आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

असोज ११ गतेदेखि आईपीओ निष्काशन गर्दै जनरल इन्स्योरेन्स

असोज ११ गतेदेखि आईपीओ निष्काशन गर्दै जनरल इन्स्योरेन्स

आर्थिक
असाेज ३ काठमाडाैं । जनरल इन्स्योरेन्स कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्ता...
ग्लोबल आइएमई बैंकद्वारा दुई नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

ग्लोबल आइएमई बैंकद्वारा दुई नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

आर्थिक, समाचार
असाेज २ काठमाडाैं ।ग्लोबल आइएमई बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप दुई वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२० पुगेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे १,अमादिंग गोरथलीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा साङ्गे शेर्पा र झापाको मेचीनगर १५, ज्यामिरगढीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा तीर्थराज काफ्लेलाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, एनटिसी,सिडिएमए,युटिएलको महसुल भु...
टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा

टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा

आर्थिक
असाेज २ काठमाडाैं ।नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोजको डिजिटल प्रबिधि मार्फत नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यसैबर्षको शुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले अत्याधिक सकारात्मक प्रतिकृया पाइरहेको छ । सिप्रदी ट्रेडिङ्गले टाटा अल्ट्रोजको सुरुवाती मुल्य २९ लाख ९९ हजार तोकेको छ । साथै सिप्रदीले नेपालभरीका सबै डिलरहरुमार्फत प्रिमियम ह्याचब्याक अल्ट्रोज गाडीको बुकिङ्ग पनि खुल्ला गरेको छ । टाटा अल्ट्रोज, अल्फा (एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स) आर्किटेक्चरमा बनेको पहिलो र एकमात्र गाडी हो । यसमा स्ट्राइकिङ्ग डिजाइन, वाइड एरे अफ इण्डष्ट्रिज – फस्ट, ग्लोबल एनक्यापमा फाईभ स्टार सेफ्टी रेटिङ्ग, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ्ग डाइनामिक्स र उत...
सशस्त्रका गोता खोरहरुको भत्ता बढ्यो

सशस्त्रका गोता खोरहरुको भत्ता बढ्यो

आर्थिक, समाचार
असाेज २ काठमाडाैं । नेपाल सरकारले नदी, खोला र पोखरीमा दुर्घटनाबस डुबेकाहरुलाई उद्धार गर्ने गोताखोरहरुको दैनिकभत्ता बढाइदिने निर्णय गरेको छ। जोखिमबढी सेवासुविधा कम पाएका कारण गोताखोरहरु काम छोड्दै हिँड्न थालेपछि उनीहरुलाई थुम्थुम्याउन दैनिकभत्तामा बृद्धि गरिएको हो। गृहमन्त्रालयको प्रस्तावमा नेपाल सरकार मन्त्रिपरिषद्को आसोज १ गते बसेको बैठकले ती गोताखोरहरुको दैनिक भत्तामा रु तीनसय थप गरिदिने निर्णय गरेको हो। गोताखोरहरु सबै नै सशस्त्र प्रहरी बलका फौजीहरु हुन्। सशस्त्र प्रहरी बलले चितवनको कुरिनटारमा विपत् व्यबस्थापन तालिम केन्द्र खोलेर आफ्ना इच्छुक फौजी युवाहरुलाई गोताखोरको तालिम दिँदै आएको छ। सशस्त्र प्रहरीसँग ४४ जना गोताखोरहरु कार्यरत रहेको अवस्थामा सेवा,सुविधा काम अनुसारको नभएको गुनासो गर्दै ७ जनाले जागिर नै छोडिदिएका थिए। हाल सशस्त्रमा ३७ जना गोताखोरहरु कार्यरत छन्। त्रिशुलीलगायत...
शुक्रबार सुनको मूल्य चार सयले बढ्यो

शुक्रबार सुनको मूल्य चार सयले बढ्यो

आर्थिक
असाेज २ काठमाडाैं । बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलाको चार सय रुपैयाँले बढेको छ।नेपाली बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने प्रतितोला १३ सय ३० रुपैयाँ पुगेको छ।छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुन तोलामा ४ सय रुपैयाँले वृद्धि भई ९६ हजार पाँच सय रुपैयाँमा कारोवार भएको छ। ...
प्याज कालोबजारी गर्ने कारबाहीमा

प्याज कालोबजारी गर्ने कारबाहीमा

आर्थिक, समाचार
असाेज २ काठमाडाैं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न स्थानका आठ पसललाई कारबाही गरेको छ ।अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै ती पसललाई कारवाही स्वरुप जरिवाना गर्दा चौध लाख ८० हजार राजश्व समेत सङ्कलन भएको छ । विभागका निर्देशक एवम् सूचना अधिकारी रविन्द्र आचार्यले तरकारी, पानी तथा खाद्यान्नका पसललाई आज कारबाही गरिएको जानकारी दिए। बजारमा पछिल्लो समय प्याजको मूूल्यमा वृद्धि भएको छ । विभागले व्यावसायिले बढी मूल्यमा प्याज बिक्री गर्न थालेपछि तरकारी बजारलाई लक्षित गरी बजार अनुगमनलाई तीब्रता दिएको जनाएको छ । बिहीबार मात्र ६ वटा आलु प्याज व्यापारीलाई कारबाही गरिएको छ । उनले काठमाडौँ महानगरपालिकाको वडा नं ३२ स्थित तीनकुनेमा रहेको हरित कृषि तरकारी बजारमा रहेको उलक सब्जि भण्डार, दुलाल आलु भण्डार र व्यापारी विजेश गौतमलाई ५५÷५५ हजार जरिवाना गरिएको बताए। यसैगरी काठमाडौँ म...
बंगलादेशबाट ५० मेट्रिकटन युरिया मल पैँचोमा ल्याउने

बंगलादेशबाट ५० मेट्रिकटन युरिया मल पैँचोमा ल्याउने

आर्थिक
असाेज २ काठमाडाैं । सरकारले बंगलादेशबाट ५० मेट्रिकटन युरिया मल पैँचोमा ल्याउने औपचारिक निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट मल ल्याउन कृषि मन्त्रालयलाई सहमति दिएको मन्त्रालय स्रोतले जनाएको छ । ‘मल ल्याउने विषयमा अनौपचारिक सहमति बने पनि औपचारिक प्रकृयाका लागि सरकारले बिहीबार निर्णय गरेको हो,’ मन्त्रालय स्रातले भन्यो ।सरकारको निर्णयपछि दुई महिनाभित्र मल नेपाल ल्याइसक्ने प्रक्रिया थालिएको मन्त्रालयले जनाएको छ । बंगलादेशले ब्लकमा (खुल्ला) उपलब्ध गराउने र त्यसलाई प्याकेजिङ गरेर ल्याउनकालागि फाष्ट ट्र्याक टेण्डर प्रक्रिया अवलम्बन गरिने मन्त्रालयले जनाएको छ ।खुल्ला प्रतिस्पर्धाबाटै मल ल्याउने निधो भए पनि ढुवानीको माध्यम भने यकिन भइनसकेको मन्त्रालयको भनाइ छ । बंगलादेशसँग पैँचोमा मागिएको मल नेपालले ग्लोबल टेण्डर गरेर ८ महिनाभित्र बंगलादेशनै लगिदिनु पर्ने सहमति ब...
हिजो घटेको सुनको मूल्य आज भने सोच्नै नसकिने गरि यस्तो भयो

हिजो घटेको सुनको मूल्य आज भने सोच्नै नसकिने गरि यस्तो भयो

आर्थिक
असाेज २ काठमाडाैं । शुक्रबार सुन र चाँदीको मुल्यमा वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सयले बढेर प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ९६ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ५ सयमा कारोबार भइरहेको छ ।त्यसैगरी शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढेर १३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ । ...
सामाजिक संजालबाट हुने आम्दानी सिधै बैंक खातामा

सामाजिक संजालबाट हुने आम्दानी सिधै बैंक खातामा

आर्थिक
असाेज १ काठमाडौं ।नेपालीहरुले युट्युव, फेसबुकलगायतका सामाजिक संजालबाट गर्ने आम्दानी सिधै बैंक खातामा प्राप्त गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले विहीबार सार्वजनिक सूचना जारी गर्दै सामाजिक संजालबाट प्राप्त गरेको आम्दानी बैंक खातामा मान्य हुने व्यवस्था गरेको हो। ‘सूचना प्रविधि सम्बद्ध दक्षता/विज्ञताको निकासी विक्रीवापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिएवापत प्राप्त हुने रकम तथा खुद्रा स्तरको अन्तर्राष्ट्रिय व्यावसायिक/व्यापारिक कारोबारवापत प्राप्त हुने रकमलगायतका रकमहरु मान्य हुनेछन्। स्वदेशी बैंकको खातामा विदेशी मुद्रा प्राप्त भएपश्चात् भुक्तानी सेवाप्रदायक (बैंक तथा वित्तीय संस्था समेत) ले सञ्चालन गरेको ग्राहकको वालेटलगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिनेछ।’ राष्ट्र बैंकको सूचनामा उल्लेख उल्लेख छ। हाल नेपाली प्रयोग...
महानगरका १० वटा वडाको राजस्व प्रणाली आजबाट अनलाइनमा

महानगरका १० वटा वडाको राजस्व प्रणाली आजबाट अनलाइनमा

आर्थिक, समाचार
असाेज १ काठमाडौं । काठमाडौं महानगरपालिकाले आज देखि १० वटा वडाबाट राजस्व निर्धारण तथा संकलन कार्यलाई अनलाइन प्रणालीमा लगेको छ । प्रणाली सञ्चालन गर्न कर्मचारीको क्षमता बिकास गर्दै आउँदो हप्ताभित्र सबै वडामा लागु गर्ने योजनासहित  वडा नं  २६ बाट सेवा सुरु गरिएको हो । वडा कार्यालयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले स्थानीय करदाता सरस्वती सापकोटालाई प्रणालीबाट प्राप्त भएको रसिद हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरेका थिए  । राजस्व बिभागका निर्देशक शिवराज अधिकारीकाअनुसार आजबाट १, २, ३, ४, १०, १५, २६, ३० र ३१ मा प्रणाली प्रयोगमा आइसकेको छ । यस प्रणालीको पब्लिक पोर्टल करदाताका लागि हो भने कोर पोर्टल कार्यालयमा बस्ने अधिकारीका लागि हो । पब्लिक पोर्टलमा सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर, घर नक्सापास दस्तुरलगायतका सम्पूर्ण कर र दस्तुरका बारेमा विवरण भर्ने, प्रारम्भिक ...