आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

खसी बजारको अनुगमन सुरु

खसी बजारको अनुगमन सुरु

आर्थिक
कात्तिक २ काठमाडौं । काठमाडौं महानगरपालिकाको पशु सेवा महाशाखाले शनिबार टुकुचा र कलंकीमा रहेको खसी बजारको अनुगमन गरेको छ । घटस्थापनाको दिन पारेर महानगरपालिकाले मासुजन्य खाद्य उत्पादनको निरीक्षण अनुगमनका क्रममा चौपायाको स्वास्थ्य जाँच गरेको हो । टोलीले निरोगीको सिङमा हरियो र रोगीको सिङमा रातो रङ लगाउने कार्यको थालनीसमेत गरेको छ । स्वस्थ्य, स्वच्छ माछामासुजन्य खाद्य उत्पादनको उपभोग र बजारीकरण तथा मासुको स्रोतका रूपमा प्रयोग हुने चौपायाको व्यापार र बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले बजार निरीक्षण, अनुगमन थालेको महाशाखाका प्रमुख डा। अवधेश झाले बताएका छन । आमनागरिक र सर्वसाधारणलाई निरोगी खसीबोकाको पहिचान गर्न सहज पु¥याउने उद्देश्यले संकेतका रूपमा रङको प्रयोग गरेको नगरपालिकाले जनाएको छ । खसी, बोका, भेडा, च्याङ्ग्राको सिङमा हरियो रङ भएको अवस्थामा त्यसलाई निरोगी भनेर बुभ्न सहज हुने अपेक्षा गर...
कोभिड १९ को उपचारमा प्रयोग हुने ‘रेमडेसिभिर’ आयात तथा बिक्री गर्न तीन कम्पनीलाई अनुमति

कोभिड १९ को उपचारमा प्रयोग हुने ‘रेमडेसिभिर’ आयात तथा बिक्री गर्न तीन कम्पनीलाई अनुमति

आर्थिक
कात्तिक १ काठमाडौं । पछिल्लो समय कोभिड १९ को उपचारमा प्रयोग हुने रेमडेसिभिर औषधि आयात तथा बिक्री वितरण गर्न सरकारले एक भारतीयसहित तीन वटा कम्पनीलाई अनुमति दिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार औषधि व्यवस्था विभागबाट अनुमति पाउनेमा नेपालका दुई कम्पनी यति फार्माकेम डिस्ट्रिब्युटर्स प्रालि ललितपुर, सिनर्जी ओभरसिज प्रालि काठमाडौं र भारतको हेट्रो ल्याब्स लिमिटेड छन् । कोभिड १९ को उपचार गर्ने अस्पतालहरुले बिरामीका लागि प्रयोग गर्न आवश्यक परेमा चिकित्सकको सिफारिस अनुसार औषधि व्ययस्था विभागले सूचिकृत गरेको कम्पनीबाट सहज रुपमा खरिद गर्न सकिने मन्त्रालयले जनाएको छ । ...
भोकमरीको सूचीमा नेपाल ७३औं स्थान

भोकमरीको सूचीमा नेपाल ७३औं स्थान

आर्थिक
कात्तिक १ काठमाडौं । विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३ औँ स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३औं स्थानमा पुगेको हो । सरकारकै एक प्रतिवेदनअनुसार नेपालमा करिब २० लाख जनसंख्या खाद्य असुरक्षित अवस्थामा रहेका छन् । कोभिड–१९ महामारीका कारण नेपालमा भोकमरी र खाद्य असुरक्षाको अवस्था झन् बढ्ने अनुमान गरिएको छ । एफएओका अनुसार हाल विश्वमा करिब २ अर्बभन्दा बढी जनसंख्याका लागि सुरक्षित, पौष्टिक र पर्याप्त खानाको पहुँच पुगेको छैन । यो तथ्यांक सन् २०५० सम्ममा बढेर १० अर्ब पुग्न सक्ने अनुमान गरिएको छ । यस परिवेशमा खाद्य असुरक्षा र भोकमरी मुलुकका लागि ठूलो चुनौतीका रूपमा रहेको सरकारी अधिकारीले बताएका छन् । सरकारले विश्वव्यापी रूपमा खाद्य तथा पोषण सुरक्षाको महत्त्वबारे जनचेतना जगाउन र खाद्य संकट तथा भोकमरीको चपेटामा प...
नुतनको चौथो वार्षिक साधारण सभा सम्पन्न

