आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

प्रभु बैंकको डिबेन्चर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार हुने

असोज ७ काठमाडौं । प्रभु बैंकले गत साउनमा बिक्री गरेको ‘प्रभु बैंकको डिबेन्चर २०८४’ नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको छ ।बैंकले १० प्रतिशत ब्याजदरमा ८ वर्षे अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८४’ जारी गर्दै एक हजार रुपैयाँ अंकित दरमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्रमा बिक्री गरेको थियो ।

नेप्सेमा ऋणपत्र सूचीकरण भएसँगै असोज ८ गतेदेखि कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।बैंकले कूल २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तबरबाट, त्यस्तै ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गरेको थियो ।

उक्त बैंकको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल बी रेटिङ्ग प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *