कात्तिक २ काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ ओरालो लागेको छ ।
सुनको भाउ आज तोलाको ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अस्ति शुक्रबार तोलाको ९४ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज पनि घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
