आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

आज पनि सुनको मूल्य वृद्धि

आज पनि सुनको मूल्य वृद्धि

आर्थिक, समाचार
आज पनि सुनको मूल्य बढेको छ । हिंजो ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज थप २०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रति तोला ९० हजार ६०० रुपैयाँ कामय भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य आज ९० हजार १०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने मंगलबार प्रति तोला २५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३२५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । ...
बैङ्क तथा वित्तीय संस्थाले आजदेखि अधिकतम २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा प्रदान गर्नुपर्ने

बैङ्क तथा वित्तीय संस्थाले आजदेखि अधिकतम २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा प्रदान गर्नुपर्ने

आर्थिक, समाचार
बैङ्क तथा वित्तीय संस्थाले सोमबारदेखि अधिकतम २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा प्रदान गर्नुपर्ने भएको छ। पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिन थालेपछि नियामक निकाय नेपाल राष्ट्र बैङ्कले आइतबार निर्देशन जारी गर्दै केन्द्रीय कार्यालयको हकमा २० र शाखा कार्यालयमा २५ प्रतिशत कर्मचारीमार्फत सेवा प्रदान गर्न निर्देशन दिएको हो। सरकारले कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै मुलुकमा विषम परिस्थिति सिर्जना हुन थालेपछि बिहीबारदेखि काठमाडौँ उपत्यकालगायतका केही जिल्लामा १५ दिनसम्म निषेधाज्ञा जारी गरिसकेको छ। राष्ट्र बैङ्कले विभिन्न निकायबाट जारी भएका/हुने निषेधात्मक आदेशको पालनाका लागि स्थानीय निकायसँगको समन्वयमा शाखा सञ्चालन गरी बैङ्किङ सेवा प्रदान गर्न पनि निर्देशन दिएको छ। निषेधाज्ञाको समयमा पनि बैङ्किङ सेवा अत्यावश्यकीय भएको र सेवा प्रवाह...
आज सुनको मूल्य बढेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार

आज सुनको मूल्य बढेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार

आर्थिक, समाचार
आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ८९ हजार ९सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेको छ । मुल्य बढेसँगै आज सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य ८९ हजार ५ सय रपैयाँ रहेको । यस्तै चाँदीको मूल्य भने घटेको छ । चाँदीको भाउ आज २० रुपैँयाले घटेर प्रतितोला १२ सय ९५ रुपैयामा कारोबार हुने छ । ...
सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कुल २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ बिक्री खुला

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कुल २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ बिक्री खुला

आर्थिक, समाचार
सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज शुक्रबार (वैशाख १७ गते) बाट कुल २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले यसमध्ये २ प्रतिशत अर्थात ५० हजार ३ सय ६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९ सय ११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ। बाँकी रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँका दरले आवेदन दिन पाइनेछ। यस कम्पनीको आइपीओमा वैशाख २१ गतेसम्म आवेदन दिन पाइनेछ। उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने वैशाख ३१ गतेसम्म भर्न खुला रहनेछ। बिक्री प्रबन्धक सनराइज क्यापिटल तोकिएको छ। इच्छुक लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन्। लगानीकर्ताले कति कित्ताका लागि दिने आवेदन ?हाल आइपीओमा औसतमा १५ लाख भन्दा बढी लगानीकर्त...
नेपालमा व्यापार घाटाको अवस्था भयावह हुँदैछ

नेपालमा व्यापार घाटाको अवस्था भयावह हुँदैछ

आर्थिक, समाचार
डा.डिआर उपाध्याय, अव सरकारले हामी छौ है, राज्य छ, है भन्ने दायित्वबोध गर्नुपर्छ अव सरकारले ढिला नगरीकन विपन्न वर्गको लागि विशेष आर्थिक कार्यक्रम लागू गर्नु पर्छ । सरकार भनेको देशको अभिभावक हो । जनताको सेवा गर्न सधै तयार भएर बसिरहनु पर्छ । आपत बिपतका बेलामा हो सरकारले हेर्ने भनेको अघि पछि त जनता आफै गरिखान्छन । यति बेला कोरोनाको दोस्रो लहरले सवैमा त्रास फैलाएको छ । कोरोनालाई नियन्त्रणमा ल्याउन भन्दै आज बाट बन्दा बन्दी सुरु भएको छ । दैनिक श्रम गरेर बिहान बेलुकाको छाक टार्नेहरुको चुलो बल्ने हो की होइन त्यो भने चिन्ताको बिषय बनेको छ । काम गर्न नपाए पछि चुलो पनि कसरी बोल्ला र ? अव सरकारले हामी छौ है, राज्य छ , है भन्ने दायित्वबोध गर्नुपर्छ । श्रमजीवि बर्ग देखि सवैको बिषयमा गम्भिर भएर सोच्ने सरकारले हो । अव सरकार चलायमान हुन जरुरी छ । जनताका पिरमर्कामा मलम पट्टि लगाउने भनेको सरकारले हो...
निषेधाज्ञाको समयमा पनि उपत्यकाका पेट्रोल पम्प खुलै रहने :नेपाल आयल निगम

