असोज ७ काठमाडौं । भदौ १७ गतेदेखि बन्द रहेको रसुवागढी नाका बिहीबारदेखि खुल्ने भएको छ।
रसुवागढीस्थित भन्सार कार्यालयका अनुसार बुधबार एक कन्टेनर आएकोले बिहीबारदेखि दैनिक ५ वटा कन्टेनर सामान आयात हुने भएको हो।
नेपाली कामदारमा कारोना संक्रमण देखिएपछि नाका २०दिनदेखि बन्द रहेको थियो।
असोज ७ काठमाडौं । हुन्डाइ अटोमोवाइल्स नेपालको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरु माझ ‘यसपालिको दशैँ-तिहार वेलकम टु हुम्डाइ परिवार’ योजना ल्याएको छ । यो योजना भोलि मंगलबारदेखि मंसिर ५ गतेसम्म लागु हुनेछ । यो योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइएको कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्र्याच कार्ड मार्फत थप रु। १ लाख सम्मको नगद छुट पाउन सक्नेछन् । त्यसैगरी बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई औरा १ थान र हुन्डाई Grand i10 NIOS १ थान जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क वीमा पनि पाउनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले कोरोनाको कठिन समयमा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी उनीहरुलाई सम्मान स्वरुप “विशेष प्याकेज“ दिने निर्णय पनि गरेको जनाएको छ ।
...
असोज ७ काठमाडौं । एनसेलले नन्स्टप अफरहरु अन्तर्गत थप विकल्प प्रदान गर्दै टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको छ ।
‘प्लस’ थिम अन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखी ल्याइएका यी नयाँ प्याकहरु बुधबार (असोज ७) देखि सञ्चालनमा आएका छन् । ‘प्लस’ थिमले नयाँ र विशेष सेवाहरुको साथ ग्राहकलाई जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ ।
ग्राहकले आफ्नो आवश्यकताअनुसार एक दिन वा ३० दिनको समयसीमा रहेका यी प्याकहरु सजिलै सुरु गरी सुलभ दरमा यी सेवा लिन सक्छन् । ग्राहकले मात्र रु २५ (कर सहित रु ३१.९२) मा एक दिनको टिकटक वा फेसबुक प्याक सुरु गर्न सक्छन् ।
त्यस्तै ग्राहकले मात्र रु ३६० (कर सहित ४५९.६८) मा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याक लिइ आफूले लिएको प्याकको समयसीमा बाँकी रहेसम्म नन्स्टप रुपमा यसको फाइदा लिन सक्छन् । यतिमात्र नभइ यो ३० दिनको प्याक...
असोज ७ काठमाडौं । प्रभु बैंकले गत साउनमा बिक्री गरेको ‘प्रभु बैंकको डिबेन्चर २०८४’ नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको छ ।बैंकले १० प्रतिशत ब्याजदरमा ८ वर्षे अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८४’ जारी गर्दै एक हजार रुपैयाँ अंकित दरमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्रमा बिक्री गरेको थियो ।
नेप्सेमा ऋणपत्र सूचीकरण भएसँगै असोज ८ गतेदेखि कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।बैंकले कूल २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तबरबाट, त्यस्तै ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गरेको थियो ।
उक्त बैंकको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल बी रेटिङ्ग प्रदान गरेको थियो ।
...
असोज ७ काठमाडौं । रेनो नेपालको नम्बर एक यूरोपीयन ब्रान्डले आज नयाँ क्वीड गाडी आकर्षक मूल्य २४.९९ लाखको शुरुवाती मुल्यमा सार्वजनिक गरेको छ । नयाँ क्वीड गाडी डिजाइन, नवीनता र आधुनिकताको हिसाबले सफल उत्पादन भएको कम्पनीले बताएको छ ।
आकर्षक र नवीनताका स्तम्भहरूमा निर्मित, क्वीड नेपालमा रेनोको लागि खेल परिवर्तन गर्ने उत्पादन भएको छ । नयाँ क्वीड गाडी बोल्ड, अधिक स्टाइलिश र धेरै लोडेड फस्ट-इन-क्लास सुविधाहरूको साथ आउँछ । नयाँ क्वीड गाडी १ लिटर एससीई (स्मार्ट कन्ट्रोल इफिसेन्सी) पाउरट्रेन मैन्युअल र स्वचालित प्रसारण विकल्पहरूमा उपलब्ध रहेकको कम्पनीको जानकारी दिएको छ ।
नयाँ क्वीड गाडी सोमबारदेखि रेनाको सबै डीलरशिपमा उपलब्ध रहेको जनाएको छ । एडभान्स अटोमोबाइल प्रा.लि. का प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले भने, ‘रेनो क्वीडले पहिले नै नेपालमा एक कडा र बफादार ग्राहक आधार स्थापना गरिसकेको छ र नयाँ ...
