आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

अन्तरराष्ट्रिय विमानस्थलको क्षमता बढाउन १७ अर्ब ७० करोड ऋण सहयोग

अन्तरराष्ट्रिय विमानस्थलको क्षमता बढाउन १७ अर्ब ७० करोड ऋण सहयोग

आर्थिक
मंसिर ५ काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न रु १७ अर्ब ७० करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ। बैंकले नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न शुक्रबार स्वीकृति जनाएको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ। त्रिभुवन विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ र ‘ह्याङ्गर एप्रोन’ बनाउन तथा गौतमबुद्ध विमानस्थलमा ‘टर्मिनल’ भवन निर्माणका साथै त्यसको क्षमता बढाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जनाएको छ। भैरहवामा निर्माणाधीन वैकल्पिक क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनाका साथै कोभिड–१९ का कारण थलिएको पर्यटन उद्योगलाई महामारीपछिको समयमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ। यसैगरी परियोजना पूरा भएपछि त्रिभुवन विमानस्थलको मौजु...
विगत २५ वर्षदेखि बैंकहरूले पाउँदै आएको सेवा शुल्क खारेज

विगत २५ वर्षदेखि बैंकहरूले पाउँदै आएको सेवा शुल्क खारेज

आर्थिक
मंसिर ५ काठमाडौं । विगत २५ वर्षदेखि बैंकहरूले पाउँदै आएको सेवा शुल्क  कटौती गरिएको छ। पूर्वकर्मचारीलाई सरकारी संचित कोषमा रकम जम्मा गरी निवृत्तिभरण दिलाइरहेको प्रावधान परिवर्तन भई अब सोझै पूर्वकर्मचारीको सरकारी बैंकमा रहेको खातामै रकम पठाउने सहज व्यवस्था गरिएसँगै २५ वर्षदेखि बैंकहरूले संचित कोषको सेवा प्रदान गरेबापत प्राप्त गर्दै आइरहेको सेवा शुल्क  नपाउने भएका हुन्। वि.सं. २०५२ सालबाट सेवानिवृत्त राष्ट्र सेवकलाई निवृत्तिभरण अन्तर्गतको रकम उपलब्ध गराएबापत सरकारले बैंकलाई १ प्रतिशत सेवा शुल्क  दिँदै आएको थियो।  तर, चालु आर्थिक वर्षदेखि सरकारले सेवानिवृत्त कर्मचारीलाई बैंक खातामा सोझै रकम भुक्तानी अनिवार्य लागु गरेसँगै अब संचित कोष सेवा बैंकले उपलब्ध गराउन नपर्ने भएपछि सो सेवा उपलब्ध गराएबापत पाउँदै आइरहेको सेवा शुल्क पनि बैंकले नपाउने भएको हो। यसअघि बैंकहरूले संचित कोषमा रक...
आजपनि घट्यो सुनको मूल्य

आजपनि घट्यो सुनको मूल्य

आर्थिक
मंसिर ५ काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आजपनि गिरावट आएको छ ।शुक्रवार छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।यस दिन तेजाबी सुनको प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको थियो । ...
भावी दिनमा महासंघलाई हाक्न सक्ने क्षमता भएका:सुबोध कुमार गुप्ता,वस्तुगत संघका उम्मेदवार

भावी दिनमा महासंघलाई हाक्न सक्ने क्षमता भएका:सुबोध कुमार गुप्ता,वस्तुगत संघका उम्मेदवार

अन्र्तवार्ता, आर्थिक, समाचार
सुबोध कुमार गुप्ता एक सफल उद्योगपति एवम् व्यवसायी हुन । उनको जन्म सन १९७४ मा औंद्योगिक नगरी विरगंज स्थित रानीघाटमा भएको थियो । पिता सुकदेव र माता कान्तिदेवी गुप्ताका सुपत्रका रुपमा उनले यस धर्तीमा पाइला हालेका हुन । गुप्ताले आफ्नो शिक्षारम्भ विरगंज स्थित रेलवे माध्यमिक विद्यालयबाट गरेका थिए । २ कक्षासम्म सो विद्यालयमा अध्ययन गरे पस्चात उनले ३ देखी ७ कक्षासम्म विरगंजकै त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययन गरे । अध्ययन प्रति बिशेष रुची राख्ने गुप्ताले भारतबाट म्याथ बिषयमा बिएस्सी गरेका छन् । उनमा नेपाली अंग्रेजी र हिन्दी भाषाको राम्रो ज्ञान छ । क्रिकेट र फुटबल खेलका अलवा संगित सुन्ने र पढने आदत उनमा छ । उनी विश्वका करिब ४० देश पुगिसकेका छन् । ९० को दशकमा व्यवसायको क्षेत्रमा पाईला हाल्दै उम्दा व्यवसायीको रुपमा परिचय बनाउने सफल सुबोध कुमार गुप्ता पारिवारिक दायित्वलाई पनि उत्तिकै महत्व दिने ...
कोरोना प्रभावितलाई राहत दिन बाटो खुला