निषेधाज्ञाको समयमा पनि उपत्यकाका पेट्रोल पम्प खुलै रहने :नेपाल आयल निगम

आर्थिक, समाचार
नेपाल आयल निगमले निषेधाज्ञाको समयमा पनि उपत्यकाका पेट्रोल पम्प खुलै रहने जनाएको छ । बुधबार सूचना प्रकाशित गरी निगमले निषेधाज्ञाको समयमा पनि थानकोटस्थित निगमको क्षेत्रीय कार्यालय खुलै रहने र उपत्यकाका पेट्रोल पम्पहरु पनि खुला रहने स्पष्ट पारेको छ । उपत्यकाका तीनै जिल्लामा आज बिहानैदेखि १५ दिनका लागि निषेधाज्ञा लागू भएकाे छ । सो समयमा पनि एम्बुलेन्स, सुरक्षा, प्रेस, पानी, खाद्यान्न लगायतका अत्यावश्यक सावारी साधन सञ्चालन हुनेछन् । ...
निषेधाज्ञामा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सुचारु बनाउन सरकारको उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टिम

निषेधाज्ञामा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सुचारु बनाउन सरकारको उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टिम

आर्थिक, समाचार
 निषेधाज्ञामा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सुचारु बनाउन सरकारले उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टिम बनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा सुचारु राख्न र्‍यापिड रेस्पोन्स टिम बनाएको हो। मंगलबार मन्त्रालयले विज्ञप्ति जारी गरी विज्ञप्तिमा निषेधाज्ञाको समयमा आपूर्ति प्रणाली सहन पार्न सरोकारवाला मन्त्रालयका अधिकारीहरु सम्मिलित टिम बनाएको जानकारी दिएको छ।  मन्त्रालयका अधिकारीहरु सम्मिलित टिमले आपूर्ति व्यवस्थाको अवरोध तत्काल हल गर्नेछ। मन्त्रालयले निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ, दैनिक उपभोग्य समाग्रीको ढुवानी र आपूर्ति तथा त्यस्ता वस्तुहरुको उत्पादन र वितरणमा केहि समस्या देखिए सम्बन्धित अधिकारीलाई सम्पर्क गर्न मोबाइल नम्बरसहित जिम्मेबार व्यक्ति तोकिदिएको छ। आपूर्ति व्यवस्थापनमा आपूर्ति मन्त्रालय सह(सचिव प्...
आज नेप्सेमा हरियाली

आज नेप्सेमा हरियाली

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) हरियाली छाएको भएको छ । सोमबार भने ६५.५८ अंकले घटेर दुई हजार पाँच सय ६ दशमलब ६२ विन्दुमा थामिएको थियो ।    आज नेप्से ९२.४६ अंकले बढेर दुई हजार पाँच सय ९९ दशमलब ०८ विन्दुमा पुगेको छ भने ५ अर्ब १० करोड ४५ लाख बराबरको कारोबार भएको छ ।   आज कारोबार भएका एउटा सबै समूह हरियाली भएका छन् भने ११ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।  ...
आज नेप्से ६५.५८ अंकले घटेर दुई हजार पाँच सय ६ दशमलब ६२ विन्दुमा

आज नेप्से ६५.५८ अंकले घटेर दुई हजार पाँच सय ६ दशमलब ६२ विन्दुमा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो आज (सोमबार) राताम्मे भएको छ । आइतबार पनि नेप्से ७५.७६ अंकले घटेर दुई हजार पाँच सय ७२ दशमलब २१ विन्दुमा थामिएको थियो ।  आज नेप्से ६५.५८ अंकले घटेर दुई हजार पाँच सय ६ दशमलब ६२ विन्दुमा थामिएको छ भने ६ अर्ब ५९ करोड ९ लाख बराबरको कारोबार भएको छ ।    आज कारोबार भएका एउटा सबै समूह राताम्मे भएका छन् भने दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य उच्च बृद्धि हुनेमा बिशाल बजार कम्पनी र महिला लघुवित्त वित्तिय संस्था रहेका छन् ।   ...
आज नेप्से २.६८ अंकले बढेर दुई हजार छ सय ६४ दशमलब ६२ विन्दुमा

आज नेप्से २.६८ अंकले बढेर दुई हजार छ सय ६४ दशमलब ६२ विन्दुमा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) सामान्य अंकले बढेको छ । सोमबार नेप्से ३७.५८ अंकले घटेर दुई हजार छ सय ६१ दशमलब ९४ विन्दुमा थामिएको थियो ।  आज नेप्से २.६८ अंकले बढेर दुई हजार छ सय ६४ दशमलब ६२ विन्दुमा थामिएको छ भने ५ अर्ब ५३ करोड ८६ लाख बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका एउटा समूहमध्ये चार समूह बाहेक अन्यसबै समूह बढेका छन् । त्यस्तै, आज आठ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।    ...