आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

नयाँ नोटको विकल्प डिजिटल दक्षिणा

नयाँ नोटको विकल्प डिजिटल दक्षिणा

आर्थिक
कात्तिक ३ काठमाडौं । दशैँ नेपालीको घरदैलोमा भित्रिइसकेको छ । दशैँमा अर्थतन्त्र थप चलायमान हुने गरेकामा यस वर्ष कोरोनाका कारण अवस्था असामान्य छ तर पनि सर्वसाधारणको चाडबाड लक्षित मनोविज्ञानलाई ध्यानमा राख्दै बैङ्क तथा वित्तीय संस्थाले छुट, अफर र उपहार योजना ल्याएका छन् । खासगरी मध्यम वर्गलाई आकर्षित गर्ने अफर फर्माइएपछि बैङ्कहरूमा पैसा झिक्ने र राख्नेको चहलपहल अलि बढेको छ । दशैँको मुख्य आकर्षण नयाँ नोट भए पनि यसपालि नयाँ नोट साट्ने र दक्षिणा दिने माहोल नबन्ने भएको छ । कोरोनाकै कारण नेपाल राष्ट्र बैङ्कले नयाँ नोट सटही नगर्ने भएको छ ।नयाँ नोटको अभाव हँुदा त्यस्ता ग्राहकलाई लक्षित गर्दै बैङ्कहरूले डिजिटल दक्षिणा, रेमिट्यान्स, मनी ट्रान्सफर योजना अगाडि सारिरहेका छन् । त्यससँगै सम्बन्धित अरू सुविधा पनि थपेका छन् । सिटिजन्स बैङ्कले आफ्ना डिजिटल बैङ्किङ प्रयोक्तालाई पस, क्यूआर तथा फन्ड ट्रा...
३ महिनामा २ अर्बले बढ्यो मोबाइल आयात

३ महिनामा २ अर्बले बढ्यो मोबाइल आयात

आर्थिक
कात्तिक ३ काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालू आव २०७७र७८ को पहिलो ३ महिनामा र २ अर्बले मोबाइलको आयात बढेको छ । नेपाल मोबाइल फोन आपूर्ति संघको तथ्यांकअनुसार चालू आवको प्रथम त्रैमासिकमा ९ अर्ब १८ करोडको मोबाइल फोन आयात भएको छ, जुन अघिल्लो वर्षको यही अवधिको भन्दा रू। २ अर्बले बढी हो । चालू आवको ३ महिनामा कुल २० लाख २२ हजार फोन सेट आयात भएको देखिन्छ । गत वर्षको साउनदेखि असोजसम्म रू। ७ अर्ब १९ करोडका १३ लाख ४४ हजार मोबाइल सेट आयात भएका थिए । २ वर्षअघि मोबाइल सेट आयातमा भ्याट फिर्ताको सुविधा खारेज गर्ने सरकारको निर्णयपछि त्यसको प्रत्यक्ष प्रभाव आन्तरिक बजारमा परेको थियो । त्यही कारण आर्थिक वर्ष २०७४र७५ को तुलनामा त्यस वर्ष आयात घटेको थियो ।आजको आर्थिक अभियान दैनिकमा खवर छ । अघिल्लो वर्ष केही नीतिगत सहजता भएपछि मोबाइल फोन आयातमा सुधार आएको थियो । अहिले समग्र आयात घटे पनि मोबाइल...
शेयर कारोबार नेप्सेमा साढे पाँच अङ्कको गिरावट

शेयर कारोबार नेप्सेमा साढे पाँच अङ्कको गिरावट

आर्थिक
कात्तिक २ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । साताको पहिलो दिन आज कारोबार मापक नेप्से ५.६६ विन्दुले घटेर एक हजार ५५६.८० मा झरेको छ ।यस्तै सेन्सेटिभ परिसूचक १.८१ विन्दुले घटेर ३०८.२७ मा पुगेको छ । कूल १८७ कम्पनीको ४३ लाख ५२ हजार १० कित्ता शेयर रु एक अर्ब २५ करोड २७ लाख ४८ हजार १८१ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १३.२ र निर्जीवन बीमा ३१.५८ विन्दुले बढेको छ । यस्तै, बैंकिङ ६.०२, होटल १.८२, विकास बैंक २९.१९, जलविद्युत् ५.०६, वित्त १.६, उत्पादन १४.४२, अन्य १.५४, लघुवित्त ११.२३, जीवन बीमा १८.९८ र सामूहिक लगानी कोष ०.०४ विन्दुले घटेको छ । कारोबारका आधारमा आज हिमालयन बैंकको संस्थापक शेयरको कारोबार शीर्ष स्थानमा रहे । सो बैं...
खसीबोकाको  मूल्य प्रतिकिलो ५६० रुपैयाँमा बिक्री

खसीबोकाको मूल्य प्रतिकिलो ५६० रुपैयाँमा बिक्री

आर्थिक
कात्तिक २ काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो रु ५६० मा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको छ । दाङ र मकवानपुरको मजवानपुरबाट यस वर्षको बडादशैँका लागि पहिलो चोटि खसी तथा बोका काठमाडौँ आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो । निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा रु दश छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए । उनकाअनुसार काठमाडौँ आइपुगेका चौपायाको सोमबार बिहान ८ बजेपछि बिक्रीवितरण शुरु हुनेछ । प्रतिकिलो रु ५५० का दरमा थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरण हुने कम्पनीले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयानुसार सरकारी स्वामित्वमा सञ्चालित तीन संस्थानले चाडपर्वलाई लक्ष्य गर्दै सञ्चालन गर्ने सुपथ मूल्यका पसलमा दिइएको छुटस्वरुप खसीबोकामा प्रतिकिलो रु दश छुट दिइएको कम्पनीले जनाएको छ । कम्पनीक...
सांग्रिला डेभलपमेन्ट बैंकको क्यूआर कोड स्क्यान मार्फत नगद झिक्न सकिने

सांग्रिला डेभलपमेन्ट बैंकको क्यूआर कोड स्क्यान मार्फत नगद झिक्न सकिने

आर्थिक
कात्तिक २ काठमाडौं ।ग्रिला डेभलपमेन्ट बैंकले (SADBL) बालुवाटार शाखाबाट शुरु गरिएको क्यूआर कोड मार्फत आफुले चाहेको रकम क्यूआर कोड स्क्यान गरी भुक्तानी लिने सुविधा हाल बैंकको नेपालभर रहेका ९१ शाखा कार्यालयहरुबाट उपलब्ध गराएको छ । यस अन्तर्गत ग्राहकहरुले अधिकतम एक लाख रुपैयाँसम्मको रकम आफनो आवश्यकता अनुुुसार क्यूआर कोड स्क्यान गरी भुक्तानी लिन सक्नेछन्  । चेक र एटिएमको विकल्पको रुपमा आएको यो सुविधा प्रयोग गरी कोभिड १९ बाट हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणमा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।यस बैंकको मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम रहेको छ । ...
खरिदचाप कमजोर हुँदै, बिक्रीकर्ता हाबी हुनसक्ने

खरिदचाप कमजोर हुँदै, बिक्रीकर्ता हाबी हुनसक्ने

आर्थिक
कात्तिक २ काठमाडौं । गत साता नेपाली धितोपत्र बजारमा खरिदचाप कमजोर हुँदै गएको देखिएको छ। पहिलो त्रैमासको अन्त्य र नजिकिँदै गरेको चाडपर्वका कारण खरिदचाप कमजोर हुँदै गएको हो। गत साता नेप्सेको ५ दिने र २० दिने इएमएबीचको दूरी साँघुरिँदै गएको छ। यसले पनि बजारमा खरिदचाप कमजोर हुँदै गएको र आगामी दिनमा बिक्रीचाप बढ्ने संकेत गर्दछ। गत साता नेप्से परिसूचक ०.५५ प्रतिशत अर्थात ८.५८ विन्दु घटेर १५६२.४६ विन्दुमा ओर्लियो। यस अनुसार यस साता नेप्से ओरालो लागेमा १५२० विन्दु वरिपरि टेवा पाउने देखिन्छ भने उकालो लागेमा १६०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। गत साताको अन्तिम दुई कारोबार दिन निरन्तर बियरिश प्याटर्न बनाएको छ। यसले आगामी केही दिनहरुमा खरिदकर्ताहरुलाई बिक्रीकर्ताहरुलाई जित्न सक्ने संकेत गर्दछ। नेप्सेसँगै गत साता भोल्यूममा पनि कमी आएको छ। अघिल्लो साताको तुलनामा गत साता नेप्से...
११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री राष्ट्र बैंक

११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री राष्ट्र बैंक

आर्थिक
कात्तिक २ काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोमबार बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये ७ अर्ब २० करोड गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने ४ अर्ब नयाँ हो । केन्द्रीय बैंकका अनुसार ४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ । ...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक
कात्तिक २ काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ ओरालो लागेको छ ।सुनको भाउ आज तोलाको ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार तोलाको ९४ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज पनि घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । ...
नबिल बैंकका सिइओ अनिल केशरी शाहमा कोरोना संक्रमण पुष्टि

नबिल बैंकका सिइओ अनिल केशरी शाहमा कोरोना संक्रमण पुष्टि

आर्थिक
कार्तिक २ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) अनिल केशरी शाहमा कोरोना संक्रमण पुष्टि भएको छ ।गत बुधवार शाहले आफ्नो गन्ध हराएको कारण पीसिआर परिक्षण गराएका थिए । तर त्यसबेला रिर्पोट नेगेटिभ आएको थियो । रिपार्ट नेगेटिभ आए पनि आइसोलेसनमा बसेर फेरि परिक्षण गराउँदा रिपार्ट पोजेटिभ आएको हो । गन्ध थाहा नपाउने बाहेकका अन्य कुनै पनि स्वास्थ्य समस्या नरहेको आइसोलेसन बसेका शाहले जानकारी दिएका छन् । ...
एकल पुरुषलाई पनि भत्ता

एकल पुरुषलाई पनि भत्ता

आर्थिक
कात्तिक २ दार्चुला – ज्येष्ठ नागरिक, एकल महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ।तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको हुनसक्छ । दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाई समेत भत्ता दिन थालेको छ। गाउँपालिकाभरिका एकल पुरुषलाई गाउँपालिकाले गत आर्थिक वर्षबाट रु ५०० का दरले मासिक भत्ता दिन थालेको हो।एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा पर्ने गरेका कारण भत्ता दिन थालिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए। उनीहरुको आर्थिक अवस्थामा थोरै राहत पुगोस् भन्नका लागि भत्ता दिन थालिएको हो।गाउँपालिकाभरिका २८ एकल पुरुषले गत आर्थिक वर्षदेखि निरन्तर एकल पुरुष भत्ता खान थालेका छन्।अपिहिमाल गाउँपालिकाका अनुसार वडा नं १ का दुई, वडा नं २ का तीन, वडा नं ३ का नौ, वडा नं ४ का तीन, वडा नं ५ का पाँच र वडा नं ६ का छ जना एकल पुरुष...