आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

दुई महिनामै एक खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स

दुई महिनामै एक खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स

आर्थिक
कात्तिक ५ काठमाडौं । वैदेशिक रोजागारीमा गएका नेपालीले पठाउने रेमिट्यान्स ८.१ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको दुई महिनामा एक खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतलेल वृद्धि भई एक अर्ब २९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो। चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ। कोभिड-१९ का कारण अहिले वैदेशिक रोजारमा जाने नेपालीको संख्या घटेको हो। अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारमा जाने नेपालीको संख्या २ प्रतिशतले बढेको थियो। वैदेशिक रोगजारिका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशलते घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा...
भ्रामक सूचनाप्रति दूरसञ्चार प्राधिकरणको गम्भीर ध्यानाकर्षण

भ्रामक सूचनाप्रति दूरसञ्चार प्राधिकरणको गम्भीर ध्यानाकर्षण

आर्थिक
कात्तिक ५ काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण तथा प्रवाह गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले सचेत रहन आग्रह गरेको छ। प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सूचना प्रवाह गर्नेलाई कारवाहीको व्यवस्था भएको जनाएको हो। केही दिनअघि विभिन्न व्यक्तिले कोरोना भाइरस सङ्क्रमणको दरमा वृद्धि भएको भन्दै दशैँमा कफ्र्यु र सङ्कटकालको घोषणाको तयारी भएको भन्दै सर्ट म्यासेज सर्भिस (मोबाइल एसएमएस) र सामाजिक सञ्जालमा सूचना फैलाएका थिए । गृह मन्त्रालयले नाम लिएर भ्रामक सूचना प्रवाह भएको भन्दै प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीलाई सचेत रहन निर्देशन दिएको हो । प्राधिकरणले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “दूरसञ्चार ऐन, २०५३ को दफा (३) ले कुनै व्यक्तिले दूरसञ्चार सेवाको दुरुपयोग गरेमा, ...
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेद्वारी दर्ता

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेद्वारी दर्ता

आर्थिक
कात्तिक ५ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदावारी दर्ता गरेका छन् ।बुधबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका हुन् । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन । गत वर्ष...
आज बढ्यो सुनको भाउ

आज बढ्यो सुनको भाउ

आर्थिक
कात्तिक ५ काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । आज सुन प्रति तोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुन प्रति तोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिंजो छापावाला सुनको भाउ तोलामा ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको भाउ प्रति तोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रति तोलामा ३० रुपैयाँ बढेर प्रति तोला १२ सय ४० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर मंगलबार चाँदी प्रति तोला १२ सय १० मा कारोबार भएको थियो । ...
आज नेप्से दोहोरो अंकले बढ्यो

आज नेप्से दोहोरो अंकले बढ्यो

आर्थिक
कात्तिक ४ काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बृद्धि भएको छ ।१२.४७ अंकले बढेको नेप्से १५८२.८४ अंकमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स २.४ अंकले बढेर ३१३.२९ विन्दुमा पुगेको छ । आज १९३ कम्पनीको ४९ लाख १३ हजार सेयर खरिदबिक्री हुँदा १ अर्ब २४ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक उकालो लागेको छ। बैंकिङ समूहको उपसूचक ७.३५, व्यापार ५.०७, होटल १५.८५, विकास बैंक १९.८२, जलविद्युत् २६.७९ अंकले बढेको छ । त्यस्तै फाइनान्स ३.८२, निर्जिवन बिमा ५३.३५, उत्पादन २४.२६, अन्य ११.०५, माइक्रोफाइनान्स १५.४१, बिमा ७३.२५ र म्युचुअल फण्ड ०.११ अंकले बढेको छ । आज जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले बढी गुमाएका छन । ...
आज सुनको भाउ स्थिर

आज सुनको भाउ स्थिर

आर्थिक
कात्तिक ४ काठमाडौं । आज पनि सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रति तोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार र सोमबार पनि छापावाला सुनको भाउ तोलामा ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, तेजाबी सुनको भाउ प्रति तोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रति तोलामा १० रुपैयाँ बढेर प्रति तोला १२ सय १० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ...
कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै दशैंमा बैंक नखुल्ने

कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै दशैंमा बैंक नखुल्ने

आर्थिक
कात्तिक ४ काठमाडौं । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु न्खोल्ने भएका छन् । गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् । बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको जनाएको छ । सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सरकारले तोकिएअनुसार यही कात्तिक ७ देखि ११ गतेसम्म पाँच दिन सबै वाणिज्य बैंकका शाखा बन्द भएको निर्णय सुनाउनुहुन्छ । ‘दशैंँमा कम आवतजावत हुन्छ, सीमित बैंक मात्र खुला गर्दा बढी भिीभाड हुन सक्छ’, उहाँले भन्नुभयो, ‘अधिकांश बैंकका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणको जोखिम लिनुभन्दा पाँच दिन बन्द गर्दा उपयुक्त हुने निष्कर्षसहित बन्द गरिएको ह...
बियर भन्दै लोकल रक्सी उत्पादन र बिक्री गर्दै गोर्खा ब्रुअरी

