा

फेयर एण्ड लभ्लीमाथि रंगभेदी भएको आरोप लागेसँगै,नाम बदल्ने घोषणा

अन्तराष्ट्रिय, आर्थिक, समाचार
चर्चित ब्युटी क्रिम फेयर एण्ड लभ्लीको नाम परिवर्तन हुने भएको छ । गोरोपनालाई बढावा दिने भन्दै विज्ञापन गर्दै आएको फेयर एण्ड लभ्लीमाथि रंगभेदी भएको आरोप लागेसँगै निर्माता कम्पनी युनिलिभरले फेयर एण्ड लभ्लीको मार्केटिङको तरिका तथा ब्राण्ड नाम बदल्ने घोषणा गरेको हो । बिहिबार एक विज्ञप्ती जारी गर्दै युनिलिभरले आगामी केही हप्तामै फेयर एण्ड लभ्लीको ब्राण्ड नाम परिवर्तन हुने जनाएको छ। साथै अब आफ्ना उत्पादन तथा विज्ञापनहरुमा गोरो वा गोरोपन जस्ता शव्दहरुको प्रयोग नगर्ने पनि युनिलिभरले घोषणा गरेको छ । छालाको सौन्दर्य सम्बन्धी उत्पादनहरुमा सुन्दरताको मानकलाई लिएर मानिसहरुको सोँच बदलिइरहेको भन्दै उसले अब यसमा सबै तप्कालाई सामेल गरिने जनाएको छ । छालाको सौन्दर्य प्रशाधन सम्बन्धी आफ्ना विश्वस्तरीय उत्पादनहरुका विषयमा आफु पूर्णरुपमा सचेत रहेको भन्दै युनिलिभरले अब सबै रङ तथा प्रकारको छालालाई ध्य...
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफुखुशी सवारी संचालन हुन थाले पछि  जनायो आपत्ती

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफुखुशी सवारी संचालन हुन थाले पछि जनायो आपत्ती

आर्थिक, समाचार
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ। महासंघका महासचिव पुण्यप्रसाद सिटौलाले बुधबार साँझ विज्ञप्ति जारी गरी बन्दाबन्दी कायमै रहेको अहिलेको अवस्थामा सवारी साधनबाट यात्रु नओसार्न आग्रह गरेका छन्। ‘महासंघको नाम जोडेर केही व्यवसायीले आफुखुशी सार्वजनिक सवारी साधन सञ्चालन गरेकोप्रति ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ। ‘सार्वजनिक बसमा आफुखुशी यात्रु ओसारपसार गराउने कार्य गैरजिम्मेवार काम हो, यसको महासंघले घोर भत्र्सना गर्दछ,’ जारी विज्ञप्तीमा भनिएको छ। महासंघले स्वास्थ्य मापदण्डलाई समेत पालना नगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्दा कोभिड–१९ को जोखिम हुने भएकाले यस्ता काम नगर्न सरकारलाई समेत अुनरोध गरेको छ। विज्ञप्तिमा सार्वजनिक सवारी साधनले मनोमानी ढङ्गले यात्रु ओसारपसार गर्दा हुने कोरोनाको ...
आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु

आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु

आर्थिक, समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको गए राती मृत्यु भएको छ । अस्पतालले दिएको जानकारी अनुसार गए राति ११: ५५ मा उनको मृत्यु भएको हो । मृतक असार ८ गते आइसियूमा भर्ना भएका स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । कोरोना भाइरस पोजेटिभ भेटिएका उनको शव व्यवस्थापनको तयारी भई रहेको छ । यसअघि पनि वालिङका एक पुरुषले कोरोना भाइरसको कारण ज्यान गुमाई सकेका छन् । यो सँगै गण्डकीमा कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ । ...
नेपाललाई विश्व बैंकले दियो १२ अर्ब ऋण

नेपाललाई विश्व बैंकले दियो १२ अर्ब ऋण

आर्थिक, समाचार
काठमाडौं । विश्व बैंक र अर्थ मन्त्रालयबीच १० करोड अमेरिकी डलर (करीव १२ अर्ब रुपैयाँ) ऋण सहायतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार अर्थ मन्त्रालयमा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका नेपाल प्रमुख फारिस हदाद जर्भोसले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यसअघि विश्व बैंकले गत २१ जेठमा कोभिड १९ को प्रभाव न्यूनिकरण तथा विद्युत क्षेत्रको सुधारका लागि १० करोड अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकृत गरेको थियो । यो रकम डेभलपमेन्ट पोलिसी क्रेडिट (डीपीसी) अन्तर्गत प्राप्त भएको हो । खासगरी नेपाल विद्युत प्राधिकरणको वित्तीय क्षमता अभिवृद्धिमा विश्व बैंकले लगानी गरेको छ । विद्यूत क्षेत्रमा थप आर्थिक सम्भाब्यताको खोजी गर्न गर्नुपर्ने नीतिगत, नियमन र संस्थागत सुधारमा विश्व बैंकको सहायता उपयोग हुने बैंकले जनाएको छ । प्राधिकरणको पुनर्संरचना गरी संघीयता अनुसार बलियो संस्...
सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुग्यो

सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुग्यो

आर्थिक, समाचार
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा रु ५०० ले बढेर तोलामा ९१ हजार १०० रुपैंयाँमा कारोबार भएको हो । यो मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यसअघि गत सोमबार सुन तोलामा ९१ हजार पुगेको थियो । तर त्यसको भोलिपल्ट अर्थात मंगलबार घटेर ९० हजार ६०० रुपैयाँमा कारोबार भएपनि बुधबार फेरि बढ्न पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसैगरी बुधबार तेजावी सुन तोलामा ९० हजार ६६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी बुधबार तोलामा ९४५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ। मंगलबार चाँदी तोलामा ९४० रुपैयाँमा कारोबार भएको थियो । ...
निजी क्षेत्रमा अख्तियार प्रवेश गर्न पाउने विधेयक अघि बढ्यो

निजी क्षेत्रमा अख्तियार प्रवेश गर्न पाउने विधेयक अघि बढ्यो

आर्थिक, समाचार
काठमाडौँ– निजी क्षेत्रलाई समेत अख्तियारको क्षेत्राधिकारभित्र रहने गरी प्रस्ताव गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग(तेस्रो संशोधन) विधेयक अघि बढेको छ। निजी क्षेत्रमा समेत अख्तियार प्रवेश गर्न पाउने गरी सरकारले ल्याएको संशोधन विधेयकलाई अझ प्रष्ट पार्दै विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभापति पर्शुराम मेघी गुरुङले राष्ट्रियसभामा पेश गरेका हुन्। निजी क्षेत्रले आयोगको क्षेत्राधिकार बढाएको विषयमा विरोध जनाइरहेका बेला संसदले भने विधेयकलाई कानुनी रुप दिन अघि बढाएको हो। निजी कम्पनी, बैंक, मेडिकल कलेजलगायतका निकायलाई ‘सार्वजनिक संस्था’को परिभाषाभित्र समेटेर आयोगको क्षेत्राधिकार बढाउन बढाउन खोजिएको हो। सभापति गुरुङले राष्ट्रियसभामा पेश गरेको प्रतिवेदनमा सार्वजनिक संस्था अन्तरगत ‘नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको स्तर वा प्रकारका बैंक, वित्तिय संस्था, बीमा व्यवसाय...
उच्च सतर्कता अपनाउदै व्यवसाय संचालन गरौं : उर्मिला श्रेष्ठ,अध्यक्ष  नेपाल महिला चेम्बर्स

उच्च सतर्कता अपनाउदै व्यवसाय संचालन गरौं : उर्मिला श्रेष्ठ,अध्यक्ष नेपाल महिला चेम्बर्स

आर्थिक, समाचार, समाज
काठमाण्डौं – नेपाल महिला चेम्बरले आईतबार भर्चुअल कार्यशालाको आयोजना गरेको छ । जारी लकडाउनका कारण महिला उद्यमशीलतामा देखिएको चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा केन्द्रित रहेर महिला चेम्बरले उक्त कार्यशालाको आयोजना गरेको हो । कार्यशालामा नेपाल महिला चेम्बर सम्बद्ध सदस्यहरुको सहभागीता रहेको थियो । साना तथा मझौला उद्योग तथा व्यापारको क्षेत्रमा सकृय उद्यमी महिलाहरुलाई लक्षित गरि आयोजित उक्त कार्यशालामा राष्ट्र«भर छरिएर रहेका शाखा संजालबाट करिब ५० जनाको सहभागीता रहेको थियो । ब्राण्डिङ्ग, अनलाईन बिजनेश प्रबद्र्धन र डिजिटल पेमेण्टको विषयमा केन्द्रित रहेको उक्त कार्यशालामा पैेलक प्रबिन, अदिती गोयल र अनमोल रतेरियाले प्रशिक्षण दिएका थिए । सो अवसरमा पैेलक प्रबिनले ब्राण्डिङ्गमा व्यक्तिगत र सांगठनिक (पर्सनल र अर्गनाईजेशन) गरि दुई कोणबाट कसरी प्रबद्र्धन गर्ने भन्ने बारेमा स्पष्ट पार्दै बद्लिदो ...
कुवेतमा नेपालीद्वारा आत्महत्या प्रयास

कुवेतमा नेपालीद्वारा आत्महत्या प्रयास

Featured, अन्तराष्ट्रिय, अपराध, आर्थिक, समाचार
कुवेतस्थित एक शहरमा एक नेपाली पुरुषले आत्महत्याको प्रयास गरेका छन्। महाबुल्ला शहरबाट ती पुरुषलाई त्यहाँस्थित फिन्टास प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। कोरोना संक्रमणको हटस्पट मानिएको महाबुल्ला क्षेत्र ३ महिनादेखि आइसोलेटमा रहेको क्षेत्र हो। कडा सुरक्षा अपनाइएको उक्त क्षेत्रको एक स्टोरको छतमा मानिस देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। पक्राउपछि ती व्यक्ति नेपाली रहेको र आत्महत्याका लागि छतमा आएको प्रहरी स्रोतलाई उद्धृत गर्दै अरबटाइम्स अनलाइनले जनाएको छ। ...
वेद विद्याश्रमलाई सनराइज ब्यांकको दुईलाख २५ हजार र खाद्य सामग्री सहयोग

वेद विद्याश्रमलाई सनराइज ब्यांकको दुईलाख २५ हजार र खाद्य सामग्री सहयोग

आर्थिक, शिक्षा, समाचार
बुढानिलकण्ठ वेद विद्याश्रमलाई सनराइज ब्यांकले रु. दुईलाख २५ हजार र खाद्य सामग्री सहयोग गरेको छ। बन्दाबन्दीको वेला उक्त विद्याश्रममा रहेका छात्रहरुलाई आर्थिक र खाद्य सामग्री प्रबन्ध गर्न कठिनाइ भएकाले ब्यांकले सो सहयो उपलब्ध गराएको जनाएको छ। ब्यांकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ वेद विद्याश्रमलाई सो आर्थिक सहयोग गरेको पनि जनाएको छ। शनिबार एक कार्यक्रम बीच बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल र ब्यांकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा रु. दुईलाख २५ हजार नगदको चेकका साथै पूजा सामग्री, दाल, चामल, गेडागुडी गहुँ, पिठो, तेल आदि खाद्य सामग्री बुढानिलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्दलाई हस्तान्तरण गरेका थिए। ...