दसैंमा खेर गयो विद्युत
कात्तिक १३ काठमाडौं । माग कम भएपछि यस वर्षको दसैंमा विद्युत खेर गएको छ । दसैंको बिदामा कारण विभिन्न कलकारखाना, व्यापारीक मल र संस्थाहरु बन्द रहेकाले खपत कम हुँदा विद्युत खेर गइरहेको नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले जानकारी दिए ।
कोइरालाले नेपालमा अहिले दसैं बिदा सुरु भएपछि अहिलेसम्म दैनिक करिब २ सय मेगावाटसम्म विद्युत खेर गइरहेको बताए । खेर गइरहेको विद्युतको खपतबारे प्राधिकरणसँग तत्कालै खपत बढाउने कुनै विकल्प नहरेको भन्दै कोइरालाले दीर्घकालिन रुपमा रणनीति तयार पारेर अगाडि बढ्ने तयारीमा प्राधिकरण रहेको बताए ।
प्राधिकरणले खेर गइरहेको विद्युतको खपत गर्न सिँचाई, कृषि उत्पादन, विद्युतीय सवारीका लागि विद्युत उपलब्ध गराउने, उपभोक्तालाई इन्डक्सन चुल्हो प्रयोगलाई प्रोत्साहन गर्ने योजना बनाइरहेको जानकारी उनले दिए । तर इन्डक्सन चुल्हो, विद्युतीय सवारी साधन...