बियर भन्दै लोकल रक्सी उत्पादन र बिक्री गर्दै गोर्खा ब्रुअरी

आर्थिक
कात्तिक ४ काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लेख गरेको गुणस्तरलाई बेवास्ता गर्दै बियर भनेर गुणस्तरहीन लोकल रक्सी उत्पादन गरी बिक्री गर्दै आएको पाइएपछि आन्तरिक राजस्व विभागले कारबाही प्रक्रिया अघि बढाएको छ । खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर विद्यमान ऐन र मापदण्डविपरीत उत्पादन गरी बिक्री गरेको भन्दै कारबाहीका लागि चौतर्फी दबाब आएपछि अहिले आन्तरिक राजस्व विभाग कारबाही गर्न अघि बढेको हो । अहिले विभागलाई चेकजाँच विना स्वीकृति दिएको र सरकारी निकायकै कर्मचारीको मिलेमतोमा गुणस्तरहीन बियर उत्पादन गरी महँगोमा बिक्री गर्दै आएको आरोपसमेत लगाइएको छ । गोर्खा ब्रुअरीद्वारा उत्पादित यस्ता बियर मापदण्डविपरीत र मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खालको भएपछि अहिले विभागले यस्ता बियर बजारमा पठाउन र बिक्र...
साल्ट ट्रेडिङको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने

साल्ट ट्रेडिङको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने

आर्थिक
कात्तिक ४ काठमाडौं ।साल्ट ट्रेडिङ कर्पाेरेसनको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने भएको छ । सरकारले चाडपर्वलाई लक्षित गरी खाद्यव्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत कम भन्सार दरमा आयात गर्न अनुमति दिएको थियो । सरकारको सो अनुमतिअनुसार साल्ट टे«डिङले ५० प्रतिशत भन्सार छुटमा चिनी भित्र्याएको हो । सरकारले साल्ट ट्रेडिङलाई २० हजार मेट्रिक टन र खाद्यकम्पनीलाई १० हजार मेट्रिक टन आयात गर्न अनुमति दिएको थियो । खाद्यकम्पनीले सो चिनी दसंैपछि मात्र ल्याउन सक्ने बताएको छ भने साल्ट टे«डिङले सो चिनी २५ सय मेट्रिक टन बुधबार वीरगञ्जको नाका आइपुग्ने जानकारी दिएको छ ।साल्ट ट्रेडिङ कर्पाेरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झाले बुधबार २५ सय मेट्रिक टन चिनी वीरगन्ज नाका पुग्ने बाँकी चिनी त्यसको केही दिनपछि निरन्तर आउने बताए । विभागीय प्रमुख झाले सरकारले साल्ट टे«...
नाष्टद्वारा कोरोना भएकालाई खाना र औषधि पु-याउने ‘यान्त्रिक’ रोबोट सार्वजनिक

नाष्टद्वारा कोरोना भएकालाई खाना र औषधि पु-याउने ‘यान्त्रिक’ रोबोट सार्वजनिक

आर्थिक
कात्तिक ४ काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले विश्वव्यापी महामारी रुपमा देखिएको कोरोनाको प्रभाव न्यूनीकरणमा सहयोगी बन्न सक्ने रोबोट ‘यान्त्रिक’ सार्वजनिक गरेको छ । प्रतिष्ठानद्वारा सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कणेंलले यान्त्रिकको सार्वजनिक गर्नुभएको हो ।नाष्टमा कार्यरत इन्जिनियर रोशन पाण्डेको नेतृत्वमा ‘इनोभेषन ग्रुप’ ले निर्माण गरेको सो रोबोटले नेपाली र अँगे्रजी दुई भाषामा कुराकानी गर्दछ, कोरोना महामारीबाट बच्न सूचना दिने, मास्क र स्यानिटाइजर समेत दिन्छ । हालसम्म बनेका रोबोटले विरामीलाई औषधि र खाना पु¥याउने गर्दछ भने नाष्टले बनाएको यान्त्रिकले हात जोडेर अभिवादन गर्ने, माक्स लगाएको, नलगाएको छुट्टाउने र मास्क नलगाएकोलाई माक्स दिने, सेनिटाईजर दिने, नास्टको बारेमा बोलेर तथा श्रब्यदृश्य मार्फत सूचनाहरु दिन सक्न...