आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

नेप्से, आज४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५७९ रुपैयाँ बराबरको कारोबार

नेप्से, आज४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५७९ रुपैयाँ बराबरको कारोबार

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) हरियाली छाएको छ । आज नेप्से ४९.१७ अंकले बढेर दुई हजार ६२ दशमलब ६ विन्दुमा पुगेको छ भने ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५७९ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई वटा समूह घटेका छन् भने १० वटा समूह बढेका छन् । आज ३ कम्पनीको शेयर अर्थात् हिमालयन डिष्टिलरी लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड र नागरिक लगानी कोषको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ...
नेपाल कम्युनिष्ट पार्टी नेकपाका सबै बैंक खाता रोक्का हुने

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सबै बैंक खाता रोक्का हुने

आर्थिक, समाचार
काठमाडौं – प्रतिनिधि सभा विघटनपछि सत्तारुढ (नेकपा) विभाजनमा पुगेसँगै नेताहरु बोलेर वा सांकेतिक रुपमा एकअर्कालाई जवाफ दिइरहेका छन् । एकअर्कालाई कटाक्ष गर्न दुई पक्षका नेताहरु उद्यत देखिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी नेकपाका सबै बैंक खाता रोक्का हुने भएको छ । पार्टी फूटेसँगै नेकपाको सम्पति रोक्का गर्न माग गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सबै बैंकहरुलाई पत्राचार गरेसँगै राष्ट्र बैंकले निर्वाचन आयोग वा अदालतको आधिकारिक निर्णय नआएसम्मका लागि नेकपाको नाममा रहेको सबै बैंक खाता रोक्का गर्न निर्देशन दिएको छ । स्रोतका अनुसार आज कार्यालय समयभन्दा पछि जानकारी आएकाले राष्ट्र बैंकले भोली सबै बैंकहरुलाई औपचारिक रुपमा निर्देशन दिनेछ । ...
नेप्से ८.५७ बिन्दुले उकालो लागेर ,तीन अर्ब ८५ करोड तीन लाख २० हजार ४५को कारोवार

नेप्से ८.५७ बिन्दुले उकालो लागेर ,तीन अर्ब ८५ करोड तीन लाख २० हजार ४५को कारोवार

आर्थिक, समाचार
 धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज (सोमबार) साढे ८ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.५७ बिन्दुले उकालो लागेर २००७.२९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१४ बिन्दुले बढेर ३८२.५७ मा पुगेको छ । कूल २१४ कम्पनीको ७४ लाख ९७ हजार ३८४ कित्ता शेयर रु तीन अर्ब ८५ करोड तीन लाख २० हजार ४५ मा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार ४८.६५, विकास बैंक १०.२९ र अन्य ०.९८ बिन्दुले घटेको छ । बैंकिङ ९.३४, होटल ३.४३, जलविद्युत् २.७४, वित्त २.०५, निर्जीवन बीमा ७५.३३, उत्पादन ९७.७९, लघुवित्त ६.०८, जीवन बीमा २९.६५ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले उकालो लागेको छ । कारोवरका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह...
नेपाल टेलिकमको‘पाठशाला सियुजी सेवा’

नेपाल टेलिकमको‘पाठशाला सियुजी सेवा’

आर्थिक, समाचार
नेपाल टेलिकमले वितरण गरिरहेको ‘पाठशाला सियुजी सेवा’ सार्वजनिक विद्यालयका कर्मचारी, अभिभावक र विद्यालय सञ्चालक समितिका सदस्यले सहुलित दरमा प्रयोग गर्न सक्ने भएका छन् । यसअघि विद्यालयका शिक्षक तथा विद्यार्थीका लागि प्रयोग भइरहेको सो सेवा अभिभावक तथा विद्यालय सञ्चालक समितिका सदस्यले समेत प्रयोग गर्न पाउने भएका हुन् । टेलिकमले यसअघि देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीका लागि महामारीको अवस्थामा शिक्षाबाट वञ्चित हुनु नपरोस् भनी नेपाल सरकारले लागू गरेको आकस्मिक शैक्षिक योजना २०७७ अन्तर्गत पठनपाठनका लागि सहुलियत दरमा ‘पाठशाला सियुजी सेवा’ वितरण गरेको थियो । यस सेवाअन्तर्गत कुनै एक सार्वजनिक विद्यालयसँग सम्बद्ध भई कम्पनीको संस्थागत प्रयोगकर्ता समूहमा आबद्ध हुन सेवाग्राहीलाई मासिक जम्मा ९९ मात्र (सरकारी कर र स्वामित्व करबाहेक) लाग्दछ । यसमा आबद्ध सेवाग्रा...
१.१२ प्रतिशत मात्रै पुँजीगत खर्च

१.१२ प्रतिशत मात्रै पुँजीगत खर्च

आर्थिक
सरकारले चालु आर्थिक वर्षको बितेका साढे पाँच महिनामा विनियोजित बजेटको जम्मा ११ दशमलव १२ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ ।महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७–७८ को बितेका साढे पाँच महिना (११ पुससम्म) मा ३९ अर्ब २४ करोड २८ लाख रुपैयाँ मात्र खर्च भएको छ । चालु आवका लागि सरकारले ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको छ । पुँजीगत खर्चमध्ये ११ दशमलव १२ प्रतिशत मात्र खर्च गरेको सरकारले विनियोजित बजेटको लक्ष्य भेट्न अबको करिब साढे ६ महिनाभित्र ८८ दशमलव ८८ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने हुन्छ । हाल मुलुकमा देखिएको प्रतिनिधिसभा विघटनलगायत राजनीतिक अस्थिरताका कारण आगामी दिनमा पुँजीगत खर्च हुन नसक्ने अवस्था उत्पन्न भएको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूले आगामी वैशाखमा घोषित निर्वाचनका कारण मुलुकको विकास निर्माणका काममा अवरोध पुग्ने भएकाल...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लागू

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लागू

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लागू गरेको छ । नेप्सेमा कारोबार पछि उत्पन्न भएका तथ्याङ्क, धितोपत्र मूल्यमा प्रभाव पार्ने सुचना तथा समितिले समय समयमा वितरण योग्य भनि तोकिएको तथ्याङ्क प्रयोगका लागि नेप्सेले कार्यविधि बनाएर लागू गरेको हो ।  यो कार्यविधि पुस १ गतेदेखिनै लागू भएको नेप्सेको भनाई छ । कार्यविधि लागू भएसँगै अव नेप्सेको तथ्याङ्क व्यक्तिगत प्रयोजनमा प्रयोग गर्नका लागि तोकिएको शूल्क तिर्नुपर्ने भएको छ । इन्भेष्टमेण्ट कम्पनी, विश्लेषक, सञ्चार माध्यमका साथै गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक संस्थाहरुले नेप्सेको तथ्याङ्क प्राप्त गर्न सक्नेछन् । तर त्यसका लागि नेप्सेलाई प्रतिमहिना शुल्क तिर्नुपर्ने हुन्छ ।  नेप्सेको कुनै पनि तथ्याङ्क प्रयोगकर्ताले नेप्से समक्ष स्पष्ट उदेश्य समेत खुलाई सम्झौता गर्नुपर्नेछ । नियामक वा ...
(नेप्से)  आज ४ अर्ब ६६ करोड ९३ लाख ६३ हजार ६५८ रुपैयाँ बराबरको कारोबार

(नेप्से) आज ४ अर्ब ६६ करोड ९३ लाख ६३ हजार ६५८ रुपैयाँ बराबरको कारोबार

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) राताम्मे भएको छ । आज नेप्से ३९.९८ अंकले घटेर एक हजार ९९१ दशमलब ६५ विन्दुमा थामिएको छ भने ४ अर्ब ६६ करोड ९३ लाख ६३ हजार ६५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।    आज बजार घटेपनि १० कम्पनीको कारोबार भएको छ । आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ ।  कम्पनीले ६७ करोड १० लाख ८०  हजार ९ सय ३९ रुपैयाँ बराबरको कारोबार गरेको छ ।   त्यस्तै, नबिल बैंक लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नागरिक लगानी कोष, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, शिवम् सिमेन्ट, एनसीसी बैंक र हिमालयन डिष्टीलरीको सर्बाधिक कारोबार भएको छ । ...
बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने

बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने

आर्थिक, समाचार
बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी)मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो । मल खरिदको सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतितपत्र) खोल्ने काम शुरु भएको जनाएको छ । मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले शुक्रबार सिदार्थ बैंङ्कमा एलसी खोल्न पत्र पठाएको जनाएको छ । नेपालमा एलसी खोलेको जानकारी गराएपछि बङ्गलादेशको कम्पनीले एलसी खोलेर मल खरिदको तयारी गर्ने जानकारी आएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार दुवै देशले एलसी खोलेको १५ दिनभित्रमा मल खरिद शुरु हुनेछ । ‘बङ्गलादेशमा गएर सम्झौता गरेपछि मल आउने ढुक्क भएको छ, हामी जतिसक्दो छिटो खरिद गर्ने तयारीमा छौँ, पुस अन्तिमसाता पहिलो लटको मल नेपाल आइपुग्छ,’ उनले भने । ...
सुन्तला बेचेरै गुजारा चलाउदै आएका पर्वतका किसानलाई यस बर्ष फापेन सुन्तला खेती

सुन्तला बेचेरै गुजारा चलाउदै आएका पर्वतका किसानलाई यस बर्ष फापेन सुन्तला खेती

आर्थिक
पर्वत सुन्तला पाकेर बजार पठाउन तयारी भएको समयमा कीरो परेपछि पर्वतका सुन्तला भण्डारका रूपमा चिनिएको जलजला गाउँपालिका–१ बाँसखर्कका किसान चिन्तामा छन् । माघको पहिलो सातादेखि बिक्रीका लागि बजार पठाउने तयारी भइरहेका बेला बोटमै कुहिएर सुन्तला झर्न थालेका हुन् । उत्तर मोहडामा फैलिएको बाँसखर्क सबैभन्दा ढिलोसम्म बोटमै सुन्तला रहने ठाउँ हो । यहाँ माघ शुरु भएपछि मात्रै सुन्तला पाक्छ । यस पटक भने पाक्ने बेलामा पहेँलो हुँदै झर्न थालेपछि किसान वर्षभरिको आम्दानी गुम्ने चिन्तामा छन् । “बढी पहेँलो भएको गेडो छिट्टै झरेको छ”, अगुवा किसान जगतबहादुर खत्रीले भन्नुभयो, “कोट्याएर हेर्दा भित्र कीरैकीरो छन् ।” बारीभरि पहेँलै भएर झरेका सुन्तला सङ्कलन गरेर खाडलमा पुर्ने गरेको खत्रीले बताउनुभयो । उहाँले वर्षेनी रु ६ देखि आठ लाखसम्मका सुन्तला बोटबाटै बेच्नुहुन्छ । बर्षेनी रु पाँच लाखका सुन्तला बिक्री गर्ने चन्द्...
बीस करोड बिगो असुलीको माग

बीस करोड बिगो असुलीको माग

अपराध, आर्थिक, समाचार
राजस्व अनुसन्धान विभागले करिब २० करोड रुपियाँ बिगो असुलीको माग दाबी गर्दै विभिन्न व्यापारिक फार्मका पाँच जना सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागले ललितपुरको सानेपामा रहेको कविला सप्लायर्सका सञ्चालक भारतीय नागरिक नवलकिशोर चौधरी, शिवम् प्याकेजिङ एन्ड सप्लायर्सका सञ्चालक सीतादेवी जयसवाल र काँडाघारीस्थित गौतम सप्लायर्सका सञ्चालक मुकेश चौधरीबाट १३ करोड ४५ लाख रुपियाँ बिगो असुली र कारागार सजाय माग गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । उनीहरूले मूल्य अभिवृद्धि कर र आयकर छली गरेको अभियोग लगाइएको छ । त्यसैगरी बारा बुनियाबाद गाउँपालिकास्थित शिवम् ट्रेड सप्लायर्सका सञ्चालक जगदीश सहनीसमेतलाई प्रतिवादी बनाउँदै चार करोड ८९ लाख रुपियाँ बिगो दाबीसहित अर्को मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागका अनुसार राजस्व चुहावट गर्ने नियतले गलत विवरण घोषणा गर्ने कास्कीको अनुस्का मल्टिप्र...