आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

नाष्टद्वारा कोरोना भएकालाई खाना र औषधि पु-याउने ‘यान्त्रिक’ रोबोट सार्वजनिक

कात्तिक ४ काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले विश्वव्यापी महामारी रुपमा देखिएको कोरोनाको प्रभाव न्यूनीकरणमा सहयोगी बन्न सक्ने रोबोट ‘यान्त्रिक’ सार्वजनिक गरेको छ ।

प्रतिष्ठानद्वारा सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कणेंलले यान्त्रिकको सार्वजनिक गर्नुभएको हो ।नाष्टमा कार्यरत इन्जिनियर रोशन पाण्डेको नेतृत्वमा ‘इनोभेषन ग्रुप’ ले निर्माण गरेको सो रोबोटले नेपाली र अँगे्रजी दुई भाषामा कुराकानी गर्दछ, कोरोना महामारीबाट बच्न सूचना दिने, मास्क र स्यानिटाइजर समेत दिन्छ ।


हालसम्म बनेका रोबोटले विरामीलाई औषधि र खाना पु¥याउने गर्दछ भने नाष्टले बनाएको यान्त्रिकले हात जोडेर अभिवादन गर्ने, माक्स लगाएको, नलगाएको छुट्टाउने र मास्क नलगाएकोलाई माक्स दिने, सेनिटाईजर दिने, नास्टको बारेमा बोलेर तथा श्रब्यदृश्य मार्फत सूचनाहरु दिन सक्ने क्षमता रहेको इन्जिनियर रोशन पाण्डेले बताउनुभयो । साथै, आर्टिफियल इन्टेलिजेन्स र मेसिन लर्निङमार्फत दोहोरो कुराकानी समेत गर्न सक्छ ।

सो रोबोट महिला सेविकाको स्वरुपमा तयार भएको यान्त्रिकले मानिसको शरीरको तापक्रम पनि नाप्नेछ ।सो रोबोटमा २५ वटा विभिन्न प्रकारका मोटर छन्, जस्ले रोबोटलाई राम्रोसँग चलायमान तथा हिँड्डुल गर्न मद्दत गर्छ ।गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *