बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

काठमाडौं उपत्यकामा यातायातले अब विद्युतीय ट्याक्सी सेवा पनि सञ्चालन गर्ने

संघीय राजधानी काठमाडौं उपत्यकामा विद्युतीय बस सेवा सञ्चालन गरिरहेको सुन्दर यातायातले अब विद्युतीय ट्याक्सी सेवा पनि सञ्चालन गर्ने भएको छ ।

‘उपयुक्त वातावरण’ भएमा तिहार पछि उपत्यकाका सडकमा सुन्दर यातायातका विद्युतीय ट्याक्सी गुड्नेछन् ।

सुन्दर यातायात प्रालिले अहिले विद्युतीय ट्याक्सी सञ्चालनका लागि सरकारबाट अनुमति प्राप्त गर्ने प्रक्रियामा रहेको जनाएको छ ।

सरकारले जति छिटो अनुमति प्रदान ग¥यो त्यति नै छिटो विद्युतीय ट्याक्सी सञ्चालन गरिने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

सुन्दर यातायात प्रालिले दशैं, तिहार तथा छठ पर्वको शुभकामना सन्देश जारी गर्दै छिट्टै विद्युतीय ट्याक्सी २सेवा शुरु गर्ने जानकारी गराएको हो ।

सुन्दर यातायातले ४ सिट क्षमता र ५ सिट क्षमताका दुईवटा विद्युतीय कारलाई ट्याक्सीका रुपमा सञ्चालनमा ल्याउने जनाएको छ ।

४ सिट क्षमताको भएको ट्याक्सीमा ३२ किलोवाट क्षमताको ब्याट्री हुने छ । यो कार एकपटक चार्ज गरेपछि १ सय ५० किलोमिटरसम्म कुद्ने छ ।

यस्तै, ५ सिट क्षमताको कारमा ४२ किलोवाट क्षमताको ब्याट्री प्याक हुनेछ । यो कार एकपटक चार्ज गरेपछि २ सय किलोमिटर सम्म कुद्ने छ ।

हाल पेट्रोल इन्जन भएका सुजुकी अल्टो ८००, हुन्डाइ ईओन, टाटा ई–जेटा लगायतका कारहरु काठमाडौंमा ट्याक्सीका रुपमा प्रयोग भइरहेका छन् ।

केही समय अगाडि मात्रै सरकारले ट्याक्सीका सन्दर्भमा नयाँ मापदण्ड जारी गरेको थियो । यद्यपि नयाँ मापदण्डअनुसारका ट्याक्सी भने सडकमा गुडिसकेका छैनन् ।

विद्युतीय ट्याक्सीका सन्दर्भमा भने सरकारले कुनै निश्चित मापदण्ड तोकिसकेको छैन ।

बस सेवा सञ्चालन गरिरहेको सुन्दर यातायातले अब विद्युतीय ट्याक्सी सेवा पनि सञ्चालन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *