आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

नेपाल राष्ट्र बैंकले एक अर्ब २७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेका रुपमा राख्ने

नेपाल राष्ट्र बैंकले एक अर्ब २७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेका रुपमा राख्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब २७ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको हो र राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा २७३ दिन अवधिको लागि उक्त राख्ने जनाएको छ ।  

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब १ करोड ६० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा १९ करोड ५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ६ करोड ३५ लाख रुपैयाँ गरी कूल १ अर्ब २७ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने जनाएको  छ । 

उक्त रकम राष्ट्र बैंकले २०७७ मंसिर २ गतेदेखि २०७८ साउन ३२ गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको हो । उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी कार्तिक १६ गतेसम्ममा बोल कबोल पेश गनुपर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *