आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

कोरोनाले ३५ अर्बले घट्यो घर, गाडी र आयात कर्जा

कोरोनाले ३५ अर्बले घट्यो घर, गाडी र आयात कर्जा

आर्थिक
असाेज ५ काठमाडाैं । कोरोना संक्रमणका कारण सरकारले चैतमा लगाएको लकडाउन र त्यसपछिको निषेधाज्ञाले चार महिनामा घर, गाडी र आयात कर्जाको माग अर्बौँ रुपैयाँले घटेको छ । राष्ट्र बैंकले प्रकाशित गरेका बैंकहरूको मासिक विवरणअनुसार गत फागुन अन्त्यदेखि साउन अन्त्यसम्म यस्ता कर्जामा ३५ अर्बले कटौती भएको छ । लकडाउनअघि फागुन मसान्तमा यी तीन शीर्षकमा कुल ५ खर्ब ८५ अर्ब ५० लाख कर्जा प्रवाह भएको थियो । साउन मसान्तमा यी क्षेत्रमा ऋण घटेर ५ खर्ब ४९ अर्ब ६८ करोड ३० लाखमा झरेको छ । उक्त अवधिमा प्रतीतपत्र र आयातमा जाने कर्जा १७ अर्ब रुपैयाँले र सवारी कर्जा १० अर्ब रुपैयाँले घटेको हो । त्यस्तै, डेढ करोड रुपैयाँसम्मको घर कर्जा समेत ६ अर्ब ९६ करोड रुपैयाँले कमी आएको छ । यो अवधिमा अधिविकर्ष कर्जा ६ अर्बले घटेको छ । कोभिड–१९ को प्रभावसँगै बढेको अनिश्चित अवस्था, लकडाउन र निषेधाज्ञाका कारण बढेको अवरोधले कर...
चाडपर्व लक्षित सुपथ मूल्य पसल थप्ने तयारी

चाडपर्व लक्षित सुपथ मूल्य पसल थप्ने तयारी

आर्थिक, समाचार
असोज ५ काठमाडौँ । दसैँ, तिहार र छठलगायतका चाड पर्वलाई लक्षित गरेर सरकारले सञ्चालन गर्ने सहुलियत मूल्यका पसल अघिल्लो वर्षभन्दा थपिने भएका छन् । सरकारले अघिल्ला वर्षभन्दा यो वर्ष केही पसल थपेर एकीकृत सहुलियत मूल्य पसल सञ्चालनको तयारी थालेको छ ।यस वर्ष कोभिड­–१९ का कारण भीडभाड कम गर्ने अभिप्रायले सरकारले गत वर्षभन्दा केही पसल थपेर सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ । चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष यस्ता सहुलियत मूल्य पसलसञ्चालन गर्ने गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कम्पनी र दुग्ध विकास संस्थानले संयुक्त वा आआफ्नो किसिमले सहुलियत मूल्य पसल सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले यस वर्ष दसैँ, तिहार लगायतका चाडपर्व ...
नौ घण्टा काम गर्दा पनि न्यूनतम ज्याला छैन

नौ घण्टा काम गर्दा पनि न्यूनतम ज्याला छैन

आर्थिक, समाचार
असोज ५ काठमाडौँ । २०७५ देखि लागू भएको चिया श्रमिकको न्यूनतम दैनिक ज्याला पाउन चिया श्रमिकले पाउन सकेका छैनन् । उल्टै दैनिक ज्याला पाउन नै वगानले तोकेअनुसारको समयमा काम गर्नुपर्छ, जुन दैनिक नौ घण्टासम्म हुने गरेको छ ।वगान व्यवस्थापनले सरकारले तोकेको न्यूनतम दैनिक ज्याला ३८५ रुपियाँ दिने गरे पनि त्यो श्रम गर्ने समयभन्दा बढी काम गर्दा मात्र पाउँछन् अर्थात् उनीहरू बाध्यकारी श्रममा पिल्सिएका छन् । त्रिवेणी सङ्घाई समूहले नेपाल सरकारबाट लिजमा लिएर सञ्चालन गरिरहेको वगानमा तोकिएको हरियो पत्ती नटिपे श्रमिकलाई प्रतिकिलो छ रुपियाँ घटाएर ज्याला दिने गरेको श्रमिकले बताएका छन् । वगान व्यवस्थापनले न्यूनतम ज्याला दिनुअघि हातले टिपेको चिया दैनिक १६ किलो र कैँचीले टिपेको २६ किलो पु¥याउनुपथ्र्यो । न्यूनतम ज्याला कार्यान्वयन गरेसँगै व्यवस्थापनले हातले टिपेको चिया प्रतिश्रमिक दैनिक २२ किलो र सानो मेसिनल...
महिला उद्यमीको लागी उपलव्ध हुने ऋण,धितो र ब्याज अनुदानको सदुपयोग गरौंः उर्मिला श्रेष्ठ,अध्यक्ष महिला चेम्बर

महिला उद्यमीको लागी उपलव्ध हुने ऋण,धितो र ब्याज अनुदानको सदुपयोग गरौंः उर्मिला श्रेष्ठ,अध्यक्ष महिला चेम्बर

आर्थिक, समाचार
काठमाण्डौं, ०४ असोज – नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले कोभिड १९ पस्चात ॠणको दबाबले उद्योगी व्यवसायीमा मनोबल घटेको बताएका छन्। नेपाल महिला चेम्बरद्वारा आईतबार आयोजित नेपालको अर्थतन्त्रमा कोभिड १९ को असर, चुनौती र अवसर विषयक अन्तक्रिया कार्यक्रम माझ उनले सो कुरा बताएका हुन । वेमिनार कार्यक्रम माझ प्रमुख वक्ताका रुपमा प्रस्तुती दिने क्रममा उपाध्यक्ष अग्रवालले लामो समयसम्म जारी बन्दाबन्दीले नेपालको उद्योग व्यापारको क्षेत्र नराम्रोसँग प्रभावित बनेको उल्लेख गर्दै खाद्यान्न, स्वास्थ्य सामाग्री वाहेकका अन्य क्षेत्रले ठुलो घाटा व्यहोर्नु परेको बताए । उनले निजी क्षेत्रले अप्ठयारो परिस्थितीको सामना गर्नु परेकोले देशको कुल गर्हास्थ उत्पादनमा ह्रास आएको बताउदै अर्थतन्त्रमा परेको विविध असर बारे चर्चा समेत गरे । निजी क्षेत्र साथै अनौपचारिक अर्थतन्त्रलाई जोगाउने दायित्व सरकारको भएक...
शेयर कारोबार नेप्सेमा झिनो सुधार

शेयर कारोबार नेप्सेमा झिनो सुधार

आर्थिक, समाचार
असोज ४ काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ३ अङ्कले वृद्धि भई एक हजार ५७५.१८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१२ ले वृद्धि भई ३१३.६२ मा पुगेको छ । कूल १८८ कम्पनीको ९२ लाख २३ हजार ७१२ कित्ता शेयर रु दुई अर्ब ७४ करोड २७ लाख ९५ हजार ६९२ मूल्यमा खरिद बिक्री भए । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १९.४१, विकास बैंक २५.८८ र वित्त २८.६६ बिन्दुले बढेको छ । यस्तै होटल ९६.६५, जलविद्युत् ५२.३७, निर्जीवन बीमा ७०.११, उत्पादन २.१७, अन्य १०.३६, लघुवित्त १३.८१, जीवन बीमा ५६.२६ र सामूहिक लगानी कोष ०.१ बिन्दुले ओरालो लागेको छ । कारोबारका आधारमा आज रिलायन्स लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ४७ ...
कालोबजारी बढ्न थालेपछि प्याजको मूल्य निर्धारण

कालोबजारी बढ्न थालेपछि प्याजको मूल्य निर्धारण

आर्थिक
असोज ४ वीरगंज ।वीरगंजमा प्याजको मूल्य निर्धारण गरिएको छ । प्याजको कालोबजारी बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय, पर्साले प्याजको मूल्य निर्धारण गरेर प्याजको थोक मूल्य प्रतिकिलो रु ६५ र खुद्रा मूल्य रु ७५ निर्धारण गरेको हो । आइतवार सामुदायिक प्रहरी सेवा केन्द्र मीनाबजारको सम्पन्न बैठकले प्याजको मूल्य निर्धारण गरेको हो । निर्धारण गरेकोले मूल्य भन्दा बढी कसैले बिक्री वितरण गरेको पाइएमा कानून बमोजिम कारबाई हुने बताइएको छ । प्याज, आलु तथा अन्य खाद्य पदार्थहरूको कालोबजारी गरेको पाएमा जिप्रकामा उजूरी गर्न अनुरोध गरिएको छ । ...
आइतबार सुनको मुल्य स्थिर

आइतबार सुनको मुल्य स्थिर

आर्थिक
असोज ४ काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मुल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि सुनको मूल्य शुक्रबारकै बराबर रहेको छ ।बजारमा छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ तथा तेजाबी सुनको मूल्य ९६ हजार ५ सय तोकिएको छ । चाँदीको मूल्य भने तोलाको १५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ हजार ३३० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ३१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । ...
आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस

आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस

आर्थिक
असोज ४ काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आइतबारका लागी विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ २२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८२ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५२ रुपैयाँ २१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २८ रुपैयाँ ५६ पैसा रहेको छ। तालिकामा विस्तृतमा हेर्नुहोस्ः ...
उत्पादन भएको मकैले पाएन बजार

उत्पादन भएको मकैले पाएन बजार

आर्थिक, समाचार
असोज ४ दाङ ।दाङको गढवा गाउँपालिका­७ मोतीपुरका चोकनाथ चौधरीले उत्पादन गरेको मकै बिक्री हुन सकेको छैन । चौधरीले करीब एक विगाहा जमीनमा मकै खेती गरेका थिए । गत वैैशाख महिनामा तयार भएको बसन्ते मकै र हालै तयार भएको वर्षे मकै पनि बिक्री नभएको उनले बताए । मकै बिक्री गरेर भएको आम्दानीले घर खर्च चलाउने चौधरीलाई बिक्री नहुँदा समस्या भएको छ । गत वर्ष घरबाटै मकै बिक्री गरेका चौधरीले यस वर्ष मकै किन्नका लागि कोही नआएको बताए । गत वर्षको बिक्री मूल्यभन्दा आधा कम मूल्य कायम राख्दा पनि मकै बिक्री नभएको उनको भनाइ छ । कृषकले उत्पादन गरेका कृषि उत्पादन सरकारले मूल्य निर्धारण गरेर किन्ने व्यवस्था गरिदिएमा कृषकलाई सहज हुने चौधरी बताउँछन् । सोही ठाउँका रामबहादुर चौधरीको पनि मकै बिक्री हुन सकेको छैन । उनले वैशाखमा तयार गरेको बसन्ते मकै ३० क्वीन्टल र वर्षे मकै २५ क्वीन्टल बिक्री भएको छैन । गएको फागुनसम्...
वीरगञ्ज नाकाबाट हुने आयात बढ्यो

वीरगञ्ज नाकाबाट हुने आयात बढ्यो

आर्थिक, समाचार
असोज ४ वीरगञ्ज । सरकारले कोरोना महामारी नियन्त्रणका लागि लगाएको निषेधाज्ञा खुकुलो गर्दै सार्वजनिक यातायात र बजार खुलाएपछि बारा–पर्सा औद्योगिक कोरिडोरका उद्यमी आशावादी बनेका छन् । आवागमन सहज भएसँगै वीरगञ्ज नाकाबाट हुने आयात बढेको छ । आर्थिक अभियान दैनिकमा खवर छ । वीरगञ्जको एकीकृत जाँच चौकी ९आईसीपी० भन्सारबाट आयात परिमाण बढेको प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले बताए । ‘आवागमन सहज भएपछि भन्सारबाट आयात कारोबार पनि बढेको छ । दैनिक जाँचपास हुने गाडीको संख्या ६०० को हाराहारी पुगेको छन्,’ प्रमुख भन्सार अधिकृत खत्रीले बताए । सामान्य अवस्थामा दैनिक करीब ७ सय गाडी मालसामान भित्रिने यो भन्सारबाट भदौ अन्तिमसम्म ४५० को हाराहारी गाडी भित्रिएका थिए । बन्दाबन्दी शुरू भएलगत्तै यो संख्या १५० मा झरेको थियो । यातायात खुलेपछि नयाँ सवारीसाधन छुटाउनेक्रम पनि बढेको खत्रीले जानकारी दिए । चाडपर्वलक्षित सामान ...