आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

साढे ३ सय प्रतिशतले बढ्यो जेनेरेटर आयात

साढे ३ सय प्रतिशतले बढ्यो जेनेरेटर आयात

आर्थिक
पछिल्लो समय देशका विभिन्न ठाउँमा लोडशेडिङकै झल्को दिने गरी झ्याप्पझ्याप्प बिजुली काटिने समस्या बढ्दै गएको छ भने विद्युत्को विकल्पमा प्रयोग हुने जेनेरेटरको आयात पनि ह्वात्तै बढेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा अघिल्लो वर्षको तुलनामा साढे ३ सय प्रतिशतले जेनेरेटरको आयात बढेको छ । चालू आवको पहिलो ५ महीनामा भन्सारबाट कुल ७०७ थान जेनेरेटर भित्रिएका छन् । अघिल्लो वर्ष १५४ थान मात्र जेनेरेटर भित्रिएको थियो । यो भनेको जेनेरेटर आयात अघिल्लो वर्षको भन्दा ३ सय ५९ प्रतिशतले बढी हो । यो अवधिमा ब्याट्रीको आयात पनि ७७ प्रतिशतले वृद्धि भएको छ । यद्यपि, इन्भर्टरको आयात भने घटेको देखिन्छ । अघिल्लो वर्ष इन्भर्टरको आयात ५६ थानबाट घटेर ५० थानमा पुगेकोमा यस वर्ष २९ थान मात्र इन्भर्टर आयात भएको विभागको तथ्यांकले देखाउँछ । यो समाचार आजको आर...
आज नेप्से ३.५४ अंकले घटेर दुई हजार एक सय ६५ दशमलब ४९ विन्दुमा

आज नेप्से ३.५४ अंकले घटेर दुई हजार एक सय ६५ दशमलब ४९ विन्दुमा

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) सामान्य अंकले घटेको छ । आज नेप्से ३.५४ अंकले घटेर दुई हजार एक सय ६५ दशमलब ४९ विन्दुमा थामिएको छ भने ४ अर्ब ५६ करोड ६३ लाख ८१ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।            नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ९ वटा समूह घटेका छन् भने अन्य ३ वटा समूह बढेका छन् । आज बैंकिङ समूह ०.५६ प्रतिशतले गिरावट आएको छ भने ट्रेडिङ ५.८२, होटल १.०९, फाइनान्स ०.२२, मेनुफ्याक्चरिङ ०.३, माइक्रोफाइनान्स ०.१८, लाईफ इन्स्योरेन्स ०.३३ र म्यूचुअल फण्ड ०.२८ प्रतिशतले घटेका छन् ।  त्यस्तै, आज डेभलपमेन्ट बैंक समूह ०.१३ प्रतिशतले बढेको छ भने हाइड्रोपावर ३.१२ प्रतिशत र नन लाईफ इनस्योरेन्स ०.५९ प्रतिशतले बढेको छ ।  ...
मुल्य बढन गई प्रतिस्पर्धामा समस्या आएको निर्यात व्यवसायीको भनाई (सन्दर्भ: पाचौँ निर्यात दिवस)

मुल्य बढन गई प्रतिस्पर्धामा समस्या आएको निर्यात व्यवसायीको भनाई (सन्दर्भ: पाचौँ निर्यात दिवस)

आर्थिक, समाचार
काठमाडौं, २० पौष- पाचौँ निर्यात दिवसको अवसर पारेर नेपाल निर्यात परिषदले पत्रकार सम्मेलन आयोजना गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग र नेपाल हस्तकला महासंघको सहआयोजनामा सोमबार आयोजित कार्यक्रम परिषदका अध्यक्ष हरिबहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको हो । सो अवसर माझ परिषद अध्यक्ष कार्कीले नेपालमा निर्यातको स्थिती, विगतको अवस्था र प्रबर्धनका लागि गर्नुपर्ने प्रयासका बिषयमा प्रकाश पार्दै राष्ट्रको समग्र आर्थिक विकासका लागि निर्यात प्रबर्धनको आवश्यकता एवम् अपरिहार्यता रहेको औंल्याए । अध्यक्ष कार्कीले निर्यात दिवस मनाउनुको औचित्य बारे प्रकाश पार्दै निर्यात प्रवर्धन लक्षित कार्यक्रमले निर्यातकर्ता बीचमा एकता कायम गर्दै एक्यबद्धता प्रकट गर्दै अघि बढन, आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन पहल गर्न, निर्यात प्रबर्धनका लागि सरकारसँग हातेमालो गर्न, प्रतिस्पर्धा क्षमता अभ...
पाकेर बिक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरका कृषक मर्कामा

