आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

चिनीको नयाँ मूल्य निर्धारण,मूल्य बढाएर साढे ७७ रुपैयाँ

चिनीको नयाँ मूल्य निर्धारण,मूल्य बढाएर साढे ७७ रुपैयाँ

आर्थिक, समाचार
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चिनीको नयाँ मूल्य निर्धारण गरेको छ । मंसिर ३ गतेसम्म ७० रुपैयाँमा चिनी बिक्री गर्दै आएको कर्पोरेसनले चिनीको उपभोक्ता मूल्य बढाएर साढे ७७ रुपैयाँ पुर्याएको हो । कर्पोरेशनले बिक्री गर्ने चिनीको  डिलर मूल्य भने ७७.२० रुपैयाँ रहेको छ ।  कर्पोरेसनले हालैमात्र भारतबाट आयात गरेको २० हजार मेट्रिक टन चिनीको नयाँ मूल्य निर्धारण गरेको हो । उक्त चिनी प्रतिकेजी ७७ रुपैयाँ २० पैसा तोकेको हो । उक्त मूल्य डिलरका लागि हो । विरगञ्जमा भने डिलरमा प्रतिकेजी चिनी ७४.५० रुपैयाँ पर्ने कर्पोरेशनले जानकारी दिएको छ । आम उपभोक्ताले चिनी खरिद गर्नको लागि १५५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । कर्पोरेशनले बिक्री गर्ने चिनीको प्याकेटमा २ केजीको हुने गरेको छ ।  आम उपभोक्ता मूल्य भने ७७.५० रुपैयाँ रहेको कर्पोरेशनका केन्द्रिय विभागीय व्यवस्थापक ब्रजेशकुमार झाले बताए । ‘कर्पो...
धितोपत्र बजारमा हरेक दिन नयाँ रेकर्ड, १२ अर्बको हाराहारीमा कारोवार

धितोपत्र बजारमा हरेक दिन नयाँ रेकर्ड, १२ अर्बको हाराहारीमा कारोवार

आर्थिक, समाचार
धितोपत्र बजारमा हरेक दिन जसो नै नयाँ नयाँ रेकर्ड बनिरहेको छ । आइतबार र आजको कारोवार रकम कूल १२ अर्बको हाराहारीमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार पछिल्ला दिनमा बन्द अवस्थामा रहेका होटल उपसमूहको शेयरमा लगातार वृद्धि भइरहेको छ । कम परिमाणका शेयर भएका कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित भएका कारण नेप्सेमा उच्च अङ्कको वृद्धि भएको छ । यस्तै, कारोवार रकममा समेत उल्लेख्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार कूल २०१ कम्पनीको एक करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर रु ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१५ मा खरिद बिक्री भए । कारोवार रकममा आज भएको वृद्धि पछिल्ला दिनको हालसम्मकै उच्च हो । यस्तै, आज कूल १९९ कम्पनीको एक करोड २० लाख २१ हजार ३४७ कित्ता शेयर रु चार अर्ब ७६ करोड २७ लाख चार हजार ६११ मूल्यमा कारोवार भयो । स्टकका अनुसार नेप्से आज २.३८ बिन्दुले घटेर एक हजार ७८०...
नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिश काउन्सिलको आयोजनामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम

नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिश काउन्सिलको आयोजनामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम

आर्थिक, समाचार
नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिश काउन्सिलले आयोजना गरेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम कार्यक्रम आज देखि शुरु भएको छ । ‘इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटिअरिस्ट (ईएलएमएस)’ परियोजना अन्तर्गत पर्यटन, निर्माण र कृषि क्षेत्रमा जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । परियोजना मार्फत व्यवससायिक वर्गिकरण मानकको विकास तथा श्रम बजार सूचना प्रणालीको विकास गरिने छ । यो कार्यक्रम, पर्यटन क्षेत्र, निर्माण क्षेत्र र कृषि क्षेत्रमा कार्यान्वयन हुने पनि अध्यक्ष राणाले बताए । यो परियोजनाले श्रम बजारको माग र आपूर्तिको व्यवस्थापनमा सघाउ पु¥याउने विश्वास गरिएको छ । यस्तै श्रम बजार सम्बन्धी तथ्याङ्कको विकास गर्ने कार्यमा समेत यो परियोजना कोशेढुंगा हुने उनले बताए । त्यसबाहेक देशमा बेराजगारी दर घटाउन समेत सघाउ पुग्ने विश्वास अध्यक्ष राणाको छ । परियोजनाले मुलुकको औद्योगिक विक...
चालू आर्थिक वर्षको बजेट बक्तव्यमा उल्लेखित राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्देशन

