शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री राष्ट्र बैंक

कात्तिक २ काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोमबार बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये ७ अर्ब २० करोड गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने ४ अर्ब नयाँ हो ।

केन्द्रीय बैंकका अनुसार ४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *