असोज ६ काठमाडौं । अब सहकारी संघसंस्थाले कर्जा प्रवाह गर्दा १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । २०७७ कात्तिक १५ देखि ४।७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका हुन् ।सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले सोमबार यस्तो निर्णय गरेको हो ।यसअघि सहकारीले १६ प्रतिशत सन्दर्भ ब्याजदर लिदै आएका थिए ।
सहकारी संस्थाहरूले आफूखुसी जथाभावी बढी ब्याज लिँदै आएकाले त्यसलाई नियन्त्रण गर्न भन्दै समितिले ०७६ साउन १९ देखि १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकेको थियो । अहिले सोही दरलाई परिमार्जन गरिएको छ ।
अब सहकारी संस्थाले बचतमा अधिकतम् ८.७५ प्रतिशतभन्दा बढी ब्याज दिन नपाउने भएका छन् । कर्जा र बचतको ब्याजअन्तर ६ प्रतिशत भन्दा कम हुनु पर्ने व्यवस्थाको कारण सहकारीले बचतमा पनि धेरै ब्याज दिन नपाएका हुन् ।
