आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

(नेप्से) आज ४ अर्ब ६६ करोड ९३ लाख ६३ हजार ६५८ रुपैयाँ बराबरको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) राताम्मे भएको छ । आज नेप्से ३९.९८ अंकले घटेर एक हजार ९९१ दशमलब ६५ विन्दुमा थामिएको छ भने ४ अर्ब ६६ करोड ९३ लाख ६३ हजार ६५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।   

आज बजार घटेपनि १० कम्पनीको कारोबार भएको छ । आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ ।  कम्पनीले ६७ करोड १० लाख ८०  हजार ९ सय ३९ रुपैयाँ बराबरको कारोबार गरेको छ ।  

त्यस्तै, नबिल बैंक लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नागरिक लगानी कोष, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, शिवम् सिमेन्ट, एनसीसी बैंक र हिमालयन डिष्टीलरीको सर्बाधिक कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *