आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

अब कुनै पनि सहकारीले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

अब कुनै पनि सहकारीले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

आर्थिक
असोज ६ काठमाडौं । अब सहकारी संघसंस्थाले कर्जा प्रवाह गर्दा १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । २०७७ कात्तिक १५ देखि ४।७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका हुन् ।सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले सोमबार यस्तो निर्णय गरेको हो ।यसअघि सहकारीले १६ प्रतिशत सन्दर्भ ब्याजदर लिदै आएका थिए । सहकारी संस्थाहरूले आफूखुसी जथाभावी बढी ब्याज लिँदै आएकाले त्यसलाई नियन्त्रण गर्न भन्दै समितिले ०७६ साउन १९ देखि १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकेको थियो । अहिले सोही दरलाई परिमार्जन गरिएको छ । अब सहकारी संस्थाले बचतमा अधिकतम् ८.७५ प्रतिशतभन्दा बढी ब्याज दिन नपाउने भएका छन् । कर्जा र बचतको ब्याजअन्तर ६ प्रतिशत भन्दा कम हुनु पर्ने व्यवस्थाको कारण सहकारीले बचतमा पनि धेरै ब्याज दिन नपाएका हुन् । ...
बंगलादेशबाट रसायनिक मल नेपाल ल्याउन भारत सरकारले सहयोग गर्ने

बंगलादेशबाट रसायनिक मल नेपाल ल्याउन भारत सरकारले सहयोग गर्ने

आर्थिक
असोज ६ काठमाडौं । बंगलादेशबाट रसायनिक मल नेपाल ल्याउन भारत सरकारले सहयोग गर्नेभएको छ। आज कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले सहयोग गर्ने बताएका हुन्। बंगलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउनलाग्दा सबै तर्फबाट सहयोग गर्न भारत तयार रहेको उनले बताएका हुन्। उनले रासायनिक मलको नियमित तथा दीर्घकालीन आपूर्तिका लागि भारत सधैँ तयार रहेको बताएका थिए। छलफलमा द्धिपक्षीय सम्बन्ध, खाद्य गुणस्तर मापन, क्वारेन्टिनको प्रभावकारिता लगायतका विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा।. हरिबहादुर केसीले जानकारी दिए। ढुवानीकालागि बोलपत्र आह्वानगत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि मन्त्रालयलाई सापटीमा मल ल्याउने अनुमति दिएपछि मन्त्रालयले कृषि सामग्री कम्पनीलाई जिम्...
किवानिज गभर्नर लम्सालको सम्मानमा नाटोजले राख्यो कार्यक्रम

किवानिज गभर्नर लम्सालको सम्मानमा नाटोजले राख्यो कार्यक्रम

आर्थिक, समाचार
किवानिज गभर्नर लम्सालको सम्मानमा नाटोजले राख्यो कार्यक्रम नेपाल पर्यटन पत्रकार संघ (नाटोज) ले किवानिज इन्टरनेसनल क्लबको नेपाल डिस्ट्रिक्ट गभर्नर चुनिएका वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्साललाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । लम्सालको सम्मानमा आइतबार राजधानीमा एक कार्यक्रम गरी नाटोजले बधाई दिएको हो । कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महत, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, उद्योग व्यवसायी कमिटिका अध्यक्ष कमल सापकोटा, नेपाल रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने लगायतले लम्सालको प्रशंसा गर्दै बधाईसँगै सफल कार्यकालको शुभकामना दिए । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का अध्यक्ष शिव अधिकारी अविरलले लम्साललाई समाजसेवाका तारा भन्दै उनको कार्यकालमा किवानिज नेपाल डिस्ट्रिकले थप गतिशीलता प्राप्त गर्ने विश्वास व्यक्...
बैंक अफ काठमाडाैं र ‘खल्ती’ डिजिटल वालेटबीच सहकार्य, बैंक खाताबाट भुक्तानी गर्न सकिने

बैंक अफ काठमाडाैं र ‘खल्ती’ डिजिटल वालेटबीच सहकार्य, बैंक खाताबाट भुक्तानी गर्न सकिने

आर्थिक
असाेज ५ काठमाडाैं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न दिन खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ । यस सम्बन्धि सम्झौतापत्रमा बैंक अफ काठमाण्डू लिमिटेडका बजार व्यावस्थापन प्रमुख रितेश लामिछाने र खल्ती डिजिटल वालेटका निर्देशक अमित अग्रवालले एक कार्याक्रमका बिच हस्ताक्षर गर्नुभएको छ । सम्झौतापछि बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुले आफ्नो बैंक खाता लिंक गरेर, बैंकको डिजिटल सेवाहरु मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग मार्फत ‘खल्ती’मा सजिलै पैसा लोड गर्नु सक्नुहुनेछ । साथै ग्राहक महानुभावहरुले खल्तीबाट उपलब्ध डिजिटल सुबिधाहरु प्रयोग गर्न सक्नुहुनेछ । यस सहकार्यबाट बैंकका सम्पूर्ण ग्राहकले बैंकबाट उपलब्ध सुबिधाहरु (मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी आदी) को साथै अक्तिरित डिजिटल भुक्त...
शेयर कारोवार ओरालो लाग्यो

शेयर कारोवार ओरालो लाग्यो

आर्थिक
असाेज ५ काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ६.१२ बिन्दुले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा गिरावट आउँदा परिसूचक एक हजार ५६९.०६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.३८ ले ओरालो लागेर ३१२.२४ मा पुगेको छ । कूल १९५ कम्पनीको ८५ लाख ६५ हजार ७८ कित्ता शेयर रु दुई अर्ब ६३ करोड ७३ लाख ७६ हजार २१६ बराबरको कारोवार भएको छ । कारोवार भएक कूल १२ उपसमूहमध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । सो उपसमूह १२.२३ ले उकालो लाग्दा बैंकिङ ४.३२, व्यापार १०.९९, होटल ३२.६१, विकास बैंक ११.५, जलविद्युत् ५.८८, वित्त ९.४३, निर्जीवन बीमा ५४.९८, अन्य १.४३, लघुवित्त ७.३८, जवन बीमा ६७.८५ र सामूहिक लगानी कोष ०.११ बिन्दुले ओरालो लागेका छन् । कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो...
मोबाइलबाटै विप्रेषण पठाउन सकिने व्यवस्था कार्यान्वयनमा

मोबाइलबाटै विप्रेषण पठाउन सकिने व्यवस्था कार्यान्वयनमा

आर्थिक
 असाेज ५ काठमाडाैं । वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले मोबाइल मार्फत नै आफूले कमाएको पैसा पठाउन सक्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्था पछि अब पैसा हराउने र समयमा प्राप्त नहुने जस्ता समस्याको समाधानहुने भएको छ । केन्द्रीय बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड र डिजिटल वालेटमार्फत् रेमिट्यान्स पठाउन मिल्ने नयाँ व्यवस्था गरेको छ । विद्यमान व्यवस्था अनुसार विप्रेषण रकम बैंकिङ प्रणाली वा विप्रेषण सेवा प्रदायक कम्पनीले मात्रै पठाउँदै आएका थिए । नयाँ व्यवस्था पछि मोबाइलबाटै सहज रुपमा पैसा पठाउन सकिने भएको हो । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक परिपत्र मार्फत विदेशमा रहेका नेपालीले विद्युतीय माध्यमबाटै नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको हो । बैं...
विदेशबाट फर्केर गाउँमै कुखुरापालन व्यवसाय शुरु

विदेशबाट फर्केर गाउँमै कुखुरापालन व्यवसाय शुरु

आर्थिक
असाेज ५ काठमाडाैं । कोरोनाको सङ्क्रमणबाट जोगिन भारतलगायत विभिन्न खाडी मुलुकहरुबाट स्वदेश फर्किएका युवा यहीँ विभिन्न व्यवसाय र काम गरेर बस्न थालेका छन् । विदेशमा कोरोनाको सङ्क्रमण झन बढेपछि उनीहरुले विदेश जाने सोच बदलेर गाउँघरमै आफूले जानेका सीप र श्रम लगाएर काम गर्न थालेका हुन् । गत चैत्रको दोस्रो साता भारतको नयाँदिल्लीबाट घर फर्कनुभएका दाङको राप्ती गाउँपालिका­३ छोट्की सिसहनियाका खेमराज खड्काले अहिले गाउँमै कुखुरापालन व्यवसाय शुरु गर्नुभएको छ । नयाँदिल्लीमा रहँदा होटेलको कुकको काम गरेका खड्काले स्थानीय एग्रोभेटको प्राविधिक सहयोगमा कुखुरा पाल्न थाल्नुभएको हो । लमही नगरपालिका ७ का अनिल चौधरीले कतारबाट फर्केर अहिले घर निर्माणको काम गरी रहनुभएको छ । उहाँले कतारमा रहँदा पनि निर्माण मजदूरको काम गरेकाले लमही बजारमा कामको लागि जाने गरेको बताउनुहुन्छ । “खाली बस्दा साँझ विहान के खाने भन्ने च...
मर्जरको कुनै निर्णय भएको छैन :सिभिल बैंक

मर्जरको कुनै निर्णय भएको छैन :सिभिल बैंक

आर्थिक
असाेज ५ काठमाडाैं । सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने कुनै प्रकारणको निर्णय नभएको स्पष्टिकरण दिएको छ । हिमालयनसँग मर्जरमा जान लागेको भन्दै हल्ला फैलिएपछि आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंकसँग स्पष्टीकरण सोधेको थियो । सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नेप्सेलाई जवाफ पेश गर्दै मर्जरमा जानका लागि कुनै पनि निर्णय नभएको र आफूले यस्तो बाहिर नल्याएको पनि बताएका छन् । हिमालयन बैंकले प्राप्ति गर्न लागेको भन्दै केहि सञ्चार माध्यममा समाचार प्रकाशन भएको प्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको भन्दै सीईओ गुरुङले बैंकले आधिकारिक रुपमा कुनै पनि त्यस्तो सम्प्रेषण नगराएको पनि दावी गरेका छन् । धितोपत्र सूचीकरणनिवियमावली अनुसार सेयर मूल्यमा प्रभाव पार्ने कुनै निर्णय वा कारोबार भएमा यस अघि समयमै जानकारी दिने गरेको र आगामी दिनमा पनि समयमा नै जानकारी दिने सीईओको ...
सोमबार बढ्यो सुनको मुल्य

सोमबार बढ्यो सुनको मुल्य

आर्थिक
असाेज ५ काठमाडाैं । नेपाली बजारमा साताको दोस्रो दिन सुनको मुल्य बढेको छ । आज आइतबार प्रतितोला ९७ हजार रुपैयाँमा किनबेच भएको सुनको मुल्य आज बढेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
इन्फिनिक्सको नोट सेभेन सिरिजमा छन् यस्ता नयाँ फिचर

इन्फिनिक्सको नोट सेभेन सिरिजमा छन् यस्ता नयाँ फिचर

आर्थिक
असाेज ५ काठमाडाैं । इन्फिनिक्सले हालसालै नयाँ नोट ७ सिरिज बजारमा ल्याएको छ । बजारबाट सकारात्मक प्रतिक्रिया पाएको यस फोनको बिक्री र ग्राहक सन्तुष्टीले उल्लेखनिय प्रतिफल प्राप्त गरेको विश्वास लिइएको छ । यसैलाई मध्यनजर गर्दै अझ विविध विशेषता सहितको नोट ७ को अको संस्करण (६ जिबी र १२८ जिबी) लाइ निकैनै प्रतिस्पर्धात्मक मुल्य रु २३,९०० मा बजारमा भित्राएको छ । इन्फिनिक्सका लागि नेपालको वितरक ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडले यस फोन Forest, Greenर Bolivia Blue कलर सहित रिफ्लेक्टिभ ग्लासमा उपलब्ध रहेको जानकारी दिएको छ । लामो समयको प्रतिक्षा पश्चात् इन्फिनिक्सको नोट ७ अन्तत्बजारमा भित्रिएको छ । मोबाइल फोटोग्राफीमा आफ्नो छुट्टै इतिहास कायम गरिसकेको इन्फिनिक्सको यस फोनको प्रतिक्षाको मुख्य कारक पनि यस फोनको क्यामरा हो । यस इन्फिनिक्स नोट ७ मा ४८ MP quad Low-light क्यामरा रहेको छ । समय र यसक...