कोरोना प्रभावितलाई राहत दिन बाटो खुला

आर्थिक
मंसिर ५ काठमाडौं । सरकारले कोभिड–१९ बाट प्रभावित घरेलु, साना, मझौला उद्यम एवं पयर्टन क्षेत्रका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि कर्जा उपलब्ध गराउन ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ जारी गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट पारित कार्यविधिअनुसार सहुलियत कर्जा उपलब्ध गराई व्यवसायको निरन्तरता दिन सरकारले कर्जा प्रवाह गर्नका लागि नेपाल राष्ट्र बैंकलाई आवश्यक रकमको व्यवस्था गर्ने भएको छ । सरकारले राष्ट्र बैंकबाट सञ्चालन हुनेगरी राष्ट्र बैंककोे बैंकिङ कार्यालयमा रु ५० अर्बको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह शोधभर्ना खाता खोल्नेछ । जसमा नेपाल सरकारले उपलब्ध गराएको रकम, सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका संस्थाबाट मन्त्रालयको समन्वयमा जम्मा हुने रकम, विदेशी सङ्घसंस्थासँग नेपाल सरकारले गरेको सम्झौताबमोजिम प्राप्त...
चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमै १८ वाणिज्य बैंकको नाफा घट्यो

चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमै १८ वाणिज्य बैंकको नाफा घट्यो

आर्थिक, समाचार
चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमै १८ वाणिज्य बैंकको नाफा घटेको छ। कोभिड महामारीका कारण बैंकहरुको व्यवसाय विस्तारमा प्रभाव पर्नुका साथै खराव कर्जा वृद्धि भई जोखिम व्यवस्था वापतको रकम बढेपछि नाफामा असर गरेको हो। बैंकहरुले प्रकाशित गरेको प्रथम त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण अनुसार ९ वटा बैंकको मात्र नाफा बढेको छ। यसअघि उच्च नाफा कमाउने बैंकहरुको पनि नाफामा कमी आएको छ। असोजसम्ममा एनएमवी, प्राइम कमर्सियल, सिटिजन्स, नेपाल बंगलादेश, ग्लोवल आइएमई, मेगा, प्रभु, कुमारी र एनआइसी एसियाको नाफा मात्र बृद्धि भएको छ।गत वर्ष उच्च नाफा कमाउने ठूला बैंकहरु राष्ट्रिय वाणिज्य बैंक, नविल, नेपाल इन्भेष्टमेन्ट, नेपाल बैंक, एभरेष्ट, हिमालयन जस्ता बैंकहरुको नाफा पनि प्रभावित भएको छ। यस अवधिमा नाफा सबैभन्दा बृद्धि गर्नेमा एनएमबी बैंक रहेको छ भने बढी घाटा व्यहोर्ने बैंकमा नेपाल एसबीआई बैंक रहेको छ। ...
नेप्सेमा दोहोरो अङ्कको वृद्धि

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

आर्थिक
मंसिर ३ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । तिहारको बिदा पछि आज खुलेको बजारमा नेप्सेसहित कारोवार रकममा समेत सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २३.३२ बिन्दुले उकालो लागेर एक हजार ७४१.८१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ०.८० ले ओरालो लागेर ३३८.०९ मा ओर्लेको छ । कूल १९४ कम्पनीको एक करोड १६ लाख ७४ हजार ८७५ कित्ता शेयर रु चार अर्ब ७९ करोड १० लाख ४१ हजार ६४९ बराबरको कारोवार भएको छ । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १.२८, विकास बैंक २०.६ र जलविद्युत् १८.६१ बिन्दुले ओरालो लागेको छ । यस्तै, व्यापार १८१.०८, होटल ३९.६, वित्त ८.४३, निर्जीबन बीमा ३९७.४८, उत्पादन २३५.४५, अन्य २९.९७, लघुवित्त १४.६, जीवन बीमा ५२१....
कोरोना संकटको ६ महिनामा १० लाखले बढे ब्रोडव्यान्ड इन्टरनेट प्रयोगकर्ता