पाकेर बिक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरका कृषक मर्कामा

आर्थिक, समाचार
 पाकेर बिक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरको फिदिम नगरपालिका–७ रानीटारका कृषक मर्कामा परेका छन् । सुन्तला टिप्ने समयमा धमाधम झर्न थालेको र झरेको सुन्तला कुहिएको पाइएपछि कृषक चिन्तित बनेका हुन् । सुन्तलाको राम्रो उत्पादन हुने फिदिम–७ रानीटारमा पाकेको सुन्तलाभित्र किरा भेटिने गरेको छ । किराका कारण सुन्तला कुहिएर झरेपछि यहाँका दर्जनौँ कृषक परिवार मर्कामा परेका छन् । रानीटारको नाङ्लपा, हाम्फाबुङ, चिउरीबोटे, चकरुम्बा, माक्लुम्बालगायत टोलमा करिब ४०० रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलामा किरा भेटिएको हो ।हाम्फाबुङका कृषक देउबहादुर थेबेका अनुसार सुन्तला टिप्नै नपाई झर्न थालेको छ । “पोहोर साल झण्डै चार हजार किलो बेचेको थिएँ”, थेबेले भने, “यस वर्ष टिप्नै नपाई धमाधम सुन्तला झरिरहेको छ । झरेको सुन्तला कुहिएको पाएका छौँ ।” मुख्य आम्दानीको स्रोतको रूपमा रहेको सुन्तला कुहिएर जाँ...
पेट्रोलियम पाइपलाइनबाट रु. साढे एक अर्ब बचत :नेपाल आयल निगम

पेट्रोलियम पाइपलाइनबाट रु. साढे एक अर्ब बचत :नेपाल आयल निगम

आर्थिक, समाचार
नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट रु. साढे एक अर्ब बचत गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको रु एक अर्ब ४७ करोड बचत भएको हो । उक्त प्रतिवेदनअनुसार प्रति महिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा रु १४ करोड ७० लाख बचत हुँदै आएको छ । गत वर्षको भदौ २४ गतेबाट मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो ।  इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट ट्याङ्करमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत वर्षबाट पाइपलाइनमार्फत डिजेल ढुवानी शुरु गरेका थियो । पाइपलाइनमार्फत डिजेल ढुवानी गर्न थालेपछि ठूलो रकम बचत हुन थालेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर...
नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि

नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि

आर्थिक, समाचार
 नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार १ सय रहेको थियो । भने तोलामा प्रतितोला छापावाला सुन ४ सयले बृद्धि भइ सुनको मूल्य ९४ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार रहेको छ । महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय रहेको छ । यसअघि बिहीवार पनि चाँदीको मूल्य १ हजार ३ सय नै कायम भइ कारोबार भएको थियो । ...
तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालु आर्थिक वर्षको  भन्सार राजस्व प्रभावित

तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालु आर्थिक वर्षको भन्सार राजस्व प्रभावित

आर्थिक, समाचार
 विश्वोयापी महामारी बनिरहेकाे कोरोना सङ्क्रमणका कार०ा लामो समय नेपाल भारत सीमानाका बन्द हुँदा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म भन्सार राजस्व प्रभावित भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने सवारी साधन सोचेजस्तो आउन नसकेको कारण चालु आवको मङ्सिर महिनासम्मा सोचेजस्तो राजस्व उठन नसकेको भन्सार अधिकृत शैलेन्द्र अधिकारीले बताए। चालु आवको मङ्सिर महिनासम्ममा वीरगञ्ज नाका भएर तीन अर्ब २९ करोड रुपैयाँ मूल्य बराबरको ३७ हजार ६७१ थान मोटरसाइकल र दुई अर्ब ८२ करोड रुपैयाँ मूल्य बराबरको दुई हजार ५७४ थान जीप, कार र भ्यान आयात भएको छ। जबकी गत आवको यसै अवधिमा चार अर्ब १२ करोड मूल्य बराबरको चार हजार २५१ थान विभिन्न प्रकारका सवारी साधन आयात भएका थिए। समग्रमा हेर्दा चालु आवको मङ्सिर महिन...
निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर :वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल

निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर :वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल

आर्थिक, समाचार
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर भएको बताएका छन् । पर्यटकीय नगरी पोखराको सराङ्गकोटमा सोमवारदेखि सुरुभएको आइएमई लिटरेचर फेस्टिभलमा कोरोनाकालीन उद्योग वाणिज्य विषयक अन्तर्कृया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले जबसम्म सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा हेर्दैन तबसम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताएका छन् । मलेशियाले छोटै समयमा गरेको विकासका नमूनाबारे उदाहरणहरु प्रस्तुत गर्दै ढकालले जबसम्म राज्यले निजी क्षेत्रलाई व्यावसायिक पार्टनरको रुपमा लिँदैन निजी क्षेत्रको लगानी विस्तार हुन नसक्ने बताए । आइएमई ग्रुपका अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र सम्मृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्ष...
सम्पूर्ण अनलाईन सुविधा भएको ‘सुपर एप’ सार्वजनिक

सम्पूर्ण अनलाईन सुविधा भएको ‘सुपर एप’ सार्वजनिक

आर्थिक, समाचार
काठमाडौं– सम्पूर्ण अनलाईन सुविधा भएको सुपर एप सार्वजनिक भएको छ । विजनेश ग्रोथ कम्पनिले सञ्चालनमा ल्याएको बहुउपयोगी सूपर एप नामको उक्त एपमा राइड सेयरिङदेखी अनलाईन सपिङसम्मको सुविधा रहेको कम्पनिले जनाएको छ । हाल राइड सेयरिङ मात्र सञ्चालन गरेको कम्पनिले केहि समयपछि सबै सुविधा थपिने कम्पनिका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । पछिल्लो समय लोकप्रिय भएको राइड सेयरिङ सेवालाई यस एपले विना इन्टरनेट वा एसएमएस गरेर पनि सेवा लिन सकिन्छ । काठमाडौं उपत्यकामा मात्र नभई देशका अन्य शहरी भागमा पनि सेवा प्रदान गर्ने मुख्य लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए । कम्पनिले आफ्नो आम्दानीको केहि प्रतिशत समाजसेवामा खर्च गर्ने जनाएको छ । रोजगारी गुमाएका युवाका लागि राइड सेयरिङ सेवा आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । राइड सेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहिहरुले सस्तो, विश्वसनिय सेवा पा...
सन् २०२१ मा व्यवसायिक वातावरण निर्माण गर्न एकजुट हुनुपर्नेमा महिला चेम्बर अध्यक्षको जोड

सन् २०२१ मा व्यवसायिक वातावरण निर्माण गर्न एकजुट हुनुपर्नेमा महिला चेम्बर अध्यक्षको जोड

आर्थिक, समाचार
काठमाडौं, १५ पौष, सन २०२१ मा व्यवसायिक वातावरण निर्माण गर्न एकजुट हुनुपर्नेमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले जोड दिएका छन् । अध्यक्षद्वयले नेपाल चेम्बर अफ कमर्श सत्तरी बर्ष प्रवेश गरेको उपलक्ष्य तथा अंग्रेजी नयाँ बर्ष २०२१ को अवसर पारेर नेपाल महिला चेम्बरद्वारा आज आयोजित शुभकामना आदान कार्यक्रम माझ सो धारणा राखेका हुन ।सो अवसरमा प्रमुख अतिथीको आसनबाट बोल्ने क्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बरको गर्विलो ईतिहास रहेको उल्लेख गर्दै चेम्बरको ७० बर्ष प्रवेश साथै अंग्रेजी नयाँ बर्ष २०२१ को अवसर पारेर आयोजित कार्यक्रमले नयाँ उत्साह र उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास आफुले लिएको बताए । कोभिड १९ ले शिथिल बनेको अर्थतन्त्र र देशमा पछिल्लो समय विकसित राजनितिक घटना क्रमले निजी क्षेत्रलाई निराश बनाएको भन्दै व्यवसायि...