नुतनको चौथो वार्षिक साधारण सभा सम्पन्न

आर्थिक
कात्तिक १ काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं . ८ काठमाडौंमा स्थित नुतन कोपिला बहुउद्देश्यीय सहकारी संस्था लि.ले चौथो वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । कोभिड– १९ महामारीको बढ्दो संक्रमणका कारण नुतन कोपिला बहुउद्देश्यीय सहकारी संस्था लि. ले भर्जुअल सभा मार्फत सम्पन्न भएको संस्थाका प्रबन्धक  केशव भुजेलले जानकारी गराउनुभयो । नूतन कोपिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा का.बा अध्यक्ष नेत्र प्रसाद दाहालको अध्यक्षमा भएको थियो । साथै  प्रमुख अतिथिमा गोकर्णेश्वर नगरपालिकाका  मेयर सन्तोष चालिसेज्यू, विशिष्ट अतिथिमा गोकर्णेश्वर नगरपालिका वडा नं . ८ का वडा अध्यक्ष मनोज ढुङगानाज्यू, विशेष अतिथिमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालज्यू,  विशेष अतिथिमा गोकर्णेश्वर नगरपालिकाका सहकारी संयोजक लक्ष्मण चौलागाईज्यू, विशेष अतिथिमा गोकर्णेश्वर नग...
नेप्सेमा झिनो झिनो अङ्कले उकालो

नेप्सेमा झिनो झिनो अङ्कले उकालो

आर्थिक
असोज २९ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२९ बिन्दुले बढेर एक हजार ५६२.४६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.३३ ले उकालो लागेर ३१०.०८ मा पुगेको छ । कूल १९६ कम्पनीको ४९ लाख ९४ हजार ३६७ कित्ता शेयर रु एक अर्ब ४२ करोड ५८ लाख ९० हजार ७३८ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १.९, व्यापार ३.१९, जलविद्युत् ७.१, अन्य ६.५५ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ । यस्तै होटल १५.८५, विकास बैंक ११.१, वित्त ०.३२, निर्जीबन बीमा २४.४२, उत्पादन २९.५५, लघुवित्त १.६, जीवन बीमा १६.८ बिन्दुले ओरालो लागेको छ । कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो...
सरकारको फिल्म हलहरु खुलाउने निर्णयले दुनियाँ चकित

सरकारको फिल्म हलहरु खुलाउने निर्णयले दुनियाँ चकित

आर्थिक
असोज २९ काठमाडौं । छिमेकी राष्ट्र भारतमा अनलक ५ को केही प्रावधानहरु आज (विहीबार) बाट लागू भएको छ । करिब आठ महिना ठप्प भएको सिनेमा घर, मल्टिप्लेक्स, स्वीमिङ पूल तथा मनोरञ्जन पार्कहरु आजबाट खुलेका छन् । सरकारको यो निर्णयले दुनियाँ चकित बनेका छन् । जहाँ सिनेमा घर र मल्टिप्लेक्सका लागि भारतका सूचना तथा प्रसारण मन्त्रालयले विस्तृत गाइडलाइन जारी गरिसकेको छ । उक्त गाइडलाइनले कोरोना संक्रमण फैलाउनबाट रोक्ने आशा गरिएको छ । केन्द्रले जारी गरेको नयाँ गाइडलाइन अनुसार सिनेमा हलमा एक पछि अर्को सिट खाली नै राख्नुपर्नेछ । हलको पूरा क्षमताको ५० प्रतिशत मात्रै दर्शकहरु भित्र छिर्न पाउनेछन् । हलभित्र प्रवेश गर्ने जोकोहीले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । हल भित्रबाटै पनि भ्यान्टिलेशनको उचित व्यवस्था गर्नुपर्ने छ । त्यस्तै, एसीको तापमान २३ डिग्री भन्दा माथि राख्नुपर्नेछ । त्यस्तै, दर्शकहरु बस्न नह...
टेलिकमले ल्यायो छठसम्मका लागि अफरै अफर

टेलिकमले ल्यायो छठसम्मका लागि अफरै अफर

आर्थिक
असोज २९ काठमाडौं । नेपाल टेलिकमले चाडपर्वका उपलक्ष्यमा मोबाइल सेवामा विभिन्न अफर ल्याएको छ।टेलिकमका अनुसार समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई परिमार्जन गरी असोज २९ देखि ९० दिन लागू हुने अटम अफर उपलब्ध गराइएको हो। यस्तै घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मका लागि ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्मका लागि ‘तिहार अफर’ ल्याइएको टेलिकमले जनाएको छ।अटम अफरमा नयाँ प्याकेजका रूपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ। तीन दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपैयाँमा युट्युब र फेसबुक अनलिमिटेड प्याकेज उपलब्ध हुनेछन्। यी अफर खरिद गरेपश्चात् १५ रुपैयाँमा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जिबी डाटाको एडअन प्याक पनि खरिद गर्न सकिने टेलिकमले जनाएको छ।यसअघि ४० रुपैयाँमा ३ दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक दिने गरिएकामा अब यही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध ...
लामो समयदेखि भ्याट विवरण नबुझाएका कम्पनीहरूलाई आगामी फागुन मसान्तसम्म बुझाउन आह्वान

लामो समयदेखि भ्याट विवरण नबुझाएका कम्पनीहरूलाई आगामी फागुन मसान्तसम्म बुझाउन आह्वान

आर्थिक
असोज २९ काठमाडौं । आन्तरिक राजस्व विभागले लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) विवरण नबुझाएका कम्पनीहरूलाई आगामी फागुन मसान्तसम्म बुझाउन आह्वान गरेको छ । विभागले देशभरका २९ हजार ४४७ कम्पनीको नामसमेत सार्वजनिक गरेर कर तिर्न सो अवधिभित्र आएमा जरिवानासमेत आधा छुट हुने व्यवस्था गरेको जनाएको छ । उद्यम–व्यवसाय गर्न कम्पनी दर्ता गर्ने, कर प्रयोजनमा पनि दर्ता हुने तर कर विवरण दाखिला गर्न नआउने फर्म तथा कम्पनीको सङ्ख्या बढ्दै गएपछि उनीहरूलाई एक अवसरका रूपमा यस्तो सूचना सार्वजनिक गरिएको विभागको सञ्चालन महाशाखा प्रमुख मुक्ति पाण्डेले बताउनुभयो । सूचनाअनुसार अब आर्थिक वर्ष २०७५ असार मसान्तसम्मको कर विवरण पेस नगरेका करदाताले आफूले बुझाउनुपर्ने करको विवरण कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशत बुझाएमा बाँकी रकम मिनाहा गरिने उल्लेख छ । यसमा कतिपय प्रतिष्ठित उद्योग तथा व्यवसायीको स्वामित्वमा रहेका ...
यातायात निर्देशिका जारी

यातायात निर्देशिका जारी

आर्थिक
असोज २९ काठमाडौं । चाडपर्वको समयमा सार्वजनिक यातायात सेवालाई थप सहज, सुरक्षित र प्रविधिमैत्री बनाउन यातायात व्यवस्था विभागले चाडपर्व लक्षित यातायात निर्देशिका जारी गरेको छ । कोभिड–१९ को बढ्दो जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यसहित बसपार्क लगायतका ठाउँहरूमा रहेको टिकट बिक्री कक्षमा हुने भीड व्यवस्थापन तथा टिकट खरिद तथा बिक्री प्रक्रियालाई थप पारदर्शी बनाउने गरी निर्देशिका जारी गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । निर्देशिकामा मध्यम तथा लामो दूरीमा सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने कम्पनी फर्म र व्यवस्थापकले अनिवार्य रूपमा अनलाइन टिकट व्यवस्था गर्नुपर्नेछ । विभागले एक सयदेखि २५० किलोमिटरसम्मलाई मध्यम र २५० किलोमिटरभन्दा बढीलाई लामो दूरी भनेर परिभाषित गरेको छ । अनलाइन टिकटका लागि सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने कम्पनी फर्म र व्यवस्था...
दशैँतिहारलाई एक करोडका खसीबोका बिक्री गर्दै सहकारी

दशैँतिहारलाई एक करोडका खसीबोका बिक्री गर्दै सहकारी

आर्थिक
असोज २९ बागलुङ– नेपालीको महान् पर्व दशैँतिहार नजिकिएसँगै च्याङ्ग्रा, खसी र बोकाको जोहो गर्न थालिएको छ । दशैँ तिहारमा मासुका लागि प्रयोग गरिने च्याङ्ग्राको कम आयात र मूल्यमा वृद्धि भएका कारण नागरिकको ध्यान खसीबोकामा जान थालेको छ । बागलुङको एक गाउँमा दशैँ र तिहारका लागि बिक्रीका लागि एक हजार खसी बोका तयार गरिएका छन् । नजिकिँदै गरेको दशैँ तिहारलाई लक्षित गरी काठेखोला गाउँपालिका–४ तंग्रामका महिलाहरुले एक हजार खसी बोका बिक्रीका लागि तयार गरेका हुन् । तंग्रामका दुई सहकारीमा आवद्ध महिलाले खसी तथा बोका बिक्रीबाट वार्षिक रु दुई करोड भित्र्याउँदै आएका छन् । जसमध्ये दशैँ तिहारमा मात्रै करिब रु एक करोडका खसीबोको कारोवार गर्दै आएका छन् । तंग्राममा सञ्चालित सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध महिलाले सहकारीमार्फत विगत छ वर्षदेखि ब...