आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

चाडपर्वले चलायमान बनाएको अर्थतन्त्र

चाडपर्वले चलायमान बनाएको अर्थतन्त्र

आर्थिक
कात्तिक ११ धनुषा । दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ ।दशैं सकिन लागेको र तिहार तथा छठ पर्वको आगमनसँगै जनकपुरसहित देशभरका बजारहरुमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढ्दै गएको छ । दशैंं सकाएर काममा फर्किनेहरु तथा तिहार र छठपर्व मनाउनका लागि आ–आफ्नो गाउँघर आउनेहरुको क्रम जारी छ । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ । कर्मचारीले दुई महिनाको तलब एकै महिना खर्च गर्छन् । यसले पनि दशैंंमा अर्थतन्त्र कति चलायमान हुन्छ भन्ने देखाउँछ । वर्षभरि कर्मचारीले १३ महिनाको तलब पाउँछन् । थप एक महिनाको तलब दशैं खर्चका लागि दिइने पुरानो चलनका कारण र बजारमा पैसा चलायमान हुने भएकाले दशैंलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ । दशैँ तिहारलाई लक्षित ग...
नेप्से बुधवार देखि पुनः सुचारु हुने

नेप्से बुधवार देखि पुनः सुचारु हुने

आर्थिक
कात्तिक ११ काठमाडौं । धितोपत्रको दोस्रो बजार भोलि अर्थात बुधवारदेखि पुनः नियमित खुल्ने भएको छ । नेपालीहरूको महान चाड दसैंको उपलक्ष्यमा गत शुक्रवारदेखि मंगलवारसम्म बिदा भएकोमा भोलिबाट भने धितोपत्रको दोस्रो बजार पुनः सञ्चालन हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । धितोपत्रको दोस्रो बजार गत बिहीवारसम्म सञ्चालन भएकोमा अब बुधवारदेखि पुनः नियमित दोश्रो बजारमा कारोबार हुनेछ । ...
चिनियाँ च्याङ्ग्रा नआउँदा दसैँ महँगो

चिनियाँ च्याङ्ग्रा नआउँदा दसैँ महँगो

आर्थिक, समाचार
सिमकोट – सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दसैँ महँगो बनेको छ। कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दसैँ महँगो भएको हो । विगतका वर्षहरुमा प्रत्येक वर्षको दसैँमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दसैँ मनाउने गर्थे भने यो वर्षको दसैँ महँगो बनेको सिमकोट–७ का स्थानीय अमृते विकले बताए। हुम्लाको हिल्सा, लिमी, चुवाखोला, टाके, नेक्पा लगायतका नाकाबाट चिनियाँ च्याङ्ग्रा आउँदा विगतका वर्षका दसैँ हुम्लीहरुले सस्तो मूल्यमा खसी किनेर बलि दिने गरेका थिए भने यस पटक च्याङ्ग्रा नआएपछि महँगो मूल्यमा स्थानीय खसी किनेर बलि दिएको विकले बताए। चीनबाट आएका च्याङग्राको मूल्य हुम्लामा रु १५ हजारसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरिद गर्दा रु २७ हजारसम्म पर्न गएको हुनाले यो यस पटकको दसैँ महँगो भएको अर्का स्थानीय कालु ब...
अहिले मुलुकको अर्थतन्त्र समस्याग्रस्त छ:डा.डिआर उपाध्याय