असोज ७ काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सन्दर्भ ब्याजदर कार्यान्वयन नभएको पुष्टि गर्न चुनौती दिएका छन् । रजिष्ट्रार पाण्डेले सन्दर्भ ब्याजदर कार्यान्वयन नभएको भनेर ओठे जवाफ नभई संस्थाको नाम नै भनिदिन आग्रह गरे ।
बुधबार सन्दर्भ ब्याजदकार विषयमा छलफल गर्न सहकारी पत्रकार समाजले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कार्यान्वयन नगर्ने जुनसुकै सहकारी संस्थालाई पनि कारबाही गरिने बताए ।
गत वर्ष सहकारी संस्थाहरुले अधिकतम् १६ प्रतिशतमात्रै कर्जामा ब्याजदर लिन पाउने गरी सन्दर्भ ब्याजदर तोकेको थियो । आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी विभागले १४.७५ प्रतिशत सन्दर्भ ब्याजदर तोकेको भन्दै यो पनि लागू हुने बताए ।
गत वर्ष दुई वटा सहकारी संस्थाहरु कारबाहीको भागेदार भएको भन्दै रजिष्ट्रार पाण्डेले यदि कुनै सहकारी संस्थाले तोकिएको भन्दा बढी ब्याजदर लिए क...
असोज ७ काठमाडौं । काठमाडौ नेपाली बजारमा बुधबार पनि सुनको मुल्य घटेको छ ।मंगलबार तोलामा ९५ हजार ५ सय रुपैयाँमा कोरोबार भएको सुनको मुल्य आज १२ सयले घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कोरोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ८ रुपैयाँमा कोरोबार भएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर प्रतितोला ११९० रहेको महासंघले जनाएको छ ।
...
असोज ७ काठमाडौं । कोरोनाले रोग, भोक र शोकमात्र ल्याएन, कसैकसैलाई करोडपति पनि बनाएको छ ।कोरोनाले करोडपति बनाएका व्यक्ति हुन्, भीमकान्त पौडेल । उनले पछिल्लो चार महिनामा २७ करोडको कारोवार गरे । निजामती सेवा ऐनअनुसार कुनै पनि सरकारी कर्मचारीले कम्पनी वा फर्म खोलेर कारोवार गर्न पाइँदैन् । तर, भीमकान्तको हकमा यस्ता कानुन लागेन । कोरोनाको नाममा ओम्नी समूह विवादमा मुछिएर बाहिरिएपछि भित्रिएको संस्था हो, भीमकान्तहरुको । उनी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानअन्तर्गत ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापाका कर्मचारी हुन् ।
कोरोना कहर बढ्दै गएपछि सरकारले पिसिआर परीक्षणको दायरा बढाउने निक्र्यौल ग¥यो । सरकारी ल्याबबाट मात्र पिसिआर परिक्षण सम्भव नहुने भएपछि निजी ल्याब तथा अस्पतालबाट पनि पिसिआर परीक्षण गर्न मिल्ने बनाइयो । सरकारले यस्तो नीति लिएसँगै सरकारी कर्मचारी भीमकान्तले रातारात कम्पनी रजिष्ट्रारक...
असोज ७ काठमाडौं । सरकारले लामो दुरीमा सार्वजनिक सवारीमार्फत यात्रा गर्ने यात्रुलाई खाजा खाना प्याकिङ गरेर बोक्न आग्रह गरेको छ ।
होटलहरुमा खाना र खाजा खाँदा कोरोना संक्रमण हुने जोखिम रहेकाले लामो दुरीको यात्रामा हिँड्दा सकेसम्म आफैं घरमा प्याकिङ गरेको खाद्यवस्तु बोक्न यातायात व्यवस्था विभागले आग्रह गरेको छ ।
सवारीमा चढ्दा वा झर्दा अन्यबाट कोरोना सर्ने र फैलिने जोखिम हुने भएकाले घरबाटै प्याकिङ गरिएका खाना/खाजा साथमै बोक्न अनुरोध गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । विभागले अत्यावश्यक काम परेमा मात्रै यात्रा गर्न पनि सुझाएको छ ।
विभागले सडक आसपासका होटल तथा रेष्टुरेन्टलाई पनि स्वच्छ खाजा/खाना प्याकेकिङ गरेर बिक्री गर्ने प्रवन्ध गर्न आग्रह गरेको छ ।
...
असोज ६ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरोलो लागेको छ । यो साताको तेस्रो दिनसम्म आइपुग्दा नेप्से लगातार तल झरेको हो ।
सोही क्रममा आज नेप्से २२.९१ ले ओरोलो लागेर एक हजार ५४६.१५ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.८४ ले ओरोलो लागेर ३०७.३९ मा पुगेको छ । कूल १९९ कम्पनिको ७८ लाख ५६ लाख ७८८ कित्ता शेयर रु दुई अर्ब ८१ करोड २८ लाख ५६ लाख ५८४ मूल्यमा खरिद बिक्री भए ।
आज कारोवार भएका कूल १२ उपसमूहकै शेयर ओरोलो लागेको छ । बैंकिङ २२.३६, व्यापार २.१३, होटल १५.०६, विकास बैंक ४०.३, जलविद्युत् २४.९१, वित्त १२.४९, निर्जीवन बीमा ११२.६६, उत्पादन ३५.०४, अन्य ७.२२, लघुवित्त २३.२४, जीवन बीमा १०९.४७ र सामूहिक लगानी कोष ०.०८ ले ओरालो लागेको छ ।
कारोवारका आधारमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३१ करोड ९५ लाख ४४ हजार १८३ बराबरको कारो...