आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

दसैंमा खेर गयो विद्युत

दसैंमा खेर गयो विद्युत

आर्थिक
कात्तिक १३ काठमाडौं । माग कम भएपछि यस वर्षको दसैंमा विद्युत खेर गएको छ । दसैंको बिदामा कारण विभिन्‍न कलकारखाना, व्यापारीक मल र संस्थाहरु बन्द रहेकाले खपत कम हुँदा विद्युत खेर गइरहेको नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले जानकारी दिए । कोइरालाले नेपालमा अहिले दसैं बिदा सुरु भएपछि अहिलेसम्म दैनिक करिब २ सय मेगावाटसम्म विद्युत खेर गइरहेको बताए । खेर गइरहेको विद्युतको खपतबारे प्राधिकरणसँग तत्कालै खपत बढाउने कुनै विकल्प नहरेको भन्दै कोइरालाले दीर्घकालिन रुपमा रणनीति तयार पारेर अगाडि बढ्ने तयारीमा प्राधिकरण रहेको बताए । प्राधिकरणले खेर गइरहेको विद्युतको खपत गर्न सिँचाई, कृषि उत्पादन, विद्युतीय सवारीका लागि विद्युत उपलब्ध गराउने, उपभोक्तालाई इन्डक्सन चुल्हो प्रयोगलाई प्रोत्साहन गर्ने योजना बनाइरहेको जानकारी उनले दिए । तर इन्डक्सन चुल्हो, विद्युतीय सवारी साधन...
तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा

तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा

आर्थिक
कात्तिक १३ काठमाडौं । नेपाल—चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो । दुवै देशबीचको समझदारीअनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालनमा आए पनि मालवाहक कन्टेनर भने बिहीबार मात्रै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । नेपाल भित्रिने सामान अबदेखि चिनियाँ पक्षले नै भन्सार क्षेत्रसम्म ल्याइदिनेभएपछि नेपाली कामदार सीमा पारि जानु नपर्ने जनाइएको छ । यसरी आएका कन्टेनरलाई भन्सारको आइसोलेशन यार्डमा १२ देखि १४ घण्टासम्म राखेपछि मात्र जाँचपास गरी राजधानी पठाइने तातोपानी भन्सार कार्यालयले जनाएको छ । ...
नेपाल राष्ट्र बैंकले एक अर्ब २७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेका रुपमा राख्ने

नेपाल राष्ट्र बैंकले एक अर्ब २७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेका रुपमा राख्ने

आर्थिक, समाचार
नेपाल राष्ट्र बैंकले एक अर्ब २७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेका रुपमा राख्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब २७ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको हो र राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा २७३ दिन अवधिको लागि उक्त राख्ने जनाएको छ ।   राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब १ करोड ६० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा १९ करोड ५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ६ करोड ३५ लाख रुपैयाँ गरी कूल १ अर्ब २७ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने जनाएको  छ ।  उक्त रकम राष्ट्र बैंकले २०७७ मंसिर २ गतेदेखि २०७८ साउन ३२ गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको हो । उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी कार्तिक १६ गतेसम्ममा बोल कबोल पेश ग...
नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकासले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता

नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकासले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता

आर्थिक, समाचार
नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक -ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी)  ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिइएको छ ।  एशियालि विकास बैंकको (टीएससीएफपी) द्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उदेश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्ने गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋण मार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त बनाउने काम गर्दछ ।  एडीबी व्यापार वित्त कार्यक्रम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा (टीएससीएफपी) संग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको बैंकले जनाएको छ  । नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवा...
बुधबार शेयर बजारमा वाणिज्य बैंकहरुको बर्चश्व ,४.२७ प्रतिशतले कारोबार बढेको छ

बुधबार शेयर बजारमा वाणिज्य बैंकहरुको बर्चश्व ,४.२७ प्रतिशतले कारोबार बढेको छ

आर्थिक, समाचार
दशै पछिको पहिलो कारोबार दिन शेयर बजारमा वाणिज्य बैंकहरुको बर्चश्व कायम भएको छ । शेयर बजारमा सर्वाधिक हिस्सा ओगटेको वाणिज्य बैंक समूहको परिसूचक सर्वाधिक ४ दशमलव २७ प्रतिशतले बढेको छ । यस दिन सर्वाधिक कारोबार गर्ने दश कम्पनीभित्र पनि वाणिज्य बैंकहरुनै परेका छन् ।  ग्लोबल आइएमई बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, सिभिल बैंक र मेगा बैैंक यो दिन सर्वाधिक रकमको कारोबार गर्ने दश कम्पनीभित्र परेका हुन । सूचीकृत २६ वाणिज्य बैंकहरुमध्य हालसम्म सात बैंकले मात्र लाभांश सार्वजनिक गरेका छन् ।  यस वर्ष वाणिज्य बैंकहरुले प्रस्ताव गरेको लाभांश अपेक्षाभन्दा बढी भएको प्रतिक्रिया लगानीकर्ताहरुले दिएका छन् । कोरोनाका कारण यो वर्ष बैंकहरुको लाभांशमा निकै कमि आउने अनुमान लगानीकर्ताहरुले गरेका थिए । कोरोना कहरक...
काठमाडौं उपत्यकामा यातायातले अब विद्युतीय ट्याक्सी सेवा पनि सञ्चालन गर्ने

काठमाडौं उपत्यकामा यातायातले अब विद्युतीय ट्याक्सी सेवा पनि सञ्चालन गर्ने

आर्थिक, समाचार
संघीय राजधानी काठमाडौं उपत्यकामा विद्युतीय बस सेवा सञ्चालन गरिरहेको सुन्दर यातायातले अब विद्युतीय ट्याक्सी सेवा पनि सञ्चालन गर्ने भएको छ । ‘उपयुक्त वातावरण’ भएमा तिहार पछि उपत्यकाका सडकमा सुन्दर यातायातका विद्युतीय ट्याक्सी गुड्नेछन् । सुन्दर यातायात प्रालिले अहिले विद्युतीय ट्याक्सी सञ्चालनका लागि सरकारबाट अनुमति प्राप्त गर्ने प्रक्रियामा रहेको जनाएको छ । सरकारले जति छिटो अनुमति प्रदान ग¥यो त्यति नै छिटो विद्युतीय ट्याक्सी सञ्चालन गरिने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । सुन्दर यातायात प्रालिले दशैं, तिहार तथा छठ पर्वको शुभकामना सन्देश जारी गर्दै छिट्टै विद्युतीय ट्याक्सी २सेवा शुरु गर्ने जानकारी गराएको हो । सुन्दर यातायातले ४ सिट क्षमता र ५ सिट क्षमताका दुईवटा विद्युतीय कारलाई ट्याक्सीका रुपमा सञ्चालनमा ल्याउने जनाएको छ । ४ सिट क्षमताको भएको ट्...
नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण असोज २० गतेदेखि बन्द भएको तातोपानी नाका आज देखि सञ्चालनमा आउने

नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण असोज २० गतेदेखि बन्द भएको तातोपानी नाका आज देखि सञ्चालनमा आउने

आर्थिक, समाचार
नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण असोज २० गतेदेखि बन्द भएको तातोपानी नाका आज (बुधबार)देखि सञ्चालनमा आउने भएको छ । चिनियाँ अधिकारीहरुबाट आजदेखि नेपाली भन्सार यार्डसम्म सामान पठाउन सुरु गर्ने जानकारी प्राप्त भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । ‘साँझसम्म तातोपानीमा चीनतर्फबाट सामान ल्याइदिने जानकारी ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले हामीलाई गराएको छ,’ प्रमुख जिल्ला अधिारी ढकालले भने । बुधबार मध्याहृनसम्म नाकामा कुनै सामान आइनपुगेको भन्दै उनले साँझसम्म नाकाबाट माल वस्तु आयात सुरु हुने जानकारी दिए । कोरोना संक्रमणको जोखिमका कारण सर्तकता अपनाउँदै नाका सञ्चालन गर्न लागिएको ढकालले बताए । चिनियाँ अधिकारीहरुसँग भएको समझदारीअनुसार नेपालले नाकामा तयार पारेको आइसोलेसन यार्डमा चिनियाँ ट्रकले माल वस्तु ल्याएर छोडेर जानेछ । नेपालतर्फ चिनियाँ कन्टेनरले स...
देश निर्माणका लागी मार्गचित्र कोर्न सक्ने भिजनरी नेता र योजनाविदको खाँचो:डा.डिआर उपाध्याय

देश निर्माणका लागी मार्गचित्र कोर्न सक्ने भिजनरी नेता र योजनाविदको खाँचो:डा.डिआर उपाध्याय

आर्थिक, समाचार
मुलुकलाई स्वावलम्बी, स्वाधीन र समृद्ध कसरी बनाउने भन्ने बिषयमा चिन्तन गरौं । कुनै पनि देश बिकासका लागी सुशासन नै प्रमुख सर्त हो । बिश्वका जुन सुकै देशको बिकास भएको छ , त्यो सुशासनका कारणले हो । जुन देशमा सुशासन कायम हुदैन तीे देश बिकासको हिसावमा पछाडी परेका छन । त्यसैले अव नेपालको बिकास र समृद्धि गर्ने हो भने सुशासनलाई प्रमुख सर्त बनाऔं । सुशासन कायम गर्ने भनेको धेरै भयो , तर अहिले सम्म भ्रष्टाचारमा अलिकत पनि कमी आएको छैन ।यस्तो भए पछि देश कसरी बन्छ ? चिन्ता लाग्ने बिषय यो हो । देशमा चाकरी–चाप्लुसीको राजनीति छ । परिवारवाद, नातावाद र कृपावादको राजनीतिले स्थान पाएको छ । हाम्रो मुलुक ७० वर्षको लामो सङ्घर्षका बाबजुद पनि अझै स्वाधीन, स्वावलम्बी, समृद्ध बन्न सकेन । दलहरुले मुलुकको ब्यवस्था बदल्न सके तर अवस्था बदल्न सकेनन् । यो कुरामा अझै बहस भईनै रहेको छ । ब्यवस्था बदलिएको छ , जनताको अवस्था उस्...
कम्प्युटर प्रसेसर उत्पादक कम्पनीहरु एएमडी र झिलिङ्क्स एक हुने

कम्प्युटर प्रसेसर उत्पादक कम्पनीहरु एएमडी र झिलिङ्क्स एक हुने

अन्तराष्ट्रिय, आर्थिक, समाचार
 चिप्स उत्पादक कम्पनी एएमडीले झिलिङ्क्स नामको अर्को चिप्स उत्पादक कम्पनीलाई ३५ अर्ब डलरमा खरिद गर्ने निर्णय गरेको छ । यो खरिदसँगै अर्को विश्व प्रसिद्ध चिप्स उत्पादक कम्पनी इन्टेलसँगको प्रतिस्पर्धा अरु तिब्र हुने अनुमान गरिएको छ । झिलिङ्क्सलाई एएमडीमा गाभेसँगै यसको शेयर बजारको अनुपात पनि टुंगो लागेको छ । झिलिङ्क्सका शेयरधनीले अब प्रतिशेयर १.७२३४ प्राप्त गर्ने छन् । एएमडीको शेयर हिस्सा ७४ प्रतिशत रहनेछ भने झिलिङ्क्सको करिब २६ प्रतिशत हुनेछ । एएमडीले उत्पादन गरेका प्रसेसर टेक्नोलोजीहरु सिपियू, जिपियू, एफपीजिए लगायत सफ्टवेयर संचालनमा उच्च गुणस्तर कायम हुनुका साथै बजारमा प्रभाव पार्नेछ । झिलिङ्क्सका प्रमुख कार्यकारी भिक्टर पेङले एएमडीसँगको सहकार्यले बजार विस्तारका साथै डेटा सेन्टर संचालनमा थप प्रगति हुने विश्वास व्यक्त गर्नुभयो । एएमडीका प्रमुख कार्यकारी डा लिसा सू ले संयुक...
इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेलाई कोरोना संक्रमण

इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेलाई कोरोना संक्रमण

आर्थिक
कात्तिक ११ काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई कोरोना संक्रमण भएको छ ।कोरोना परीक्षणको क्रममा उनमा कोरोना पोजेटिभ पाइएको हो । उनमा कोरोना संक्रमण देखिए पनि स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उनी घरैमा आइसोलेसनमा रहेका छन् । उनका गाडी चालकलाई समेत कोरोना संक्रमण देखिएको छ । यात्राका क्रममा कतैबाट संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ । पाँडे नेपाल बैंकर्स संघका पूर्व अध्यक्षसमेत हुन् । राष्ट्र बैंकका क्याडर उनी राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी हुँदै हिमालयन बैंकको पनि प्रमुख कार्यकारी अधिकृत भएका थिए । ...