कोरोना संकटको ६ महिनामा १० लाखले बढे ब्रोडव्यान्ड इन्टरनेट प्रयोगकर्ता

आर्थिक
कोरोना भाइरस संक्रमणले मुलुकको अर्थतन्त्रलाई प्रभाव पारिरहेको बेला इन्टरनेट व्यवसायमा भने उल्लेख्य विस्तार भएको छ।कोरोना भाइरस संक्रमणले अनलाइनमा आधारित व्यवसायले अवसर पाएपछि इनटरनेटको माग बढेको हो। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार चैतदेखि भदौमहिनासम्म इन्टरनेट प्रयोगकर्ताको संख्या १० लाखले वृद्धि भएको छ। यसमा सबैभन्दा धेरै आईएसपी प्रयोगकर्ता बढेका छन् भने त्यपछि मोबाइल ब्रोडव्यान्ड प्रयोगकर्ता रहेका छन्। प्राधिकरणको २०७६ फागुन महिनाको तथ्यांकअनुसार मुलुकको कुल ब्रोडव्यान्ड इन्टरनेट प्रयोगकर्ता २ करोड १८ लाख ५२ हजार ३ सय ३८ अर्थात ७३.१४ प्रतिशत पुगेको थियो।यो संख्या ६ महिनाको अवधिमा ७६.५८ प्रतिशत पुगेको छ। अर्थात, भदौ महिनामा देशभर ब्रोडव्यान्ड इन्टरनेट प्रयोगककर्ताको संख्या २ करोड २८ लाख ७९ हजार ७ सय २७ पुगेको छ। यस हिसाबले हेर्दा ६ महिनाको अवधिमा मुलुकको कुल ब्...
ग्यास सिलिण्डरको एक विशेष जानकारी

ग्यास सिलिण्डरको एक विशेष जानकारी

आर्थिक, समाचार
आधुनिक सुविधा जति लाभदायक छन्, त्यति नै घातक पनि छन् । त्यसैले सुविधाको प्रयोग आवश्यक्ता हेरेर मात्रै गनुपर्छ । किनभने यसको धेरै प्रयोग गरेमा खतरनाक साबित हुन सक्छ । ग्यास सिलिण्डर सबैको घरमा प्रयोग हुन्छ । यस बिना आजको समयमा केहि पनि हुन सक्दैन । तर तपाईलाई यसको बारेमा धेरै जानकारी थाहा नहुन पनि सक्छ । आज हामी तपाईलाई ग्यास सिलिण्डरमा किन नम्बर लेखिन्छ भन्ने बारेमा जानकारी दिनेछौँ । ग्यास सिलिण्डरमा लेखिएको एक विशेष कोड नम्बर रेगुलेटर नजिक तीन पट्टी हुन्छ । ग्यास कम्पनीले यस नम्बर लेखेर आफ्नो जिम्मेवारी निभाउँछन् । ग्यासको ट्यांकीमा ए, बी, सी, डी लेखिएको हुन्छ । ग्यासको कम्पनीहरु यी अल्फाबेट्सलाई १२ महिनाको हिसावमा चार भागमा बाँड्छन् । ए जनवरीदेखि मार्चसम्म, बी अप्रिलबाट जूनसम्म, सी जुलाईबाट सेप्टेम्बरसम्म र डी अक्टोबरबाट डिसेम्बरसम्म हुन्छ । यस कोडले लेटरको सहायताले टेस्टिङक...
काम गर्ने आँट र जाँगर भए किबी खेती गरेर मनग्य आम्दानी गर्न सकिने

काम गर्ने आँट र जाँगर भए किबी खेती गरेर मनग्य आम्दानी गर्न सकिने

आर्थिक, समाचार
धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजारका श्रीकृष्ण अधिकारी किबी खेती शुरु गरेपछि मनग्गे आम्दानी गर्न थालेका छन् । वैदेशिक रोजगारीबाट फर्केर गाउँमै किबी खेती शुरु गरेका उनी आफूसँग काम गर्ने आँट र जाँगर भए रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने उदाहरण बन्न सफल भएका छन् । अर्काको देशमा जति काम गर्दा पनि आफ्नै गाउँघरको यादले नछाडेपछि उनी विदेशको जागिर छाडेर गाउँ फर्किएका थिए । विदेशमा गरेको कामले सन्तुष्टि नपाएका अधिकारी पाँच वर्षअघिदेखि नीलकण्ठ नगरपालिका–१४ काउलेमा किबी खेती गरेर मनग्य आम्दानी गर्न थालेका हुन् ।  तिहारको समयमा मानिसलाई विदेशबाट ल्याएको मसलाको सट्टा गाउँकै पौष्टिक फल किबी हालेर दाजुभाइलाई कोसेली दिन आग्रह गरेका अधिकारीको अहिले अधिकांश समय किबीबारीमा बित्ने गरेको छ । विसं २०५८ मा मलेसिया गएका अधिकारी चार वर्ष बसेर नेपाल फर्किएका हुन् । घरमा कपडापसल समेत छ तर व्यवसा...