अहिले मुलुकको अर्थतन्त्र समस्याग्रस्त छ:डा.डिआर उपाध्याय

आर्थिक, समाचार
अहिले मुलुकको अर्थतन्त्र समस्याग्रस्त छ । कारण कोरोना महामारी नै हो । देशको आर्थिक विकास हुन सकेको छैन । देशको बिकास र समृद्धि सरकारको मुख्य लक्ष्य हो । तर यति बेला कोरोना भाइरसका कारण सवै क्षेत्र अस्त ब्यस्त छन । सवै तिर रोजगारीका अवसर गुमेका छन् । सर्वसाधरण नागरिको बिहान बेलुका हात मुख जोर्ने समस्या छ । कोरोना महामारीका कारण रोजगारी र पेसा व्यवसाय गुमाएका सर्वसाधारण नागरिकले दैनिक जीवन निर्वाह गर्न सकिरहेका छैनन् अवस्था यस्तो जटिल बन्दै गएको छ । सरकार विपत्को समयमा सर्वसाधारण जनताको दुःखमा सामेल हुने प्रयास समेत गरेन । दुःख लाग्दो कुरा यो हो । जनताको समस्यामा साथ दिन नसक्ने सरकारबाट अरु के सुधार हुन्छ भनेर हामीले बिश्वास गर्ने ? कोरोना महामारी अझै कति समय चल्ने हो यसै भन्न सकिने अवस्था छैन । सर्वसाधरण जनता संग बचत पैसा छैन, तत्काल रोजगारीको अवसरसमेत छैन, तिनीहरुले जीवन कसरी गुजारा गर...
यस वर्ष बडादशैँमा खसी बोकाको व्यापार घट्दा किसान समस्यामा

यस वर्ष बडादशैँमा खसी बोकाको व्यापार घट्दा किसान समस्यामा

आर्थिक, समाचार
बडादशैँको समयमा गरिने खसी बोकाको व्यापारमा यस वर्ष कमाई हुन नसक्दा कैलालीको चुरेगाउँपालिकाका किसान दानबहादुर बुढामगरलाई चाडपर्वमा खर्च जुटाउन समस्या भएको छ । महामारीले चहलपहल न्यून भएकोले खसी बोकाको कारोवार घट्दा परेको असरले खर्च जुटान समस्या भएको उनले बताए। ‘‘बली चढाउन समेत नपाइने भनिएपछि बिक्री हुन गाह्रो भयो”, धनगढीमा शुक्रबार भेटिएका बुढामगरले भने, “बिक्री नभएका खसी बोकालार्ई अब हिँडाएरै आफ्नै गाउँतिर फिर्ता लग्दैछौँ।” आफ्नो गाउँबाट १५ वटा खसी खरिद गरी धनगढी बजारमा व्यापार गर्न आएका उनले चार दिनमा जम्मा पाँच खसी मात्र बिक्री हुन सकेको बताए। विगत दशैँमा जस्तो खसी बोका कारोवारमा यस वर्ष कोरोना सङ्क्रमणको जोखिमका कारण ठूलो असर पुगेको घुम्ति व्यापार गर्ने गरेका किसानले बताएका छन् । बाख्रापालन गर्दै आउनु भएका चुरे गाउँपालिकाका अर्का किसान जीवन थापाले कोरोना फैलिने डरले दशैँक...
किसानहरु दशैं र तिहार करिब एक महिना पछाडि सरेकोले सयपत्री  फुल सुकिसक्ने कारणले चिन्तित

किसानहरु दशैं र तिहार करिब एक महिना पछाडि सरेकोले सयपत्री फुल सुकिसक्ने कारणले चिन्तित

आर्थिक, समाचार
काठमाडौं आसपासका क्षेत्रमा यतिवेला किसानले लगाएको सयपत्री फूल फुलिसकेको छ । यसवर्ष अधिकमास परेका ले दशैं र तिहार करिब एक महिना पछाडि सरेको छ । किसानले तिहारका लागि भन्दै फूल खेतिगर्दै आएका छन् । तर यसपटक फूल फुल्ने समय भन्दा तिहार पछाडि छ । जसका कारण तिहार आइपुग्दा सम्म सयपत्री फुल सुकिसक्ने देखिएको छ । फूलको माग हुने समयमा फूल फुलेर पनि सुकिसक्ने भएपछि किसानहरु चिन्तित देखिएका छन् । दशैंको समयमा फूल प्रयोग र विक्री कम हुन्छ । काठमाडौं इचङ्गुनारायण क्षेत्रका किसानहरुले वर्षौंदेखि फूल खेति गर्दै आएका छन् । यस क्षेत्रका किसानले तिहार लक्षित गरेर उत्पादन गरेको फूल यस वर्ष त्यसै खेर जाने भएको छ । दशैँमा पूmलको प्रयोग कम हुने र तिहार सम्म यो फूल रहन नसक्ने भएपछि किसानको आम्दानी समते घट्ने भएको छ । अहिले फूल ढकमक्क फुलिसकेको छ र बढीम एक हप्ता सम्म मात्र बोटमा रहन सक्छ । टिपिसकेको फूल बढ...
नेपालमा क्लिन फिड माग भएको ११ वर्षपछि लागू

नेपालमा क्लिन फिड माग भएको ११ वर्षपछि लागू

आर्थिक, समाचार
नेपालमा क्लिन फिड लागू गर्न पर्छ भनेर माग भएको ११ वर्षपछि लागू भएको  छ । २०६६ सालमा नेपाल विज्ञापन संघ र नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले संयुक्त रुपमा क्लिन फिड लागू गर्न पर्छ भनेर माग गरेको थियो । नेपाल सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा नियमावली, २०७७ बमोजिम यहि कात्तिक ७ देखि विदेशी च्यानललाई विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागू हुने भएकाले सहयोगका लागि सम्बन्धित पक्षलाई आह्वान गर्दै नेपालमा क्लिन फिड लागू भएको आधिकारी जानरकारी गराएको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विहीबार विज्ञप्तिमार्फत उक्त कानून कार्यान्वयनका लागि विज्ञापन बोर्डको गठन भइसकेको छ र अनुगमनका लागि जिम्मेवारीसहितको संस्थागत प्रबन्ध गरिसकिएको जनाएको छ । ऐनको मर्म र भावनाअनुरुप तोकिएको मितिदेखि उक्त व्यवस्था लागू गर्न गराउन र अन्यथा कानूनअनुसार हुने मन्त्रालयका सहसचिव एवं प्रवक्त...
कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै दशैं बिदामा कुनै पनि बैंकका शाखा कार्यालय नखोल्ने निर्णय

कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै दशैं बिदामा कुनै पनि बैंकका शाखा कार्यालय नखोल्ने निर्णय

आर्थिक, समाचार
कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैं बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् । बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको जनाएको छ । सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सरकारले तोकिएअनुसार यही कात्तिक ७ देखि ११ गतेसम्म पाँच दिन सबै वाणिज्य बैंकका शाखा बन्द गर्ने निर्णय भएको बताए । ‘दशैंमा कम आवतजावत हुन्छ, सीमित बैंक मात्र खुला गर्दा बढी भिीभाड हुन सक्छ,’ उनले भने, ‘अधिकांश बैंकका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणको जोखिम लिनुभन्दा पाँच दिन बन्द गर्दा उपयुक्त हुने निष्कर्षसहित बन्द गरिएको हो ।’ हाल बैंकहरुले ए...
सरकारले २ सय मिलियन अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ २४ अर्ब बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय

सरकारले २ सय मिलियन अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ २४ अर्ब बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय

आर्थिक, समाचार
विश्व बैंकले दिने २४ अर्ब बराबरको ऋण सहयोग लिने सरकारले निर्णय गरेको छ । कार्तिक ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विश्व वैंक समूहको अन्तर्राष्ट्रिय संंस्थाबाट बजेटरी सहायता अन्र्तगत प्राप्त २ सय मिलियन अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ २४ अर्ब बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा नेपालमा सञ्चालित उद्योगहरुमा नेपाली कामदारले गर्न नसक्ने कामका लागि निश्चित मापदण्ड बनाएर विदेशी कामदार ल्याउन स्वीकृति दिने निर्णय गरेको जानकारी दिएका छन् । ...
नेप्सेमा दोहोरो अंकको वृद्धि

नेप्सेमा दोहोरो अंकको वृद्धि

आर्थिक
कात्तिक ५ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । मङ्गलबार पनि दोहोरो अङ्कले बढेको नेप्से आज १३.९४ बिन्दुले बढेर एक हजार ५९७.७१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.१० ले वृद्धि भई ३१६.६५ मा पुगेको छ । कूल १९२ कम्पनीका कूल ५५ लाख नौ हजार ४४८ कित्ता शेयर रु एक अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर भने उकालो लागेको छ । होटल १५.०३, जलविद्युत् १४.०९, वित्त ०.६, उत्पादन ६.३३ बिन्दुले घटेको छ । यस्तै, बैंकिङ २१.५५, व्यापार २३.४, विकास बैंक १०.०४, निर्जीवन बीमा ६४.२८, अन्य ३.०५, लघुवित्त ३.४१, जीवन बीमा ५७.९४ र सामूहिक लगानी कोष ०.१ बिन्दुले बढेको...