चालू आर्थिक वर्षको बजेट बक्तव्यमा उल्लेखित राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्देशन

आर्थिक, समाचार
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेट बक्तव्यमा उल्लेखित राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयका सचिवहरु, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक, भन्सार तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरु लगायतको सहभागितामा आज आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले कोभिड–१९ ले सिर्जना गरेका चूनौतीहरुको सामना गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगर्ने बताए । उनले नियतवश त्रुटी, कमजोरी गर्ने र असल मनसायबाट बिचलित हुने कर्मचारी लगायत जो कोहीलाई पनि नछोड्ने बताए । डर, त्रास सिर्जना गरेर कर्मचारीहरुलाई काममा नलगाउने स्पष्ट पार्दै अर्थमन्त्री पौडेलले योग्यता र क्षमताको कदर सहित काम गर्ने अनुकुल परिस्थिति सिर्जना गरेर परिणाम निकाल्ने बताए । ‘कठिनाइ र समस्याहरुलाई समाधान गर्न मन्त्रालयले सहयोग, सहजीकरण र प्रोत्साहन...
सेयर ब्रोकरलाई एक दिनकै कमिसन ६ करोड ४२ लाख, कसलाई कति ?

सेयर ब्रोकरलाई एक दिनकै कमिसन ६ करोड ४२ लाख, कसलाई कति ?

आर्थिक
मंसिर ८ काठमाडौं । आइतबार सेयर बजारमा ६ अर्ब ९० करोड रुपैयाँको कारोबार हुँदा लगानीकर्ताले कमिसन मात्रै करिब ६ करोड ४२ लाख रुपैयाँ ब्रोकरलाई बुझाए । त्यस्तै, गत बिहीबार ६ अर्ब ११ करोडको कारोबर हुँदा ब्रोकरले कमिसनबापत मात्रै साढे ६ करोड रुपैयाँभन्दा बढी उठाए । मुलुकमा रहेका ५० वटा ब्रोकरले औसतमा दैनिक १० लाख रुपैयाँ कमाइरहेका छन् । अझ केही ठूला ब्रोकरको दिनकै आम्दानी करोड हाराहारी पुग्ने गरेको छ । सेयर कारोबारमा औसत ब्रोकर कमिसन ० दशमलव ४५ प्रतिशत छ । तर, यो कमिसन सेयर किन्ने तथा बेच्ने दुवैले तिर्नुपर्ने हुनाले वास्तविक कमिसन ० दशमलव ९० प्रतिशत हाराहारीमा हुन्छ । दोस्रो बजारमा सेयर कारोबार गर्दा लगानीकर्ताबाट ब्रोकरले लिने कमिसन अत्यधिक भएको लगानीकर्ताको गुनासो छ । पछिल्लो समय कारोबार रकम अत्यधिक हुन थालेको तथा अनलाइन कारोबारले ब्रोकरको भूमिका पनि घटेका कारण ब्रोकर कमिसन घटाउनुपर...
नेपाल राष्ट्र बैंकले  १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको  ट्रेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

आर्थिक, समाचार
 नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले सबै टे«जरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ । त्यसमा कूूल  दुई अर्ब २३ करोड ३२ लाख ९१ रुपैयाँ दिने अवधिको हो । यस्तै  १२ अर्ब ४७ करोड रुपैयाँ कूल १८२ दिनका लागि र  ११ करोड भने कूल ३६४ रुपैयाँ दिनका लागि बिक्री गर्न लागिएको छ ।  ...
(नेप्से)मा नयाँ रेकर्ड कायम,६ अर्ब ११ करोडको कारोबार

(नेप्से)मा नयाँ रेकर्ड कायम,६ अर्ब ११ करोडको कारोबार

आर्थिक, समाचार
 नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा दैनिक नयाँ रेकर्ड कायम भइरहेको छ । बिहिबार ६ अर्ब ११ करोडको कारोबार भएर नयाँ रेकर्ड कायम गरेको नेप्सेले आज फेरि अर्को नयाँ रेकर्ड कायम गरेको छ ।    साताको पहिलो दिन आज (आइतबार) नेप्से ४.६९ अंकले बढेर १ हजार ७ सय ८२ दशमलव ८१ विन्दुमा पुगेकोे छ ।  नेप्सेका अनुसार बिहिबार ६ अर्ब ९० करोड ६७ लाख बढीकोे कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये बैंकिङ क्षेत्र बाहेक अन्य घटेका छन् ।  ...
कोरोना महामारीको बेला पनि स्थानिय निकायदेखि संघीय सरकारी निकायसम्म भ्रष्टाचारका काण्ड :डा.डिआर उपाध्याय

कोरोना महामारीको बेला पनि स्थानिय निकायदेखि संघीय सरकारी निकायसम्म भ्रष्टाचारका काण्ड :डा.डिआर उपाध्याय

आर्थिक, समाचार
धेरै जसो आलोचलनाको घेरामा रहँदै आएको स्वास्थ्य क्षेत्र कोरोना भाइरस (कोभिड-१९)को महामारीको सुरूवातसँगै अझ बदनामीको मार खेपिरहेको छ । यो माहामारीले विश्वव्यापी रूपमा सिङ्गो जनजीवनलाई आफ्नो चपेटामा पारिरहेको यस अवस्थामा स्वास्थ्य सम्बन्धी सरकारी निजी संयन्त्र तथा स्वास्थ्य सेवामा आवद्ध जनशक्तिको महत्व सर्वोपरी देखिन्छ । तर, जताततै राजनीतिक वर्चश्वलाई प्राथमिकता राख्ने प्रवृतिका कारण जनताको जीवनसँग सोझै सम्बन्ध राख्ने क्षेत्र पनि उपेक्षाको शिकार भएको देखिन्छ । एकातिर कोरोना महामारीको कालो बादल देशभरी मडारिएको बेला पनि स्थानिय निकायदेखि संघीय सरकारी निकायसम्म अनेकौं भ्रष्टाचारका काण्डहरू दिनहुँ सार्वजनिक हुनेक्रम जारी नै रहेको छ । सप्तरीको बोदेबरसाइन नगरपालिकाले कोभिड महामारी नियन्त्रका क्रममा खाजा तथा चियापान खर्च १४ लाख ५१ हजार सार्वजनिक गर्दा कोरोना नियन्त्रण तथा रोकथामका नाममा मच्चिएको...
विपन्न वर्ग पीसीआर परिक्षणको अनिवार्यताका कारण आर्थिकमार झेलन बाध्यःडा.डिआर उपाध्याय

विपन्न वर्ग पीसीआर परिक्षणको अनिवार्यताका कारण आर्थिकमार झेलन बाध्यःडा.डिआर उपाध्याय

आर्थिक, समाचार
राजधानीबाट प्रकाशित हुने एक दैनिक पत्रिकाको बिहीबारको मुख्य पृष्ठमा ‘खुलामञ्चमा खाना खाइरहेका सर्व साधारणलाई बलपूर्वक ट्रकमा हुलेर थापाथली पुर्‍याइयो, थापाथलीमा पनि धुलोमै’ शीर्षक दिइएको प्रमुख समाचार तस्वीरसहित प्रकाशित भयो । यस समाचारले धेरैको मन–मस्तिक उद्वेलित एवम् द्रवित गर्नु स्वाभविकै हो । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले खुला ठाउँमा मानिसलाई पंक्तिमा बसालेर खाना खुवाउँदा मुलुककै बेइज्जती हुने बताउँदै निःशुल्क खाना वितरणको स्थान परिवर्तन गराएको समाचारमा जनाइएको छ । राजधानीलगायत प्रमुख शहरहरूमा बेरोजगारीका कारण निःशुल्क भोजनका लागि लामबद्ध हुनेहरूको सङ्ख्या नघटेको प्रति राज्य संयन्त्रको संवेदनशीलताको उदाहरण विरलै भेटिन्छ । दैनिक छाक टार्न मुस्किल भएकाहरूलाई खुला ठाउँमा निःशुल्क रूपमा खाना खुवाइँदा मुलुकको मान प्रतिष्ठामा आँच आउने कटु यथार्थलाई बुझेका जिम्मेबार राजनीतिज्ञ ...
निर्यात व्यवसायी महासंघले चन्द्र ढकाल समुहलाई सघाउने

निर्यात व्यवसायी महासंघले चन्द्र ढकाल समुहलाई सघाउने

आर्थिक, समाचार
काठमाडौँ, मंसिर – निर्यात व्यवसायी महासंघ नेपाल (फिन) ले नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई सहयोग गर्ने भएको छ । निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपालले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल, बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र सो टीमका वस्तुगततर्फका सदस्यका उम्मेदवारहरुलाई शुभकामना दिँदै सो टीमलाई भोटहालेर खुला रुपमा सहयोग गर्ने उद्घघोष गरेको छ । महासंघमा ११ वटा वस्तुगत संघ आवद्ध छन् । स्वागत तथा शुभकामना कार्यक्रममा निर्यात व्यवसायी फिनका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङ्गले महासंघमा वस्तुगत सदस्यहरुको हितका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र उपाध्यक्ष उमेशलाल श्रेष्ठको टीमलाई जिताउनु पर्ने बताए । अहिलेको अवस्थामा सरक...